डिजास्टर रिकभरी सेन्टर सन्चालनमा

Loading...
Spread the love

साउन १४, काठमाण्डौ ।   अर्थ मन्त्रालयका सचिव (राजस्व) श्री नवराज भण्डारी र नेपालका लागि जर्मन राजदुतावासका का.मु. राजदुत ज्याक्लिन ग्रोथले आन्तरिक राजस्व कार्यालय, भैरहवामा स्थापित नेपालको पहिलो Disaster Recovery Center को साउन ११ गते आइतवार एक कार्यक्रमका बिच संयुक्त रुपमा उद्घाटन गर्नु भएको छ ।

सोही कार्यक्रममा सचिव भण्डारीले तेस्रो राष्ट्रिय कर दिवस २०७१ को अवसरमा घोषित उत्कृष्ट करदाताहरुलाई सम्मान समेत गर्नुभयो । कार्यक्रममा आन्तरिक राजस्व कार्यालय, भैरहवा अन्तर्गतका करदाताहरु वित्तीय क्षेत्रबाट सिद्धार्थ फाइनान्स लि., प्रोप्राइटरसीप फर्महरु मध्येबाट श्रीकृष्ण नेत्रालय, पर्यटन क्षेत्रबाट बुद्धमाया गार्डेन प्रा.लि., नवलपरासी जिल्लाबाट एस.के.खाद्य उद्योग र उद्योग क्षेत्रबाट गोयन्का फुड्स प्रा.लि. लाई सम्मान गरिएको थियो ।

सोही अवसरमा आन्तरिक राजस्व कार्यालय, भैरहवाका टा.ना.सु. श्री मधु रानालाई उत्कृष्ट कर्मचारीको रुपमा नगद पुरस्कार सहित सम्मानित गरिएको थियो । सम्मनित करदाताहरुलाई बधाइ ज्ञापन गर्नुहुदै सचिव भण्डारीले यस्ता कार्यक्रमहरुबाट सम्मानित करदाताहरुको कर परिपालनामा बढोत्तरी हुने र अन्य करदाताहरुलाई समेत प्रेरित गर्ने अपेक्षा व्यक्त गर्नु भयो । उहाले Disaster Recovery Center (DRC) संचालनबाट आन्तरिक राजस्व विभाग तथा अन्तरगतका कार्यालयहरुको सक्षमता र प्रभावकारीता अभिवृद्धि गर्ने विश्वास समेत व्यक्त गर्नु भएको थियो ।

Disaster Recovery centerकार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक श्री चुडामणि शर्माले पुरस्कृत करदाताहरुको अमूल्य योगदानको उच्चतम कदर गर्दै विगतका वर्षहरुदेखि करदाता सम्मान कार्यक्रम आयोजना गरिएको र सो सम्मान कार्यक्रमबाट राजस्व संकलन र कर कानूनको परिपालनामा समेत उल्लेखनीय वृद्धि भएकोले सम्मान कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो । महानिर्देशक शर्माले आन्तरिक राजस्व कार्यालय (आ.रा.का.) भैरहवामा स्थापित Disaster Recovery Center (DRC) आन्तरिक राजस्व विभागको पहिलो रहेको बताउनुहुदै यो केन्द्र संचालन भए पछि विभागले सबै करदाताहरुका तथ्यांकलाई On Time Back Up System  बाट Internet मा आधारित सबै सेवालाई बिना अवरोध संचालन गर्न सक्ने निश्चितता प्रदान गर्ने र काठमाण्डौमा भएको मुख्य Data Center प्राकृतिक प्रकोपको कारणले बन्द हुन गएमा पनि यो केन्द्रबाट Internet मा आधारित सबै सेवाहरु निर्वाध संचालन हुने बताउनु भयो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेपालका लागि जर्मन राजदुतावासका का.मु. राजदुत ज्याक्लिन ग्रोथले नेपाल सरकार र जर्मन सरकार तथा जर्मन जनताहरु बीचको सहकार्य भविस्यमा पनि जारी रहने र DRC संचालनबाट कर प्रशासनलाई प्रविधी मैत्री बन्न सहयोग पुग्ने आशा व्यक्त गर्नु भयो । कार्यक्रममा अर्थ मन्त्रालयका सहसिचव श्री लक्ष्मण अर्याल, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी श्री विष्णुप्रसाद ढकाल, आन्तरिक राजस्व विभागका सूचना प्रविधि विज्ञ श्री लक्ष्मीप्रसाद यादव, नेपाल–जर्मन राजस्व प्रशासन सहयोग (Revenue Administration Support, RAS) परियोजनाका प्रमुख प्रविधिक सल्लाहकार एलेन क्यालिनोस्की, लगायत विभिन्न उद्योग वाणिज्य संघहरुका अध्यक्षहरु, संघ संगठनका प्रतिनिधीहरु उद्योगी व्यापारी तथा पेशा व्यवसायीहरु, कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन आन्तरिक राजस्व कार्यालय, भैरहवाका प्रमुख कर अधिकृत महाराज कोइरालाले गर्नुभएको थियो ।

के हो डिजास्टर रिकभरी सेन्टर (Disaster Recovery Center) ?

हाल आन्तरिक राजस्व विभागले करदाताहरूलाई आफ्नो लाजिम्पाटको भवनमा रहेको Data Center बाट Internet मा आधारित सेवा उपलब्ध गराउदै आएको छ । यसले करदाताहरुले पेश गरेको विवरणबाट प्राप्त सम्पूर्ण सूचना सुरक्षित भण्डारण गर्दछ र आन्तरिक राजस्व विभागका सम्पूर्ण आन्तरिक Software हरु संचालन गर्दछ । आन्तरिक राजस्व विभागका सम्पूर्ण अधिकृत र कर्मचारीहरुले आफनो दैनिक प्रशासनिक कार्यहरु यसै Data Center बाट संचालन गर्दछन् । यस्ले एकातिर कर प्रशासनमा कागजी काम धेरै न्यूनिकरण गरेको छ भने अर्को तर्फ कर प्रशासनको सक्षमता र प्रभावकारिता अभिबृद्धि गरेको छ ।

प्राकृतिक प्रकोप लगायत विविध कारणले करदाताको सूचना नष्ट हुने संभावनालाई ध्यानमा राखेर आन्तरिक राजस्व विभागले गत बर्ष (सन् २०१४) मा काठमाण्डौ भन्दा भिन्न भूकम्पीय क्षेत्र र बाढी पहिरोको जोखिम नभएको स्थानमा Disaster Recovery Center स्थापना गर्ने निर्णय गरेको थियो । यस सम्बन्धमा गरिएको संभाब्यता अध्ययनको सिफारिस अनुसार आन्तरिक राजस्व विभागले आ.रा.का. भैरहवामा DRC स्थापना गर्ने निर्णय गरेको हो ।

स्थापित DRC उच्च स्तरको क्भचखभच हरु राखिएको कोठा हो जहाँ Fire Suppressor, Water Leakage Alarm, Rodent Repelling System tyf Biometric Access Control जस्ता प्रविधिहरुले भौतिक सुरक्षाको प्रत्याभूति दिने छ । एकीकृृत Air Condition सहितको बिशेष प्रकारकोServer Rack System, नेपालमा पहिलो पटक यसै DRC मा जडान गरिएको छ । यस DRC सञ्चालनका लागि पर्याप्त Power Back up को सुबिधा उपलब्ध गराइएको र यस्को संचालन, नियन्त्रण तथा अनुगमन काठमाण्डौ स्थित Data Center बाट नै गर्न सकिन्छ ।

Loading...

यसमा तपाइको मत

कानुन र बिजनेश बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...