साउन २१, काठमाण्डौ । कर्मचारीकै मिलेमतोमा कृषि विकास बैंकमा नक्कली खाता खोलेर ३३ करोड ९९ लाख रुपैयाँ ठगी भएको छ । बैंकको स्वयम्भू शाखाका अधिकृत केदार गौतमको योजनामा रकम हिनामिना भएको प्रहरीले जनाएको छ ।
प्रहरीले गौतम र शाखा प्रबन्धकसहित पाँचजनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मुख्य योजनाकार गौतम, शाखा प्रबन्धक भरत बानियाँ, बैककी सहायक कर्मचारी गीता पन्तलाई पक्राउ गरेको हो । गौतमका दुई श्रीमतीको समेत संलग्नता भेटिएपछि उनीहरूलाई पनि सिआइबीले अनुसन्धानका लागि हिरासतमा राखेको छ । विभिन्न मितिमा उनीहरूलाई पक्राउ गरी सिआइबीले बैंकिङ कसुर मुद्दामा अनुसन्धान गरिरहेको छ ।
गौतमले विभिन्न व्यक्तिको नाममा बैंकमा किर्ते नागरिकताका आधारमा खाता खोलेका थिए । ती खातामा उपत्यकाबाहिरका जिल्लाबाट आन्तरिक रेमिटेन्स आएको देखाइएको थियो । रेमिटेन्सबापत पैसा नआए पनि उनले पैसा आएको सिस्टममा देखाउने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खातामा पैसा जम्मा भएपछि गौतमले विभिन्न व्यक्तिमार्फत भुक्तानी लिने गरेका थिए ।
हालसम्मको अनुसन्धानमा उनले ५९ पटक गरेर ३३ करोड ९९ लाख रुपैयाँ त्यसरी ठगी गरेको अनुसन्धानमा खुलेको हो । खातामा रहेको पैसा चेकमार्फत भुक्तानी लिइएको थियो । रेमिटेन्ससम्बन्धी कामको जिम्मेवारी गौतमको नभए पनि उनले गोप्य रूपमा त्यससम्बन्धी डाटा इन्ट्रीको काम गर्दै आएका थिए । पैसा नै नआईकन करोडौँ रकम खातामा जम्मा भएको देखाएर भुक्तानी दिँदासमेत थाहा नहुनुमा बानियाँको चरम लापरबाही देखिएकाले उनलाई सिआइबीले पक्राउ गरेको हो ।
गत वर्ष असोजदेखि विभिन्न मितिमा त्यसरी घोटाला भएको हो । बैंकले केही महिनाअघि नै उनलाई निलम्बन गरिसकेको थियो । बैंकले हिनामिना थाहा पाएपछि भागेका गौतमलाई भने सिआइबीले भारतबाट पक्राउ गरी ल्याएको थियो । त्यसरी ठगेको पैसाले उनले अपार्टमेन्ट तथा गाडी खरिद गरेको खुलेको छ ।
पक्राउ परेकी सहायक कर्मचारी पन्तको समेत घटनामा संलग्नता देखिएको छ । प्रहरीका अनुसार सुरुमा उनले रेमिटेन्सको इन्ट्री गर्ने गरेकी थिइन् । गौतमसँग मिलेर उनले नआएको पैसाको पनि इन्ट्री गर्थिन् । अर्को शाखामा काम गर्ने भए पनि पन्तकै कम्प्युटरमार्फत गौतमले खातामा पैसा आएको रेकर्ड मिलाइदिने गरेका थिए । नयाँ पत्रिका
यसमा तपाइको मत
कानुन र बिजनेश बाट अन्य

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

Spread the love सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...