सवारी र सुविधामा ठुलाबडाको रजाँई

Loading...
Spread the love

साउन १६, काठमाण्डौ । मन्त्रीको सवारीको रूपमा चिनिने कालो कार सडकमा उतिसारो देखिन्न। थोत्रिसकेको कार सहरबाहिर कुदाउन झन असुविधानजनक हुन्छ । त्यसैले मन्त्रीहरू जिपमै सवार हुन्छन् । ती कारले इन्धनबापत प्रधानमन्त्री कार्यालयले दिने रकम कुनै मन्त्रीले छोड्दैनन् ।

मन्त्रीलाई कार दिन्छ गृहले। इन्धनबापत प्रधानमन्त्री कार्यालयले नगदै दिन्छ। प्रधानमन्त्रीले ३०६ लिटर पेट्रोल र ४० लिटर मोबिल, उपप्रधानमन्त्रीले २३८ लिटर पेट्रोल र २० लिटर मोबिल, मन्त्रीले २०७ लिटर पेट्रोल र २० लिटर मोबिल राज्य मन्त्री रसहायक मन्त्रीले १८० लिटर पेट्रेल र २० लिटर मोबिल बराबरको रकम प्रधानमन्त्री कार्यालयबाट महिनैपिच्छे पाउँछन् ।

मन्त्रीले आधिकारिक व्यक्ति स्वकीय सचिवमार्फत महिनैपिच्छे इन्धनवापतको रकम प्रधानमन्त्री कार्यालयबाट बुझ्छन्। ‘गाडी गुड्दैनन् । त्यै पनि इन्धनबापतको रकम लिएकै छन्, ड्राइभर पनि छन्,’ प्रधानमन्त्री कार्यालयका एक एक अधिकारीले भने,‘ करदाताको पैसाको दुरूपयोग भयो ।’ प्रधानमन्त्री कार्यालयबाट नगदै बुझेपनि अधिकांश मन्त्रीले मन्त्रालय वा अन्तर्गतका आयोजनाबाट इन्धन लिने गर्छन् ।

मन्त्रीहरूले कार प्रयोग नगर्ने भएपछि वा मन्त्रालयमै इन्धनको जोहो गर्ने भएपछि पनि कुनै प्रधानमन्त्रीले पैसा वितरण रोक्न नचाहेको प्रधानमन्त्री कार्यालयका एक पुराना कर्मचारीले भने । गाडी÷इन्धन सुविधाको दुरुपयोग मन्त्रीभन्दा तलपनि फैलिएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार स्वास्थ्य सचिवका लागि चारवटा गाडी चालकसहित तैनाथ छन्।

मुख्य सचिव र अधिकांश सचिवले एकभन्दा बढी सवारी साधन प्रयोग गर्छन । काठमाडौंमा चढ्नका लागि कार र बाहिरका लागि जीप राख्ने प्रवृत्ति छ,प्रधानमन्त्री कार्यालयका अधिकारी भन्छन्, ‘सायदै कुनै सचिव होलान,जसको लागि एकभन्दा बढी गाडी नहोउन । सचिवले एकचोटीमा एउटै गाडी प्रयोग गरेपनि चालकका साथै इन्धन-मर्मतमा राज्यकोषमा अनावश्यक व्ययभार पर्छ ।

गाडी कम गुडाएपनि चालकले गाडीवापत पाइने पुरै इन्धन लिएर आफ्नो पकेट खर्च चलाउने गर्छन । सचिवहरुले पनि चालकले सरकारी इन्धनको दुरुपयोग गरेको थाहा पाएपनि चालक खुशी पार्न आँखा चिम्लिने गर्छन । अवकाश पाएपछि पनि सेवा गरिदिओस भनेर सरकारी खर्चमा चालक खुशी पार्ने प्रवृत्ति छ, प्रधानमन्त्री कार्यालयका अधिकारी टिप्पणी गर्छन । अन्नपूर्ण पोष्ट

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...