साउन १७, काठमाण्डौ । विद्यालयको नाममा नक्कली खाता खोलेर दुई व्यक्तिले १९ लाख ५० हजार रुपैयाँ ठगी गरेका छन् । कालिकोटका बर्मजंग बम र हंशराज भण्डारीले शिक्षा मन्त्रालयबाट विद्यालयको नाममा पठाइएको रकम नक्कली खाता खोलेर आफैँले लिएका हुन् ।
उनीहरूले आफूलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र प्रिन्सिपल बनाएर एभरेस्ट बैंकमा खाता खोलेका थिए । उनीहरूले मन्त्रालयको चेक सोही खातामा जम्मा गरेर पैसा निकालेका हुन् । उनीहरूमध्ये बमलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बिहीबार पक्राउ गरेको छ । कालिकोटको धौलादहस्थित सरस्वती उमाविको नाममा शिक्षा मन्त्रालयबाट १९ लाख ५० हजार रुपैयाँको एसी पेई चेकी जारी भएको थियो ।
उक्त चेकबाट भुक्तानी लिन विद्यालयको नाममा बैंक खाता हुनु जरुरी हुन्छ । एसी पेई चेकबाट खातामा जम्मा गरेर मात्र भुक्तानी लिन पाइने भएकाले उनीहरूले आफूहरूलाई नै विद्यालयको अध्यक्ष र प्रिन्सिपल बनाएर एभरेस्ट बैंकको बानेश्वर शाखामा दुईजनाको नाममा संयुक्त खाता खोलेका थिए । किर्ते कागजपत्रका आधारमा खाता खोलेपछि विद्यालयलाई थाहा नै नदिई पैसा निकालेका हुन् । पछि विद्यालयमा पैसा नपुगेपछि खोजी सुरु भएको थियो ।
बम र भण्डारीले मन्त्रालयबाट स्कुलको नामको चेक लगेको खुलेपछि उनीहरूमाथि औँला उठेको थियो । पछि दबाबमा उनीहरूले विद्यालयलाई पैसा फिर्ता गरेका थिए । राष्ट्र बैंकमा त्यस विषयमा उजुरी परेपछि छानबिन सुरु भएको हो । राष्ट्र बैंकले सिआइबीलाई अनुसन्धानका लागि पत्राचार गरेपछि बमलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।
जिल्लामा एभरेस्ट बैंकको खाता नभएको र पैसा निकाल्न विद्यालयका पदाधिकारी काठमाडौं आउँदा धेरै खर्च हुने भएकाले आफूहरूले त्यस्तो काम गरेको बमले बताएका छन् । तर, पैसा निकालेपछि विद्यालयका पदाधिकारीलाई जानकारी नदिएकाले उनीहरूको ठग्ने नियत देखिएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् । नयाँ पत्रिका
यसमा तपाइको मत
अन्य समाचार बाट अन्य

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

Spread the love सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...