के हो जाहेरी दरखास्त ? कस्तो हुन्छ ढाँचा ?

Loading...
Spread the love

जाहेरी दरखास्त कसले दिने ?
सरकारी मुद्दासम्वन्धी ऐन २०४९ को अनुसूची १ मा उल्लेखित कुनै पनि अपराध कहिकतै भएको वा भइरहेको वा हुन लागेको छ भन्ने थाह पाउने व्यक्तिले उक्त अपराधको जाहेरी दरखास्त दिन सक्ने छ ।

जाहेरी दरखास्त कहाँ दिने ?
जाहेरी दरखास्त नजिकको जुनसुकै प्रहरी कार्यालयमा पनि दिन सकिने छ तर त्यस्तो जाहेरी दरखास्त अपराध भएको स्थलको सम्वन्धित जिल्ला प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय मातहत तोकिएको अन्य प्रहरी कार्यालयमा दर्ता हुने छ ।

कुनै अपराध अर्को प्रहरी कार्यालयको क्षेत्रभित्र भएको वा भइरहेको वा हुन लागेको सूचना प्राप्त गर्ने प्रहरी कार्यालयले त्यस्तो सूचना लिई आवश्यकता अनुसार सूचना दिने व्यक्ति समेतलाई यथाशीघ्र सम्वन्धित प्रहरी कार्यालयमा पठाउनु पर्दछ ।

यदि तोकिएको प्रहरी कार्यालयहरुले जाहेरी दरखास्त लिन वा दर्ता गर्न इन्कार गरेमा दरखास्तवालाले सम्वन्धित प्रमुख जिल्ला अधिकारी वा दर्ता गर्नु पर्ने प्रहरी कार्यालयभन्दा माथिल्लो प्रहरी कार्यालयमा गई उक्त जाहेरी दरखास्त दिन सक्ने छ र यसरी प्राप्त हुन आएको उजुरी तथा जाहेरी दरखास्तलाई उक्त कार्यालयहरुले आवश्यक निर्देशन सहित अनुसन्धान तथा कारवाहीको लागि सम्वन्धित प्रहरी कार्यालयमै पठाउने छ ।

जाहेरी दरखास्त कहिले दिने  ?
प्रत्येक अपराधको हकमा उक्त अपराधका लागि कानूनले तोकेको हदम्याद भित्र यथासक्य चाडो जाहेरी दरखास्त दिनु पर्दछ।

जाहेरी दरखास्त कसरी दिने ?
 अपराधको सूचना तत्काल दिदा लिखित, मौखिक जे जस्तो रुप वा ढाँचामा दिए पनि त्यस्तो सूचनालाई पछि जाहेरी दरखास्तको ढाँचा वमोजिम लिखित रुपमा नै दिनु पर्ने प्रचलित कानूनी व्यवस्था रहेको छ । तर जाहेरी दरखास्तमा अपराध गर्नेको नाम, थर, वतन तथा हुलीया किटान नभएकै कारण त्यस्तो जाहेरी दरखास्त अस्वीकार्य हुने छैन यद्यपि जाहेरी दरखास्तमा सकेसम्म अपराध तथा अपराधीको वारेमा बढीभन्दा बढी सूचना समावेश गर्नु राम्रो मानिन्छ ।

 दस्तुर रु १० को टिकट टाँसेर ढाँचा बमोजिमको जाहेरी दरखास्त दरखास्तवाला आफै वा नीजको वारेस वा कुनै कानून व्यवशायी मार्फत जुनसुकै साधन ९हस्त लिखित, टाइप वा कम्प्युटर आदिद्धारा कालो मसी प्रयोग गरी कानूनी साइजको नेपाली कागजमा स्पष्ठ वुझने गरी लिपिवद्ध गर्नु पर्दछ ।

 यसरी तयार पारीएको जाहेरी दरखास्त सम्वन्धित प्रहरी कार्यालयमा दरखास्तवाला आफै उपस्थित भई वा हुलाक वा अन्य कुनै माध्ययमद्धारा पनि दिन सकिने छ तर हुलाक वा अन्य कुनै माध्ययमद्धारा पठाइएको जाहेरी दरखास्तको सम्वन्धमा दरखास्तवाला सम्वन्धित प्रहरी कार्यालयमा यथासक्य चाडो उपस्थित भई सनाखत गर्नु पर्दछ ।

नोट : 
 मैखिक जाहेरी दिएमा प्रहरिले सो जाहेरिलाई लिखित गराई संबन्धित व्यतिलाई सुनाई सहिछाप गरि जाहेरी दरखास्त दर्ता गर्नुपर्दछ ।

 जाहेरी दरखास्त दर्ता भएपछि जाहेरवालाले भरपाई लिन पाउँछ ।

 जाहेरी दरखास्त दर्ता गर्ने र मुद्दा अनुसन्धान गर्ने कार्य काठमाडौँ उपत्यकामा महानगरीय प्रहरी परिसर र वृत सम्मले गर्दछ उपत्यका बाहिर जिल्ला प्रहरी कार्यालय बाहेक अधिकार प्राप्त इलाका प्रहरी कार्यालयले समेत गर्दछ ।

 प्रहरीले जाहेरी दरखास्त दर्ता नगरेमा सो प्रहरी कार्यालय भन्दा माथिल्लो प्रहरी कार्यालय वा संबन्धित जिल्लाको प्रमुख अधिकारीसमक्ष निवेदन गर्न पाइन्छ ।

 पर्याप्त आधार हुदाँहुदै जाहेरी दरखास्त दर्ता नगरेमा संबन्धित क्षेत्रको पुनरावेदन अदालत वा सर्वोच्च अदालतमा निवेदन गर्न पाईन्छ ।

जाहेरी दरखास्तको ढाँचा :

Jaheri darkhasta format

Loading...

यसमा तपाइको मत

मसिनो कार्यविधि बाट अन्य

पुरुषले पनि अब जिल्ला अदालतबाट सम्बन्धविच्छेद गर्न पाँउने

Spread the loveकाठमाडौं: व्यवस्थापिका संसद्को विधायन समितिले मुलुकी ऐन प्रतिस्थापन गर्न विधेयकमध्ये देवानी संहिता पारित गरेको छ । मुलुकी देवानी संहिता २०७३ नाम रहने गरी समितिले उक्त विधेयक पास गरेको हो । मुलुकी देवानी...

अव पाकिस्तानमा हिन्दुहरुको विवाह र दोस्रो विवाहलाई पनि कानुनी मान्यता

Spread the loveपाकिस्तानको संसदको तल्लो सदन अर्थात नेशनल एसेम्बलीले हिन्दु विवाहको अधिनियमको विधेयकलाई सर्वसम्मतीले पारित गरेको छ । यो विधेयक पारित भएपछि अब पाकिस्तानमा हिन्दुहरुको विवाहलाई दर्ता गर्न सकिनेछ । यो भन्दा पहिले हिन्दुहरुको विवाहलाई...

चिकित्सा शिक्षा विधेयक सदनमा पेश

Spread the loveकाठमाण्डौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ पेस भएको छ । शिक्षामन्त्री धनिराम पौडेलले सदनमा उक्त विधेयक प्रस्तुत गरेका हुन् । यसअघि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ लाई प्रस्तुत गर्न...

अस्वस्थ प्रतिस्प्रर्धा र भ्रमपुर्ण विज्ञापन गर्नेलाई लाखौ जरिवाना

Spread the loveबस्तु तथा सेवाको उत्पादन तथा बितरण बजारमा हुन्छ, पेशा व्यवसाय तथा नाफा कमाउन गरिने यस्ता कार्यहरु कतिबेला गैह्रकानूनी हून्छन भन्नेमा धेरै आधारहरु वा कानूनहरु छन । तर नाफा कमाउनकै लागि केहीले हैसियत...

यसरी हुन्छ नाचघरमा नाटक प्रर्दशन सितैमा

Spread the loveकतिपय रंगमञ्चको कलाकार छन वा कतिपय सास्कृतिक उत्थान तथा सामाजिक कार्यको लागि नाटक पस्तुत गर्न चाहान्छन । राजधानीमा नाटक प्रदर्शन, त्यसमा पनि नेपालको राष्ट्रिय नाचघरमा अनी सित्तैमा । कमाउनका लागि नाटक देखाउदा...

राष्ट्रबैंक छोडेका कर्मचारी तत्काल अन्य बैंकमा जान रोक्ने कानुन पारित

Spread the loveकाठमाण्डौं । राष्ट्रबैंक छोडेर निजी बैंक तथा बित्तीसंस्थामा जागिर खान जाने प्रवृत्तिलाई निस्तेज गर्न कडा कानुनी व्यवस्था ल्याइएको छ। नेपाल राष्ट्र बैंक एेन २०५८ लाई संशोधन गर्न बनेको विधेयकलाई संसदले बिहीबार पारित...

नेपालको नयाँ कानूनमा वैयतिक अन्तराष्ट्रिय कानूनले ठाउँ पाउदै

Spread the love बर्तमान विश्वब्यापीकरण र सुचना प्रबिधिको सहज पहुच भएको समयमा साथै दु्रत गतिका आवतजावत गर्ने माध्यमहरु बिकाश हुनुले संसार नै सानो भएको महसुस गराउछ । साथै हरेक ब्यक्ति कुनै न कुनै देशको नागरिक...

अपमानजनक ब्यावहार नियन्त्रण गर्ने विधेयकमाथि छलफल सुरु

Spread the loveकाठमाण्डौ । व्यवस्थापिका–संसद्को मंगलबारको बैठकबाट ‘यातना तथा निर्मम अमानवीय वा अमपानजनक व्यवहार नियन्त्रण विधेयक, २०७१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले उक्त विधेयकमाथि विचार गरियोस्...

घरेलु कामदार राखेमा तुरुन्त स्थानीय निकायलाई लिखित जानकारी दिनुपर्ने

Spread the love घरेलु कामदारहरु अन्य कामदारहरु धेरै मात्रामा पिडित हुने तथा शोषण र हिंसामा पर्ने गरेको पाईन्छ । घरमा काम गर्ने कामदारलाई नोकरको दर्जामा राखि जे पनि काम गराउने र जे पनि गर्नु पर्ने...

बिधेयक अनुमोदित, उच्च अदालत सम्बन्धी सबै कानुनी अवरोध समाप्त

Spread the loveकाठमाण्डौं । पुनरावेदन अदालत खारेज गरी एक महिनाभित्र उच्च अदालत गठन गर्न बाटो खुलेको छ। व्यवस्थापिका संसद्को विधायन समितिअन्तर्गत उपसमितिले शुक्रबार “न्याय प्रशासनसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक” अनुमोदन गरेपछि उच्च अदालत...