अदालतमा हुने विकृति, विसंगति रोक्न अध्ययन समिति

Loading...
Spread the love

साउन २३, काठमाण्डौ । प्रधान न्यायाधीश कल्याण श्रेष्ठले अदालतमा हुने विकृति विसंगतिको पहिचान गर्न र त्यसको रोकथामका उपाय अवलम्बन गर्न शुक्रबार अध्ययन समिति गठन गरेका छन् । सर्वोच्चका न्यायाधीशहरु वैद्यनाथ उपाध्याय र गोविन्दकुमार उपाद्याय सदस्य रहने गरी गिरिशचन्द्र लालको अध्यक्षतामा गठन भएको समितिले अदालतमा हुने विकृती र सिंगती रोकथाम तथा नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन प्रधान न्यायाधीशलाई पेश गर्नु पर्नेछ ।

यस्ता विकृति र विसंगतीजनक कार्यमा संलग्न न्यायाधीश एवं अन्य पदाधिकारी र कर्मचारीहरु पहिचान गरी कारबाहीका लागि सिफारिस गर्नेु कार्यादेश पनि समितिले पाएको छ । सोको निराकरणका लागि प्रशासनिक, व्यवस्थापकीय, वातावरणीय, व्यवहारजन्य तथा कानूनी समाधानका लागिु समितिको पाँचौ कार्यादेशमा भनिएको छ,तत्कालिन र दीर्घकालिन रुपमा गर्नु पर्ने उपायहरुको पहिचान गरी सुझाव सहितको प्रतिवेदन एक महिनाभित्र पेश गर्ने ।

अदालतमा विकृति विसंगती धेरै बढेको गुनासो धेरैबाट सुनिएपछि त्यसलाई निराकरण गर्न श्रेष्ठले समितिको गठन गरेका हुन् । अदालतमा भ्रष्टाचार व्यप्त छ, त्यसलाई रोक्न के गर्नु हुुन्छ ? प्रधान न्यायाधीशका लागि नाम सिफारिस भएपछि संसदीय सुनुवाइमा श्रेष्ठलाई धेरै सभासद्ले प्रश्न गरेका थिए ।

त्यसक्रममा उनले अदालतमा विकृति विसंगती छ भने त्यसको तत्काल खोजेर निराकरण गर्ने भन्दै न्यायाधीहरु भ्रष्ट छन् भन्ने आम धारणा भने नबनाउन आग्रह गरेका थिए । अदालतमा भ्रष्टाचार हुन्छ भने कसले गर्‍यो भन्नुस् म कारबाही गर्छुु उनले भनेका थिए,तर अदालतमा भ्रष्टाचार छ, भ्रष्टाचार छ भनेर गीत गाउँदै हिँड्न हुँर्दन, यसले त भ्रष्टाचारको सित्तैमा विज्ञापन हुन्छ । कान्तिपुर

Loading...

यसमा तपाइको मत

uncat बाट अन्य

नेपालमा विवाह सम्बन्धि कानून र मान्यता

Spread the loveविवाह मानिस परिवार प्रणालीमा प्रबेश गरे संगै विकाश भएको परिवार प्रणालीको एक महत्वपूर्ण र सुन्दर पक्ष विवाहित जोडीको विचको एक महत्वपूर्ण करार हो । यसको ऐतिहासिकता कानूनको भन्दा पुराना ेछ जसकारण हामी...

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

Spread the love  पहिले चिकित्सकहरु पनि कालो कोट लगाँउथे । चिकित्सकहरु हात राम्ररी धुदैनथे । उनीहरु आफ्ना उपकरण (छुरी, कैची आदी) त कार्वोनिक अम्लमा डुवाँउथे तर अपरेशन गर्दा तिनै काला लामा दुर्गन्धीत ह्वार्लाङे कोट लगाँउथे...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

कानूनको अनभिज्ञता Sudarsan Joshi

Spread the love यो बिषय देख्दा सामान्य देखिए पनि कानूनको कार्यान्वयन मा न्याय संग जोडेर हेर्दा अत्यन्त महत्वपुर्ण छ । बिश्वमा नै बिकसित हुदै आएका फौजदारी न्याय प्रणाली एबं बिधिशास्त्रका मान्यता वा सिद्दान्तहरुलाइ अध्ययन गर्दा...

टिकापुर घटना मुद्दाको फैसला पूर्ण पाठ

Spread the loveजिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेस्तेदार इन्द्रबहादुर...