स्वास्थ्य जाँच नगर्ने गर्भवती आमालाई जरिवाना

Loading...
Spread the love

साउन १०, काठमाण्डौं । महिलाहरूले नियमित स्वास्थ्य जाँच नगर्ने गर्भवती आमालाई नगद जरिवाना गर्ने निर्णय भएको छ । छतारा जिल्लाको गाविस–१ का गाउँमा गर्भवती अवस्थामा रहेका आमाहरूले नियमित स्वास्थ्य जाँच गर्न दबाब दिने गरी आमासमूहमार्फत जरिवाना गर्ने लिखित निर्णय गरेका छन ।

आमा समूहले गाउँमा रहेका महिलाहरूको नियमित चेक जाँच र सुत्केरी हुने मितिबारे जानकारी लिने र त्यसो नगरिए प्रतिव्यक्ति एकपटकको ५० रूपैयाँ जरिवाना गर्ने निर्णय गरिएको बताएका छन् । जरिवानाबापतको रकम आमा समूहको बचत खातामा जम्मा गर्ने गरेका छन् ।

साथै, बैठकमा उपस्थित नहुँदा २० रूपैयाँ लिने गरेको शान्तादेवी रावलले बताइन् । पिसविन पहुँच परियोजनाअन्तर्गत गठन गरिएको स्वास्थ्य आमा समूहमा आवद्ध गाउँका २५ महिलाले मासिक बचत गर्ने गरेका छन् । गर्भवती आमा र सुत्केरीलाई समस्या पर्दा आवश्यक सहयोग गर्ने गरी समूह बचत खाता बनाएका हुन् ।

उनीहरूले मासिक रूपमा नियमित बैठक बस्ने गर्भवती तथा सुत्केरी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, स्वास्थ्य सेचतना दिने, सासूसुसरा, श्रीमान्सँग उनीहरूको स्वास्थ्य अवस्था ख्याल गर्ने गरी परामर्श दिने गरेको पिसविन विकास सहायक दीपकनाथले बताए ।

गाउँमा आमा समूह गठनपछि सुत्केरी स्वास्थ्य संस्थामा गराउने गरेको, नियमित चेकजाँच गर्ने गरेको र खाने बानीमा पनि परिर्वतन गरेको पाइएको छ । स्थानीय उत्पादन हरियो सागपात र अन्य खाद्यान्न बालीको महत्वबारे पनि ज्ञान पाएका छन् । हाल गाउँमा तीन जना सुत्केरी रहेका छन् ।

हाल पिसविन पहुँच कार्यक्रम जिल्लाका २४ गाविस र एक नगरपालिकामा सञ्चालन भइरहेको छ । कार्यक्रमले हालसम्म जिल्लाका १० स्वास्थ्य चौकीमा प्रसूति साम्रगी हस्तान्तरण गरेको छ भने जिल्लाको छतारा गाविसमा एउटा प्रसूति सेवाको लागि भवन निर्माण गरिदिएको पिसविन पहुँच परियोजना कायक्रम संयोजक पुष्पराज पनेरुले बताए । सौर्य दैनिक

Loading...

यसमा तपाइको मत

जेन्डर एण्ड ल बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...