कन्काईका सुस्केरामा विश्वभरिका झापालीहरु

Loading...
Spread the love

विश्वभरि रहेका झापाली गजलकारहरुको संयुक्त गजलसंग्रह ‘कन्काईका सुस्केराहरु’ प्रकाशन गर्ने अभियान अन्तिम चरणमा पुगेको छ ।

संग्रहको सम्पादन कार्य समाप्त भएका कारण विश्वभरि छरिएका ५९ जना गजलकारहरुको संयुक्त संग्रह आगामी वैशाख ५ मा झापामा एक भव्य साहित्यिक कार्यक्रम गरी सार्वजनिक गर्ने तयारी भएको एक अभियन्ता जीपी वितारीले बताए ।

Kankai ka suskeraत्यसका लागि हरि खनालको अध्यक्षतामा एक समिति गठन भएको र त्यस अभियानमा झापाली साहित्य परिषद्ले महत्वपूर्ण भुमिका निर्वाह गर्ने पनि बताइएको छ । संग्रह विमोचनका लागि विभिन्न व्यक्तिहरुको संयोजकत्वमा उपसमिति निर्माण गरी विमोचन कार्यलाई भव्य, सभ्य र ऐतिहाहिक बनाउन समिति क्रियाशील रहेको तिवारीले जानकारी दिएका छन् ।

नेपाली साहित्यको गजल विधामा अत्यधिक गजलकारहरुलाई समेटी नयाँ रेकर्ड राख्ने लक्ष्य अभियन्ताहरुले लिएका छन् । गजलसंग्रहका लागि गजल संकलनकार्यको सुरुवात इजरायलबाट भएको र त्यसमा युएई र कतारमा क्रियाशील झापाली गजलकारहरुले सक्रियतापूर्वक अभियानमा साथ दिएको संयोजक सावित्रा लुइँटेल घिमिरेले बताएकी छिन् ।अभियानलाई सफल बनाउन साथै धेरैभन्दा धेरै गजलकारहरुलाई संग्रहमा समेटिएको कारण यो संग्रह नेपाली गजलको इतिहासमा एक दस्तावेज बन्ने अभियानका उपसंयोजक जीपी तिवारीले बताएका छन् । उनले संग्रहका लागि उल्लेख्य सर्जकहरुले गजल पठाएको र नेपालका सिद्धहस्त गजलकारहरुको गजल छनोट तथा सम्पादन समूहमा बस्ने व्यक्तिवहरुको अथक प्रयास कारण एक उल्लेखनीय कार्यको थालनी भएको जानकारी दिएका छन् । यूएईमै रहेका अर्का उपसंयोजक विवेक दुलालले गजल संग्रहलाई स्तरीय, पठनीय र संग्रहणीय बनाउन कन्जुस्याइँ नगरिएको जानकारी दिएका छन् ।

संग्रहलाई स्तरीय बनाउन गजल विधाका स्थापित तीन जना हस्तीहरु डा। घनश्याम परिश्रमी, आवाज शर्मा र भक्तिप्रसाद पौडेलको एक गजल छनोट तथा सम्पादन मण्डल रहेको छ । सबै गजलकारलाई आफ्ना मौलिक र गजलको सिद्धान्तभित्र पर्ने आठआठ वटा गजल पठाए पनि स्तरीय ५ वटा गजल र गजलकारको फोटो सहितको संक्षिप्त जानकारी संग्रहमा समाविष्ट गरिएको छ ।

गजल संकलन कार्यमा अमेरिकाबाट प्रभा आचार्य, कतारबाट निराजन प्रभात, केशव चापागाईं र इन्नोसेन्ट राजन, इजरायलबाट संन्चिता बाँस्कोटा र बिजे विद्रोही राई, साउदी अरबबाट सौगात गजमेर, दक्षिण कोरियाबाट मीनप्रकाश उप्रेतीले सहयोग गरेको बताइएको छ भने हङकङमा हेम लावती, मलेसियामा राज अविरल यात्रीले पनि उक्त अभियानका साथ दिएका छन् । कतारबाट ९ जना, इजरायलबाट १० जना, नेपालबाट २० जनाका अतिरिक्त अमेरिका, मलेसिया, साउदी अरब, यूएई, दक्षिण कोरिया र साइप्रसमा कार्यरत गजलकारहरुले संग्रहमा रचना समावेश भएको निराजन प्रभातले जानकारी दिएका छन् ।

नेपालमा रही गजल संग्रहलाई पुस्तकाकार रुप दिनका लागि लीला अनमोल, रहस्य विक्रम चिमरिया, कल्पना आचार्य वली, इन्दिरा प्रयास, रोदन निरौला, प्रेम भुर्तेलले आआफ्नो क्षेत्रबाट सहयोग गरेका थिए । झापामा भर्खरै स्थापित झापाली साहित्य समाजले अभियानमा सक्रिय सहयोग गरेको तथा संयोजन कार्यमा पुलको काम गरेको बताइएको छ । पुस्तकको बिक्रीबाट उठेको रकमलाई अक्षय कोषमा जम्मा गरी त्यसबाट प्राप्त ब्याजबाट हरेक वर्ष साहित्यिक कार्यक्रममा खर्च गरिने लक्ष्य रहेको इजरायलबाट संयोजक लुइटेलले बताएकी छिन् ।

विमोचन कार्यक्रमका दिन ‘कन्काईका तारा’ नामको उपाधि सहित एक जना स्रष्टालाई सम्मानित गर्ने र संग्रहको बिक्रीबाट उठेको रकम सामाजिक तथा साहित्यिक विकासमा लगाइने संयोजक लुइँटेलको भनाई छ । आरपी सहयात्री 

Loading...

यसमा तपाइको मत

साहित्य बाट अन्य

प्रकृति त आमा हुन, आश्रम किन पठायौ

Spread the loveप्रकृति र विनाश सन्दर्भः  विश्व वातावरण दिवस प्रकृति त वरदान हो, विनाश किन वनायौ । प्रकृति त जीवन हो, मृत्यु किन वोलायौ ।। प्रकृति त स्वर्ग हो, नर्क किन वनायौ ।। प्रकृति त...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो …

Spread the loveसम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका...

संस्कृति बचाँउ भन्दै कानून व्यवसायी शितलले ल्याइन तिज गित “लै वरि लै”

Spread the loveकाठमाण्डौ: शितल पाण्डे कानून ब्यवसाय सगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी पेशामा कानून व्यवसायी भए पनि सांगितिक क्षेत्रमा पनि शशक्त ढंगले उदाएकी आधुनिक गित र गजल गायिका...

सवैले देख्छन खुशीयाली, विछोड भएको देख्ने कसले ?

Spread the loveमेरी छोरी कविता मेरी छोरी आजको दिन हर्षको दिन तिम्रो नयाँ घर अनि संसार बन्ने दिन यो खुसीयालीको दिन आज खुसीको आँशु गहभरी छछल्किएको छ हिक्काहरु मुटु भरी अडकिएको छ शुभकामना मेरी छोरी तिमिलाई बैबाहिक बन्धनको तिमि भन्न सक्दिनौ केही पनि बोल्न सक्दिनौ तिमि...

सम्वन्धको समाप्तीसँगै मुसुक्क मुस्कुराई “ह्याप्पी डिभोर्स” भन्न सकियोस

Spread the loveह्याप्पी डिभोर्स कथा  निकै लामो समय पछी मृजनसंग मेरो भेट बाटोमा अचानक हुन्छ। भेटेर हामी खुशी भयौ। म उसैको घर गए। घर चकमन्न, कोही थिएन। मैले सोधे  मृजन  भाउजु खै ? उसले के भनु ?...

“तिज विकृती होइन संस्कृती हो” भन्दै शितलको गित बजारमा

Spread the loveकाठमाण्डौ: शितल पाण्डे कानून ब्यवसायी सँगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी अदालतदेखि कानूनका धारा उपधाराको संयोजन मिलाउदै वहस मात्र गर्ने होइन संचारमाध्यममा विभिन्न प्रकारका गित संगीतको माध्ययमबाट...

बहुमुखी प्रतिभा सोनीको नयाँ पप गीत

Spread the loveप्रकाश समीर- काठमाडौ: भनिन्छ, कला, साहित्य र संगीतको कुनै जात, धर्म, वर्ण हुदैन । कला सबैमा हुन्छ । कसैसंग हाल्ने कला होला, कसैसंग नाँच्ने, केही संग गाउने, केही संग लेख्ने । प्रकृतिले...

कानूनी क्षेत्र प्यारो लागेकी नानीको अभिनय यात्रा

Spread the loveकाठमाडौं:  बिगत लामो समयदेखी नाट्य क्षेत्रमा काम गर्दै आईरहेकी नानी थापा यतिबेला कलाकारिताको अर्को खुडकिला पार गर्न सफल भएकी छिन । सिन्धुपाल्चोकमा हुर्किएकी नानीको सानै देखी कलाकारितामा रुचि र लगाव थियो । नानीलाई...