सार्वजनिक यातायात बढ्दैछ मनपरी, छ महिनामा अरवौ ठगी

Loading...
Spread the love
साउन १३, काठमाण्डौ । कोटेश्वरबाट बा २ ख २३०४ नम्बर चक्रपथ परिक्रमा रुटको सार्वजनिक गाडी चढेका यात्रु सिनामंगल र एयरपोर्ट ओर्लिए । उनीहरुसँग सहचालकले १५ रुपैयाँका दरले भाडा लिए । केही यात्रुले प्रतिवाद गर्दै सोधे, भाडा त १३ रुपैयाँ होइन र ? खै दुई रुपैयाँ फिर्ता दिन ।
सहचालक चानचुन छैन भन्दै अर्कोतिर फर्किए, चालकले गाडी कुदाइहाले । चाबहिलबाट बा २ ख ९५५ नम्बरको बस चढेका यात्रु सुकेधारा तथा चप्पलकारखानामा झरे । उनीहरुले पनि चानचुन नभएको बहानामा सहचालकबाट दुई रुपैयाँ फिर्ता पाएनन्। सरकारी भाडादरअनुसार यी दुवै गाडीका सहचालकले ती क्षेत्रमा ओर्लने यात्रुसँग १३ रुपैयाँ मात्र भाडा लिनुपर्छ ।
व्यवहार यस्तो छैन । उनीहरु हरेक यात्रुसँग दुईरदुई रुपैयाँ बढी भाडा असुलिरहेका छन् । एक दिनमा ती गाडीले औसतमा हजार यात्रु बोक्ने गरेको व्यवसायी बताउँछन् । उनीहरुकै जानकारीअनुसार ती गाडीमा दैनिक विद्यार्थी परिचयपत्र बोक्ने यात्रुको संख्या ३ सय हाराहारी हुन्छ। बाँकी ७ सय जनाबाट भने उनीहरुले यसैगरी चानचुन नभएको बहानामा एक र दुई रुपैयाँ फिर्ता नगरी दैनिक हजारदेखि १२ सयसम्म बढी रकम उठाउँदै आएका छन् ।
बानेश्वरदेखि अनामनगरसम्म दिनहुँ नेपाल यातायात चढ्ने गरेकी ४२ वर्षीया सरिता चौलागाईं भन्छिन्, हामीले एक रुपैयाँ पुगेन भन्दा बसभरि बेइज्जत गर्छन्, उनीहरु भने हरेक दिन दुई रुपैयाँ फिर्ता दिँदैनन्, माग्दा पनि भाडा घटेको छैन भन्छन्, कि त चानचुन छैन भन्दै टार्छन् । आफूले कुनैकुनै सहचालकसँग झगडै गरेर भए पनि भाडा फिर्ता लिएको बताइन्। मंगलबार बा१ख ९९६८ नम्बरको बसका सहचालकलाई आफूले चानचुन मिलाएर १३ रुपैयाँ दिएको सुनाइन् ।
चक्रपथ परिक्रमा र नेपाल यातायात मात्र होइन, उपत्यका तथा देशभरका सडकमा गुड्ने बस, मिनिबस, माइक्रो, ट्याक्सीलगायत ७० हजारभन्दा बढी सवारीसाधनले ६ महिनाअघि सरकारले घटाएको भाडादर लागू नगरी जबर्जस्ती बढी भाडा असुलिरहेका छन् । सरकारले गत माघ २६ देखि लागू हुने गरी सार्वजनिक सवारीको भाडा घटाए पनि यातायात व्यावसायीको दादागिरी ले यात्रु पुरानै दरले भाडा बुझाउन बाध्य छन् । पेट्रोलियम पदार्थमा मूल्य घटेपछि सरकारले यातायात व्यवसायीसँग सहमतिमा भाडा घटाउने निर्णय गरेको थियो ।
व्यवसायी भने अटेर गर्दै पुरानै दरमा भाडा असुलिरहेका छन् । पुरानै दरमा भाडा असुल्दा देशभरका सवारीसाधनले दैनिक एक करोडभन्दा बढी रकम यात्रुबाट ठगिन्छन् । उपत्यकामा मात्र दैनिक गुड्ने ३ हजार बस तथा मिनिबसले दैनिक ३० लाख यात्रु चढाउने र ओराल्ने गर्छन् । एउटै यात्री चाररपाँचपटकसम्म चढ्ने र ओर्लने तथा काठमाडौं भित्रने र बाहिरिनेसमेत गरी यात्रुको संख्या बढी देखिने ट्राफिक प्रहरीको तथ्यांक छ ।
यस हिसाबले उपत्यकाका सडकमा बस तथा मिनिबस चढ्ने यात्रुबाट मात्र व्यवसायीले दैनिक ४५ लाख रुपैयाँभन्दा बढी रकम ठगी गर्दै आएको देखिन्छ । कौशलटारबाट नयाँबजारस्थित कार्यालय दैनिक आउजाउ गर्ने गोपी पौडेलले दिनमा चारपटक बस चढ्ने क्रममा दैनिक ८ रुपैयाँ ठगिँदै आएको बताए । जति किचकिच गरे पनि चानचुन छैन भन्छन्, उनले भने, अब त दिक्क लागेर पैसा फिर्ता माग्नै छाडिसकेँ । उनले भाडा कार्यान्वयन गर्ने सरकारी निकायबाटै व्यवसायीलाई उपभोक्तामाथि लुट्ने छुट दिइएको आरोप लगाए । नागरिक
Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...