झुठो प्रेमको चक्करमा करोडौको सम्पति गुम्यो, प्रेमिका अर्कैकी श्रीमती

Loading...
Spread the love

वीरगन्जका एक प्रतिष्ठित व्यवसायीका छोराले झुठो प्रेमको चक्करमा एक करोड रुपैयाँ बढीको सम्पति गुमाएका छन् । वीरगन्ज–१५ मुर्ली निवासी पेट्रोलियम पदार्थका व्यवसायी रामजी सिकारियाका छोरा २५ वर्षीय आकाश सिकारियाले माया प्रेमको झुठो आश्वासनमा परेर एक रोड ६ लाख रुपैयाँ गुमाएका हुन् ।
आफनो सर्वस्व नै ठानेर करोडौं रुपैयाँ खर्च गरेकी प्रेमिका अर्कैको श्रीमति भएको रहस्य खुलेपछि आकाश अहिले घर न घाटको जस्तै भएका छन् । चार वर्षदेखिको प्रेमसम्बन्धलाई साकार पार्न आकाशले काठमाडौँमा रहेकी प्रेमिका युरिका दाहाललाई बिहे गर्न जेठ १० गते वीरगन्ज बोलाए । युरिका काठमाडौँबाट वीरगन्ज त आइन् तर उनले आफू अर्कैकी पत्नी भएकाले बिहे नगर्ने बताएपछि आकाश छाँगाबाट खसेझैँ भए ।

loveअविवाहित भनिएकी प्रेमिका विवाहित भएको थाहा पाएपछि आकाशले युरिकाविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा ठगीको मुद्धा दर्ता गरे । आकाशको उजुरीका आधारमा प्रहरीले असार २८ गते युरिका, उनका बुबा हिक्मत ढकाल र भाइ मञ्जील ढकाललाई हिरासतमा राखेको छ । आकाशले आफुसँग पटक पटक पटक गरेर युरिका र उनका आफन्तले एक करोड ६ लाख रुपैयाँ ठगेको आरोप लगाएका छन् । ७० लाख ४० हजार रुपैयाँ युरिका र उनको दिदीको बैंक खातामा तथा बाँकी ३५ लाख ६० हजार रुपैयाँ नगद दिएको आकाशको उजुरीमा उल्लेख छ ।

‘उजुरीका आधारमा तीन जनालाई पक्रेर हिरासतमा राखेका छौं’, पर्साका प्रहरी नायव उपरीक्षक वीरबहादुर ओलीले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’ युरिका झापाको अर्जुधारा गाविस–२ स्थायी घर भइ हाल ललितपुर उपमहानगरपालिका–१४ निवासी हिक्मत ढाकालकी कान्छी छोरी हुन् । सात वर्षअघि लोकेन्द्र राजभण्डारीसँग बिहे भइसकेकी उनका ६ वर्षीया छोरा पनि छन् ।

वीरगन्जको लिंकरोडमा अवस्थित रानीपोखरी लजमा २०६८ सालमा आकाश र युरिकाको पहिलो पटक भेट भएको थियो । आफ्ना एक साथीले लजमा पहिलो पटक युरिकासँग परिचय गराएको आकाश बताउँछन् । पहिलो भेटमा युरिकाले आफू अविवाहीत भएको बताएपछि दुवैबीच निकटता बढ्दै गयो । आकाशले राखेको प्रेम प्रस्ताव युरिकाले पनि सहजै स्वीकारिन् । त्यसपछि आकाश युरिकालाई भेटन पटक पटक ललितपुर जान थाले ।

युरिकाका बुबा , दिदी र भाइले पनि युरिका अविवाहित रहेको भन्दै विहे गराइदिने आश्वासन दिएकाले आफुले युरिकालाइ पैसा दिँदै आएको आकाश बताउँछन् । युरिकाले आफनो घरको आर्थिक अवस्था कमजोर रहेको बताएपछि आकाशले २०७१ सालमा ललितपुरको ढोलैटीमा अढाइ तल्ले घर भाडामा लिए । त्यही घरमा युरिकाका बुबा हिक्मत, भाइ मन्जील र जेठी दिदी अरिकासहित सपरिवार बस्न थाले ।
घरमा डेढ लाखको पलङ, टेलिभीजन, फर्निचर, कार्पेट, पर्दा, भाँडाकुँडा र फर्निचर सबै आफैँले खरिद गरेर दिएको आकाशको भनाइ छ । ‘आइफोन, आइप्याड, सुनको सिक्री र ब्रास्लेट पनि गिफट दिएँ’, उनले सुनाए, ‘यो सबै र नगद जोड्ने हो भने सवा करोड भन्दा पनि बढी पुग्छ ।’

ललितपुरमा रहेको कपडा पसलमा लगानी चाहिएको भनेपछि आफूले युरिकालाई पटक पटक रकम दिएको आकाश बताउँछन् । उनकै आग्रहमा आफूले उनकी दिदी अरिकाको बैंक खातामा रकम पठाउने गरेको आकाशले सुनाए । अरिकाको बैंक खातामा पाठएको रकम युरिकाले आफ्नो खातामा सार्ने गरेकी थिइन् । ‘मैले जे जति रकम पठाएँ, त्यो सबैको बैंक डिटेल्सको कागजात मसँग छ । मसँग भएजति प्रमाणको कागजता प्रहरीलाई दिइसकेको छु’, ‘आकाशले भने, ‘युरिकाकै प्रेम चक्करमा परेर बुबासँग अंशबन्डा गरेर छुट्टिएँ । तर बुबा र काकाबीच पैतृक सम्पतिमा अंशबन्डा नभएकाले अदालतले त्यो बदर गरिदियो ।’

युरिकाबिना बाँच्नै नसक्ने बताएपछि बुबाआमा पनि बिहेका लागि राजी भएका उनी बताउँछन् । ‘बुबाआमालाई रिझाएर मैले जेठ १० गते उनलाई बिहेका लागि वीरगन्ज बोलाएको थिएँ’, उनले भने, ‘तर काठमाडौँबाट वीरगन्ज आएपछि युरिकाले आफु अर्कैको पत्नी भएको रहस्य खोलेपछि मर्नु न बाँच्नुको स्थितिमा पुगेको छु ।’ युरिकाको अर्को पनि प्रेमी रहेको आकाश बताउँछन् । ‘काठमाडौंका सतिष तण्डुकार नामका युवासँग पनि उसको चक्कर रहेछ’, उनले भने, ‘युरिकाको मोबाइलको कल डिटेलमा सतिषको मोबाइलमा धेरै पटक फोन गरेको देखियो । प्रेमको नाटक गरेर केटा लुट्ने युरिकाको धन्दा रहेछ ।’

आफुले प्रहरीमा उजुरी दिएपछि युरिकाका पति लोकेन्द्रले आफुलाई मार्ने धम्की पनि दिएको आकाशले बताए । ‘मलाई अरु केही चाहिएको छैन’ उनले भने, ‘मलाई मेरो पैसा फिर्ता गरिदिए पुग्छ ।’ अन्नपूर्ण पोष्ट

Loading...

यसमा तपाइको मत

जेन्डर एण्ड ल बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

उपाहार दिए पनी अपराध

Spread the loveआम जनताको जानकारीको लागि : आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ आमाको दुधको वाध्यात्मक बिकल्पलाई वनाइएका खाध्य बस्तु आमाको दुध आएको अवस्थामा कुनै पनी वाहानामा खुवाउन हुदैन भनी ल्याईको...

मृत्युदण्डलाई मानव जीवनको अधिकार र पीडितको तर्फबाट हेर्दा अलग अलग चित्र देखिन्छ

Spread the loveडा. मदनकुमार भट्टराईको पुस्तक, हरिप्रसादले भारतीय कानून लगाएका थिएनन् भन्ने आदि र “जव ३० वर्षे व्यवस्थामा दमितहरु २०४६।१२।२७ पछि शक्तिमा पुगे मुख्यतः पात्र परिवर्तनलाई जोड दिंर्दै नयाँ संरचनाहरु खडा गर्न थालिए तर...

बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो …

Spread the loveसम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका...

नयाँ ऐन: दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता

Spread the loveदैलेख: भदौ १ गतेदेखि लागू हुने गरी ‘मुलुकी देवानी (सहिंता) ऐन २०७४’ जारी भएपछि दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता भएको छ । ‘मुलुकी देवानी कार्यविधि (सहिंता) ऐन २०७४’ले पुरुषले पनि...

गाली बेइज्जती र अपमानजनक शब्द प्रयोग गरेमा जेल

Spread the loveकाठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका...

पशपंक्षीलाई निर्दयी व्यवहार गर्नेलाई जेल

Spread the loveकाठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका...

नेपाली नोट वा सिक्कामा केरमेट गरे जेल

Spread the loveकाठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका...

डाक्टरले बिरामीको उपचार बदनियतपूर्वक गरेमा जन्मकैदको सजाय

Spread the loveकाठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका...