साउन १२, काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा आएको उच्च गिरावट र नेपालमा भन्सार दर घटेपछि सुनको भाउ चार वर्षयताकै सस्तो भएको छ । तर, उपभोक्ताले किन्न पाएका छैनन् ।
बजारमा सुनको कृत्रिम अभाव छ । बैंक र व्यवसायी बजारमा सुन अभाव हुनुको दोष एक–अर्कालाई लगाइरहेका छन् । बैंकले सुन बिक्री गर्न नमानेको आरोप सुनचाँदी व्यवसायीको छ । तर, बैंकहरूले भने नियमित रूपमा व्यवसायीलाई ढिक्का सुन बिक्री गरिरहेको दाबी गरेका छन् ।
उपभोक्ता भने मारमा छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला ४८ हजार रुपैयाँ तोकेको थियो । तर, बैंकरले प्रतितोला ४८ हजार चार सय रुपैयाँमा मात्रै उपलब्ध गराउन सक्ने बताएपछि व्यवसायीले सुन खरिद नगरेको महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए । ‘व्यवसायीले गएको चार दिनदेखि बैंकबाट सुन उठाउन सकेका छैनन्,’ उनले भने, ‘यसले गर्दा बजारमा सुनको अभाव देखिएको हो ।’
भन्सारदर र भाउ एकैचोटि घटेका कारण बैंकले आफूसँग मौज्दात सुन बिक्री गर्न नमानेको अध्यक्ष शाक्यले बताए । ‘भाउ घट्नुअघि आयात भएको सुन बैंकले आफूलाई नाफा कम हुने भएपछि बिक्री गर्न नमानेका हुन्, यसले गर्दा समस्या उत्पन्न भएको छ,’ उनले भने । नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले भने आयातको अनुमति लिएका बैंकले नियमित रूपमा सुन बिक्री गरिरहेको बताए । ‘बैंकिङ प्रणालीमा पर्याप्त सुन छ, जुन–जुन बैंकले अनुमति लिएका छन् त्यहाँ–त्यहाँ गएर मागे सुन पाइन्छ,’ उनले भने ।
मौज्दात भएका कारण बैंकहरूले अहिले थप सुन आयात गरेका छैनन् । स्टक रहेको सुन भन्सारदर तथा मूल्य घट्नुअघिको हो । बढी मूल्य तिरिएको सुन भएका कारण केही बैंकले आफ्नो लागत उठाउन खोजेको हुन सक्ने पौडेलले बताए । नियामक निकायबाट पनि आफ्नो लागत उठाउनु भन्ने निर्देशन आएकाले भाउमा तलमाथि भएको हुन सक्ने उनको अनुमान छ । अहिले बैंकसँग झन्डै पाँच सय ५० किलो सुन मौज्दात छ । सानिमा बैंकले बजारभाउभन्दा पाँच सय कममा व्यवसायीलाई सुन बिक्री गरेको प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए ।
आइतबार मात्रै करिब चार किलो सुन बिक्री गरेको उनले बताए । नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले केही बैंकले मात्रै सुन बिक्री गरेको बताए । थुप्रै बैंकले सुन होल्ड गरेर राखेको उनको आरोप छ । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत सुनको आयातमा भन्सारदर एक हजार रुपैयाँ प्रति १० ग्रामले घटाएको थियो । अहिले प्रति १० ग्राम सुन आयात गर्दा चार हजार दुई सय रुपैयाँ भन्सार लाग्छ । भन्सार घटे पनि आयात भने बढ्न सकेको छैन । नयाँ आर्थिक वर्ष सुरु भएयता सुनको आयात तुलनात्मक रूपमा न्यून छ ।
चालू आवको पहिलो १० दिनमा ५० केजी सुन मात्रै आयात भएको अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख भूपाल बरालले बताए । अघिल्लो आर्थिक वर्षमा करिब एक हजार पाँच सय ५० किलो सुन आयात भएको थियो । सुनको नियमित आयात तथा बिक्रीवितरण नहुँदा उपभोक्ता तथा साना व्यवसायी मारमा परेका छन् । चाबहिलस्थित सनराइज ज्वेलर्सका सञ्चालक सुमन लामिछानेले गएको पाँच दिनदेखि ढिक्का सुन पाउन नसकेको बताए । बैंकले ढिक्का सुन बिक्री नगरेको भन्दै व्यवसायीले आफूलाई फर्काएको उनले बताए ।
‘ढिक्का सुन नपाएपछि गरगहनाको अर्डर लिन पनि समस्या परेको छ,’ उनले भने, ‘भाउ घटेका वेला सुनको अभाव हुँदा ग्राहकका साथै साना व्यवसायीलाई समेत समस्या हुने गरेको छ ।’ काँडाघारी पेप्सीकोलास्थित च्छोरोल्पा गोल्ड एन्ड सिल्भर ज्वेलर्सका सञ्चालक शिवबहादुर रिजालले आइतबार ढिक्का सुन किन्न नपाएको बताए । ‘सुनको भाउ घटेकाले होला, थुप्रै ग्राहक ढिक्का सुन खोज्छन्, तर दिन सकिएको छैन,’ उनले भने । नेपालमा अहिले दैनिक करिब ३० किलो सुन बिक्री हुने गरेको व्यवसायी बताउँछन् । बैंकमार्फत प्रतिदिन १५ किलो सुन आयात हुँदै आएको छ ।
नेपालमा सुन आयात गर्ने अनुमति बैंकहरूले मात्रै पाएका छन् । नेपाल राष्ट्र बैंकले २३ वटा वाणिज्य बैंकलाई सुन आयात गर्ने अनुमति दिएको छ । तीमध्ये ५–६ वटा बैंकले मात्रै अहिले सुन आयात गरिरहेका छन् । नेपाल बैंकर्स संघले भने २० बैंकले सुन कारोबार गरिरहेको जनाएको छ । नयाँ पत्रिका
यसमा तपाइको मत
अन्य समाचार बाट अन्य

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

Spread the love सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...