झुठो हल्लाको पछाडी दौड्ने मिडियालाई नम्रता को खुलापत्र

Loading...
Spread the love

साउन २१, काठमाण्डौ । केही अनलाईन पत्रिकाहरुले गलत समाचार सम्प्रेषण गरेको भन्दै चर्चीत नेपाली नायिका नम्रता श्रेष्ठ रुष्ट देखिएकी छिन् ।

Namrata Shrestha

नायिका : नम्रता श्रेष्ठ

यसअघि श्रेष्ठले सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालको यौन प्रस्ताव अस्विकार गर्दा राष्ट्रिय अवार्ड गुमाउनु परेको भन्दै केही अनलाईनहरुले समाचार बनाएका थिए । तर, नम्रताले ती समाचारमा कुनै सत्यता नरहेको तथा समाचार लेख्नुअघि एकपटक पनि आफूसँग सोधीखोजी नगरेको भन्दै आफ्नो फेसबुक पेजमार्फत रोष प्रकट गरेकी छिन् ।

उनले फेसबुकमा लेखेको नम्रताको स्ट्याटस नेपाली अनुबादमा 

मलाई यस्तो लेख्नुपर्दा दुख लागेको छ । तर, मेरो मौनता गलत ठहरियो । सुरुआतमा केही ब्लगहरुले सिर्जना गरेको हल्लासँग म बेखबर थिएँ । तर, मेरा शुभेच्छुक, साथी र फ्यानले फोन गर्दै प्रश्न सोध्न थालेपछि मलाई जानकारी भयो । म आफ्नै नयाँ र अहिले निरन्तर सक्रिय रहेका प्रोजेक्टमा व्यस्त रहदाँ केही ब्लगरले सिर्जना गरेको समाचारको पछि कुद्नु मुर्खता हो । सामाजिक सञ्जालमा समाचार भाइरल बनेपछि स्पष्ट पार्नुपर्ने विषय आएको छ ।

मेरो तर्फबाट समाचार लेख्नुअघि समाचार बनाउनेले मसँग कुनै परामर्श नै गर्नुभएन । म मुख्य कुरामा जान चाहन्छु । राष्ट्रिय अवार्ड समारोहपछि यी सब कुरा आए । केही अनलाईन ब्लगहरुले कार्यक्रम सकिए लगत्तै म समारोहबाट बाहिरिएको सम्बन्धमा लेखे । त्यसको कुनै तुक छैन् । किनकी त्यस दिन म विहान ८ बजेदेखि म्युजिक भिडियोको सटिङमा थिएँ । मलाई मेरो सुटिङ टोलीले कीर्तिपुरमा कुरिरहेको थियो ।

त्यसका बाबजुद चलचित्र क्षेत्रका दिग्गज व्यक्तिहरुले निमन्त्रणा गरेका कारण म आफूलाई यस क्षेत्रको एक जिम्मेवार व्यक्ति सम्झदैँ त्यहाँ उपस्थित भएँ । राष्ट्रिय अवार्डका सम्बन्धमा म कुनै वहस गर्न चाहन्न । म न कुनै निर्णायक हुँ न त बोर्ड सदस्य नै । यसको निर्णय निर्णायक वा आयोजकले गर्ने हो । ट्यावलोईड शीर्षकमा आधारहिन समाचार छापेर नभएको विषयवस्तुमा समाचार बनाउनेसँग मलाई निकै दुख लागेको छ । किन र?

के तपाईहरु सोच्नुहुन्न , तपाईहरुसँग नैतिकता चाहिदैँन र? के अझै मैले यस्ता केही ब्लगले राख्ने आधारहिन समाचार र त्यसका पछाडि हुने राजनीतिको जवाफ फर्काउनुपर्छ ? म एक कलाकार र फिल्ममेकरका रुपमा गर्व गर्छु । तर, यस्ता समाचार र समाचार बनाउनेका कारण मैले आफ्नो व्यवसाय र सम्पूर्ण उद्योगमाथि प्रश्न गर्नुपर्ने भएको छ ।

मलाई लाग्छ, चलचित्र उद्योग यस्ता सामाग्रीहरुप्रति गम्भिर हुनुपर्छ र यस्ता आधारहिन समाचार लेख्नेमाथि हाम्रो संस्थाले कारबाही गर्नुपर्छ अनि मात्रै चलचित्र उद्योग तथा यस व्यवसायमाथि सर्वसाधारणलाई गलत भ्रम पर्नेछैन् । चलचित्र उद्योगको विकास र विश्वसनियताका लागि यस्तो घटना भविष्यमा दोहोरिनु हुदैँन । धन्यवाद नम्रता श्रेष्ठ (कृपया यो स्पस्टीकरण होइन । तर, कुनै पनि आधारहिन समाचारले मेरा शुभेच्छुकलई असर नपरोस् )
स्रोत  नम्रता श्रेष्ठको फेसबुक पेजबाट

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...