बोक्सी सम्बन्धी कसुर र सजाय ऐन

Loading...
Spread the love

राष्ट्रिय महिला आयोगले महिला तथा बालबालिका मन्त्रालयमा बोक्सीको आरोप लगाउनेलाई कानुनी कारबाहीको दायरामा ल्याउन ऐन प्रस्ताव गरेको पाँच वर्षपछि बोक्सी आरोपमा महिलामाथि शारीरिक र मानसिक यातना दिनेलाई कडा सजाय दिनका लाग संसद्ले बोक्सी सम्बन्धी (कसुर र सजाय) ऐन २०७१ पारित गरेको छ ।

कानुन अनुसार कसैले कसैलाई बोक्सी आरोपमा यातना दिएको प्रमाणित भएमा १० वर्षसम्म कैद र पचास हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनेछ । यसअघि मुलुकी ऐनअन्तर्गत दुव्र्यवहार गर्नेलाई ३ महिनादेखि २ वर्षसम्म कैद वा ५ हजारदेखि २५ हजारसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको थियो ।

यसअघि यो अपराधमा थोरै सजाय थियो । कानुनतस् ३ वर्षभन्दा कम सजाय भएको अपराध गर्ने व्यक्तिहरू धरौटीमा रिहा हुने गरेका थिए ।

कानुनले बोक्सी आरोपमा गाली बेइज्जती गर्ने तथा आरोप लागेको व्यक्तिको परिवारका सदस्यलाई अपमानजनक व्यवहार गर्नेलाई एक वर्षदेखी तीन वर्षसम्म कैद सजायको व्यवस्था गरेको छ । साथै १० हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म जरिवाना तोकेको छ । बोक्सी आरोपमा सामाजिक बहिष्कार गरेर पीडित बसेको स्थानबाट निकाला गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ । धामीझाँक्री, टुनामुना, तन्त्रमन्त्र र झारफुकको माध्यमबाट बोक्सी आरोप लगाउनेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना हुनेछ ।

कानुनअनुसार बोक्सी आरोप लगाएर कुटपिट गर्ने, खोप्ने, डाम्ने, पोल्ने वा रासायनिक, विषालु वा जैविक पदार्थको प्रहार गरी वा अन्य कुनै किसिमले यातना दिन पाइने छैन । पीडितलाई मलमूत्र खुवाउने, चारपाटा मुड्ने प्रवृत्ति समाजमा मौलिँदो थियो । त्यस्ता अपराध गर्नेलाई १० वर्ष कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना तोकिएको छ । बोक्सी आरोपमा अंगभंग गर्नेलाई १० वर्ष कैदसँगै ज्यान मार्ने उद्योगअन्तर्गत थप सजाय हुनेछ ।

– यातना दिएको प्रमाणित भए १० वर्ष कैद र १ लाख रुपैयाँसम्म जरिवाना

– अपमानजनक व्यवहार गर्नेलाई १ देखि ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना

– निकाला गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना

– धामीझाँक्रीको माध्यमबाट आरोप लगाउनेलाई ७ वर्षसम्म कैद र ७० हजार जरिवाना

– प्रहरी अनुसन्धानमा दख्खल दिन खोजे ३० हजार जरिवाना र ३ महिना कैद

बोक्सीकै आरोपमा यातना दिने व्यक्तिलाई उक्साउनेलाई समेत सजायको व्यवस्था गरिएको छ । यस्तै प्रहरीको अनुसन्धानमा दख्खल दिन खोजे ३० हजार रुपैयाँ जरिवाना र तीन महिना कैद हुने व्यवस्था गरिएको छ ।

बोक्सी आरोपमा यातना दिएका व्यक्तिलाई यातना दिने पीडक पक्षले मुद्दाको किनारा नलागेसम्म आफैले हेरचाह गर्नुपर्ने व्यवस्था कानुनमा गरिएको छ । पीडितलाई शरीरिक वा मानसिक चोट पुगेको भए त्यसको उपचारसमेत पीडक पक्षले नै गराउनुपर्ने छ भने त्यसक्रममा लागेको सबै खर्च पीडकले व्यहोर्नु पर्नेछ । पीडकको आर्थिक स्थितिको मूल्यांकन अदालतले ठहर्‍याउने छ । पीडकले तिर्न नसके सरकारले तीन महिनाभित्र लैंगिक हिंसा निवारण कोषबाट उपलब्ध गराइने व्यवस्था राखिएको छ । उपचारका क्रममा पीडितको मृत्यु भए क्षतिपूर्तिबापतको रकम पीडितका छोराछोरी र त्यो नभएको खण्डमा बाबुआमाले पाउने व्यवस्था छ ।

अब राष्ट्रपतिले लालमोहर लगाएपछि यो कानुन कार्यावन्वयन आउनेछ ।

http://www.ekantipur.com/np/2072/4/16/full-story/413795.html

Loading...

यसमा तपाइको मत

जेन्डर एण्ड ल बाट अन्य

नयाँ ऐन: दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता

Spread the loveदैलेख: भदौ १ गतेदेखि लागू हुने गरी ‘मुलुकी देवानी (सहिंता) ऐन २०७४’ जारी भएपछि दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता भएको छ । ‘मुलुकी देवानी कार्यविधि (सहिंता) ऐन २०७४’ले पुरुषले पनि...

काष्ठकलामा महिलाको सिप

Spread the loveमहिलाहरु पेशाा ब्यवसायमा हरेक प्रकारका काम गर्ने आत्मविश्वास र सक्रियतामा जुटेका छन । कामको प्रकृति जव मेसिनरी प्रणालीले सहज गरेको छ ।  सबै पेशामा महिलाको सहभागिता समानान्तर वनाउन सहयनेग गरेको छ । हाल समाजमा...

किन बढ्दैछ बहुविवाह ?

Spread the loveकाठमाण्डौ: नारी समानता, स्वतन्त्रता र महिला हिंसा विरुद्धका विषयमा विश्वव्यापी रुपमा बहस छलफल भएपनि विद्यमान कानुनमा भएको त्रुटिका कारण महिलाहरु बहुविवाहको पीडा सहन बाध्य छन् । बहुविवाह विरुद्धको विद्यमान कानुन पुरुष प्रधानसोचबाट...

सम्बन्धविच्छेद गरेर कति खुसी भएको ?

Spread the loveमलाइका अरोडा खानले सोसल मिडियामा एक फोटो सेयर गरेकी छिन् । जसमा उनी श्वेता बच्चनसँग देखिएकी छिन् । फोटोमा मलाइकाले आफ्नो हिप ट्याटु देखाएकी छिन् । यद्यपि, उनको फोटोमाथि थुप्रै सोसल मिडिया प्रयोगकर्ताले...

८० दिनमा बच्चा जन्मे पतिले स्विकार गर्नुपर्ने

Spread the loveकाठमाडौं: सामान्यतया नौ महिनामा बच्चा जन्मने चक्र हुन्छ । नौ महिनापछि जन्मेको शिशु विवाह गरेको पुरुष र उसको परिवारले स्वीकार गर्ने नेपाली परम्परा छ । तर मुलुकी ऐन कार्यान्वयन गर्न निर्माण भएको कानूनमा...

महिनावारीको समयमा सरकारले अब तिन दिन बिदा दिने

Spread the loveकाठमाण्डौ: सरकारले कामकाजमारहेका महिलालाई महिनावारी हुँदा आधिकारिक रुपमा विदा दिने तयारीमा लागेको छ । इटालीको तल्लो सदनमा बिदाको सम्वन्धमा विधेयक दर्ता भएसँगै उक्त विधेयक पास भएमा इटाली सरकार तथा निजी कम्पनीले महिला...

अदालतदेखि प्रशासननै दलितको पक्षमा खुलेर न्याय गर्न अझै सक्दैनन

Spread the loveवि.स. २०६८ जेष्ठ १० गते संसद्को वैंठकले “जातीय भेदभाव तथा छुवाछुतको (कसुर तथा सजाय) विधेयक” पारित गरेको थियो । त्यस लगत्तै १८ गते राष्ट्रपति डा। रामवरण यादवद्धारा विधेयकलाइ प्रमाणिकरण गरेपछि सो विधेयक...

बुहारीलाई छुरा देखाई यौन शोषण कांग्रेस नेता यसरी परे फन्दामा

Spread the loveमहेन्द्रनगर: आफ्नै बुहारीलाई लगातार तीन बर्षदेखि बलात्कार गर्ने कञ्चनपुरका एक काँग्रेस नेताको कर्तुतको पर्दाफास भएको छ । उनले २० बर्षीया बुहारीलाई ‘घाँटीमा छुरा’ देखाएर यौन शोषण गर्दै आएका थिए । बिवाह भएको एक...

उमेर नपुग्दैको विवाहसँगै बड्दो सम्बन्धविच्छेद

Spread the loveकाठमाण्डौ: धबाङ–८ रोल्पाकी मनसरा डाँगी अहिले १९ वर्षकी भइन्। सत्र वर्षको कलिलो उमेरमा धबाङ–८ रोल्पाका २० वर्षीय सुरेश पुनको मायाजालमा परेपछि उहाँ परिवारको स्वीकृतिमा २०७१ साल मङ्सिर २९ गते वैवाहिक सम्बन्धमा बाँधिएकी...

नायिका बनाउने प्रलोभोन दखाई युवतीहरुमाथि चरम शोषण

Spread the loveकाठमाण्डौ: मोडल बन्ने सपना बोकेर गत २३ मंसिरमा एक युवती पुतलीसडकस्थित तिरुपति होटल पुगिन् । अन्तर्वार्ताका लागि भनेर उनलाई होटलमा बोलाइएको थियो । आफूलाई मोडल एजेन्सीको सञ्चालक बताउने एक युवक उनलाई कुरिरहेका थिए...