अनुसन्धानका क्रममा यातना दिनेलाई कैद

Loading...
Spread the love

साउन २०, काठमाण्डौं । गृह मन्त्रालयले संसदमा दर्ता गरेको ‘यातना दिने तथा निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गर्ने कार्यलाई नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा यातना दिने र दिन लगाउनेलाई उत्तिकै जिम्मेवार ठहर्‍याउँदै अपराध अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिलाई यातना दिए ५ वर्षसम्म कैद सजाय हुने बताइएको छ ।

थुनामा व्यक्तिलाई निर्मम, अमानवीय व्यवहार भए त्यसको जिम्मेवार सम्बन्धित प्रहरी कार्यालयको प्रमुख हुने विधेयकमा उल्लेख छ । त्यस्तो कार्य रोक्ने दायित्व कार्यालय प्रमुखको हुनेछ । प्रहरीले आफूलाई यातना दिएको भन्दै झुटो उजुरी दिने व्यक्तिलाई समेत सजाय हुने प्रावधान छ । झुटो उजुरी दिएको प्रमाणित भए १० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

प्रस्तावित विधेयकअनुसार यातना दिने र आदेश दिन लगाउनेलाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुन्छ । यातना दिन प्रोत्साहित गर्ने, यातना दिन उद्योग गर्ने र यातना दिन मद्दत गर्नेलाई ३ वर्ष कैद तोकिएको छ ।

यातना दिने कार्यमा संलग्न व्यक्तिलाई पक्राउ नगर्ने र कारबाहीबाट जोगाउन भगाउनेलाई पनि सजायको भागिदार बनाइएको छ । त्यसो गर्नेलाई ४ वर्ष कैद वा ४० हजार रुपैयाँ जरिवाना हुनेछ । न्यायाधिशको विवेकले भ्याए दुवै सजाय हुने व्यवस्था गरिएको छ । यसअघि यातना तथा क्षतिपूर्ति ऐन २०५३ अनुसार कारबाही गरिँदै आएकामा गृहले त्यसमा संशोधनको आवश्यकता देखाएको हो ।

गृहले यातना तथा निर्मम अमानवीय वा अपमानजनक व्यवहारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको पक्षमा नेपालसमेत भएको उल्लेख गर्दै यातनाविरुद्धको विधेयक आवश्यक परेको जनाएको छ । ‘अपराधको अनुसन्धान वा पुर्पक्षको सिलसिलामा कुनै पनि सार्वजानिक पद धारण गरेको व्यक्तिबाट हुन सक्ने यातना वा निर्मम व्यवहारलाई फौजदारी कसुरसरह दण्डनीय बनाउन खोजिएको हो,’ गृहले संसद् सचिवालयमा पठाएको विधेयकमा कारण प्रष्टयाएको छ, ‘दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउन कानुन अवश्यक छ ।’

यातना दिने व्यक्तिले नाबालक, गर्भवती, ६५ वर्ष पूरा भएको ज्येष्ठ नागरिक, शारीरिक र मानसिक रूपमा अशक्तलाई यातना दिएको भए तोकिएभन्दा थप १० प्रतिशत सजाय हुने व्यवस्था गरिएको छ । यातनाका कारण अंगभंग भए, मानसिक रूपमा रोगी भए, कुरूप र आफ्नो पेसा गर्न नसक्ने भए थप १० प्रतिशत सजाय दिइनेछ ।

विदेशी दूतावासमा यातना दिए पनि त्यसलाई नेपालको कानुनअनुसार कारबाही हुने विधेयकमा उल्लेख छ । नेपालमा दर्ता भएका वायुयानमा यस्तो व्यवहार भए पनि त्यसको अनुसन्धान हुनेछ । विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोगभित्र वा नेपालबाहिर कसुर भई पीडित र पीडक नेपाली भएको खण्डमा उनीहरूलाई नेपाल झिकाएर कारबाही हुनेछ ।

पीडितलाई क्षतिपूर्तिसमेत भराउने व्यवस्था छ । अमानवीय व्यवहार गरेको प्रमाणित भए अदालतले पीडितलाई कसुरदारबाट ५ लाख रुपैयाँसम्म क्षतिपूर्ति भराइदिनसक्ने प्रावधान छ । क्षतिपूर्ति निर्धारण गर्न पीडितले पाएको शारीरिक मानसिक पीडा, आयआर्जन गर्ने क्षमतामा कमी आएको, मूल्यांकन गरेर अदालतले क्षतिपूर्ति भराउने निर्णय गर्नेछ । यातनाका क्रममा पीडितको मृत्यु भए मृतकको आम्दानीबाट पालिने उनका परिवारका सदस्यलाई जीविकोपार्जनका लागि चाहिने न्यूनतम खर्च उपलब्ध गराउन निर्देशन दिनेछ ।

अनुसन्धानका क्रममा प्रहरीले कानुनबमोजिम नियन्त्रणमा लिएको कुरालाई भने यातना ठहरिने छैन । आरोपित व्यक्तिलाई पक्राउ गर्दा, थुनारहिरासतमा राख्दा वा सजाय कार्यान्वयन गर्दा त्यसको कारणबाट आरोपीले पाउने कष्टलाई यातना नमानिने प्रस्ट पारिएको छ ।  – कान्तिपुर दैनिक

Loading...

यसमा तपाइको मत

जेन्डर एण्ड ल बाट अन्य

नयाँ ऐन: दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता

Spread the loveदैलेख: भदौ १ गतेदेखि लागू हुने गरी ‘मुलुकी देवानी (सहिंता) ऐन २०७४’ जारी भएपछि दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता भएको छ । ‘मुलुकी देवानी कार्यविधि (सहिंता) ऐन २०७४’ले पुरुषले पनि...

काष्ठकलामा महिलाको सिप

Spread the loveमहिलाहरु पेशाा ब्यवसायमा हरेक प्रकारका काम गर्ने आत्मविश्वास र सक्रियतामा जुटेका छन । कामको प्रकृति जव मेसिनरी प्रणालीले सहज गरेको छ ।  सबै पेशामा महिलाको सहभागिता समानान्तर वनाउन सहयनेग गरेको छ । हाल समाजमा...

किन बढ्दैछ बहुविवाह ?

Spread the loveकाठमाण्डौ: नारी समानता, स्वतन्त्रता र महिला हिंसा विरुद्धका विषयमा विश्वव्यापी रुपमा बहस छलफल भएपनि विद्यमान कानुनमा भएको त्रुटिका कारण महिलाहरु बहुविवाहको पीडा सहन बाध्य छन् । बहुविवाह विरुद्धको विद्यमान कानुन पुरुष प्रधानसोचबाट...

सम्बन्धविच्छेद गरेर कति खुसी भएको ?

Spread the loveमलाइका अरोडा खानले सोसल मिडियामा एक फोटो सेयर गरेकी छिन् । जसमा उनी श्वेता बच्चनसँग देखिएकी छिन् । फोटोमा मलाइकाले आफ्नो हिप ट्याटु देखाएकी छिन् । यद्यपि, उनको फोटोमाथि थुप्रै सोसल मिडिया प्रयोगकर्ताले...

८० दिनमा बच्चा जन्मे पतिले स्विकार गर्नुपर्ने

Spread the loveकाठमाडौं: सामान्यतया नौ महिनामा बच्चा जन्मने चक्र हुन्छ । नौ महिनापछि जन्मेको शिशु विवाह गरेको पुरुष र उसको परिवारले स्वीकार गर्ने नेपाली परम्परा छ । तर मुलुकी ऐन कार्यान्वयन गर्न निर्माण भएको कानूनमा...

महिनावारीको समयमा सरकारले अब तिन दिन बिदा दिने

Spread the loveकाठमाण्डौ: सरकारले कामकाजमारहेका महिलालाई महिनावारी हुँदा आधिकारिक रुपमा विदा दिने तयारीमा लागेको छ । इटालीको तल्लो सदनमा बिदाको सम्वन्धमा विधेयक दर्ता भएसँगै उक्त विधेयक पास भएमा इटाली सरकार तथा निजी कम्पनीले महिला...

अदालतदेखि प्रशासननै दलितको पक्षमा खुलेर न्याय गर्न अझै सक्दैनन

Spread the loveवि.स. २०६८ जेष्ठ १० गते संसद्को वैंठकले “जातीय भेदभाव तथा छुवाछुतको (कसुर तथा सजाय) विधेयक” पारित गरेको थियो । त्यस लगत्तै १८ गते राष्ट्रपति डा। रामवरण यादवद्धारा विधेयकलाइ प्रमाणिकरण गरेपछि सो विधेयक...

बुहारीलाई छुरा देखाई यौन शोषण कांग्रेस नेता यसरी परे फन्दामा

Spread the loveमहेन्द्रनगर: आफ्नै बुहारीलाई लगातार तीन बर्षदेखि बलात्कार गर्ने कञ्चनपुरका एक काँग्रेस नेताको कर्तुतको पर्दाफास भएको छ । उनले २० बर्षीया बुहारीलाई ‘घाँटीमा छुरा’ देखाएर यौन शोषण गर्दै आएका थिए । बिवाह भएको एक...

उमेर नपुग्दैको विवाहसँगै बड्दो सम्बन्धविच्छेद

Spread the loveकाठमाण्डौ: धबाङ–८ रोल्पाकी मनसरा डाँगी अहिले १९ वर्षकी भइन्। सत्र वर्षको कलिलो उमेरमा धबाङ–८ रोल्पाका २० वर्षीय सुरेश पुनको मायाजालमा परेपछि उहाँ परिवारको स्वीकृतिमा २०७१ साल मङ्सिर २९ गते वैवाहिक सम्बन्धमा बाँधिएकी...

नायिका बनाउने प्रलोभोन दखाई युवतीहरुमाथि चरम शोषण

Spread the loveकाठमाण्डौ: मोडल बन्ने सपना बोकेर गत २३ मंसिरमा एक युवती पुतलीसडकस्थित तिरुपति होटल पुगिन् । अन्तर्वार्ताका लागि भनेर उनलाई होटलमा बोलाइएको थियो । आफूलाई मोडल एजेन्सीको सञ्चालक बताउने एक युवक उनलाई कुरिरहेका थिए...