आचार संहिता विपरित कार्य गर्ने कानून ब्यवसायीलाई कार्यवाही

Loading...
Spread the love

नेपाल कानुन व्यवसायी परिषद् (बार काउन्सिल)ले आचार संहिता विपरित कार्य गर्ने कानून व्यवसायीविरुद्ध १७ वर्ष अघि देखि थाती रहेका उजुरी सहित परेका एक सय ३७ थान उजुरीमा छानबिन गरी साउन २६ गते कारबाही गरेको छ । ।

समितिले २०७० साल फागुन २२ गतेदेखि २०७२ साउन २० गतेसम्म परेको उजुरीमाथि छानबिन गरेको हो । परिषद् ऐनको दफा ११ मा कानुन व्यवसायीको आचारसंहिता विपरीत कार्य गरेको विषयमा परिषद्ले उजुरी लिने र छानबिन तथा कारबाहीका लागि अनुशासन समितिमा पठाउने व्यवस्था छ । यसै अनुरुप अनुशासन समितिका अध्यक्ष एवं महान्यायाधिवक्ता बाबुराम कुँवर, सदस्यद्वय प्राध्यापक डा। रजितभक्त प्रधानांग र नरेन्द्रप्रसाद पाठकको निर्णयअनुरूप ७४ थान उजुरीमा फैसला भएको हो ।

आचारसंहिता उल्लंघनका विषयमा परिषद्ले प्रमाणपत्र रद्द गर्ने, निलम्बन, सचेत र नसिहतको निर्णय लिने अधिकार छ । परिषद् स्रोतबाट उपलब्ध विवरण अनुसार एकजना कानुन व्यवसायीलाई निलम्बनको निर्णय भएको छ भने तीनजनालाई नसिहत दिइएको छ । चारजनालाई सचेत गराइएको छ । यस्तै १७ जनासँग स्पष्टीकरण लिने निर्णय भएको छ ।

को कस्तो कारवाहीमा परे ?

परिषद्बाट कानुन व्यवसायी त्रिलोक्यनाथ वाग्लेलाई निलम्बनको निर्णय गरिएको छ । कानुन व्यवसायी महानिधि सेढाईं, कुमार कार्की र मनु गुरुङलाई नसिहत दिइएको छ भने दीपकराज रेग्मी, कलमबहादुर खत्री, रविप्रसाद लामिछाने र गिरिराज ओझालाई सचेत गराइएको छ। अधिवक्ता पुरुषोत्तम अचार्य, शोभा कार्की, गोविन्द भट्टराई, वीरबहादुर साउद, रामदत्त ओझा, सुदर्शननिधि तिवारी, रामप्रसाद श्रेष्ठ, गोपाल भण्डारी, खड्गबहादुर बुढाथोकी, जुजुकाजी महर्जन, भुवनेश्वर गौतम, रामसुन्दर श्रेष्ठ, कमलेश द्विवेदी, अनुप लामा, केशव केसी र श्यामप्रसाद गौतमसँंग एकपल्ट ‘के भएको हो भन्ने बुझ्ने’ निर्णय गरिएको छ। परिषद् स्रोतका अनुसार २५ कानुन व्यवसायीको उजुरीमा ऐनबमोजिम प्रतिक्रिया माग भएको छ भने ६ जनालाई उजुरीका विषयमा छलफलमा डाकिएको छ।

त्यस्तै चार कानुन व्यवसायी इन्द्रबहादुर तामाङ, नमराज रिजाल, गणेशप्रसाद दाहाल र एकराज बास्तोलाले सफाइ पाएका छन् । ६० जनाविरुद्ध परेको उजुरी भने तत्कालका लागि कारबाही अगाडि नबढाउने गरी तामेलीमा राखिएको छ।

Loading...

यसमा तपाइको मत

अभियान सुशासनकाे बाट अन्य

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

Spread the loveकाठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...

मन्त्रालयका काम र प्रगति विवरणको अनुगमन गर्न सफ्टवेयर निर्माण हुदै

Spread the loveकाठमाण्डौ: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरूले हरेक दिन गरेको कामको कार्यप्रगति अनुगमन गर्न विवरण गर्नका लागि सफ्टवेयर निर्माण गर्ने भएको छ । सफ्टवेयरमार्फत राष्ट्रिय गौरवका आयोजना सँगै महत्वपूर्ण कामको अनुगमन प्रधानमन्त्री कार्यलयबाट...

आन्दोलन गर्ने स्थानको निर्धारण, उल्लंघन गरे कडा कारवाही

Spread the loveकाठमाडौं: हरेक काम कागहरु प्रति चिक्त नवुझेको खण्डमा नेपालमा सडक तताँउने अभियान सामान्यत जस्तै रहेको छ । व्यस्थ सडकहरुमा आन्दोलन र गरिएका प्रदर्शनले ट्राफिक आवतजावतमा अस्त व्यस्त वन्दै आएको राजधानी काठमाण्डौ अव...

कैदी बन्दीका गुनासोहरु गोप्य ढंगले अव सिधै मन्त्रालयमा

Spread the loveकाठमाण्डौ: गृहमन्त्री राम बहादुर थापा बादलले कारागार सुधारका लागि काठमाण्डौ स्थित जगन्नाथदेवल, डिल्लीबजार कारागार र ललितपुर भैसेपाटी स्थित नख्खु कारागारको प्रत्यक्ष रुपमा निरीक्षण गरि कार्यलयहरुको भौतिक पुर्वाधार, सुरक्षाको अवस्था र कैदी बन्दीहरुका...

अव चेलीबेटी बेचविखनका अपराधी समाउने नयाँ प्रवीधी

Spread the loveनेपालबाट बर्षेनी ११ हजार भन्दा बढी चेलीबेटी भारतमा बेचिन्छन । दलाल आफन्तबाटै समेत बेचिने ती चेलिको खोजीमा माइती नेपालले अझ सक्रियता साथ काम गर्ने भएको छ । माइती नेपालका स्वयंसेवकहरु नेपालका सीमा...

दुःख दिने नियतले मुद्दा हालेमा झगडियालाई नै कार्यवाही हुने

Spread the loveअनावश्यक रुपमा मुद्दा हालेर कसैले दुःखरहैरानी दिए मुद्दामा लागेको खर्च त्यस्ता झगडियाबाटै भराइने कार्यवाही हुने गरी भएको छ । सर्वोच्च अदालतको फुलकोर्टले सोमबार पारित गरेको नयाँ नियमावलीमा मुद्दा दायर गरेकै कारण पर्न गएको...

सामाजिक कार्यमा अग्रणी भुमिका निभाँउदै प्रभु बैक

Spread the loveकाठमाण्डौ: प्रभु बैंक लिमिटेडले आफ्नो स्थापना कालदेखिनै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समाजउपयोगी क्रियाकलापहरुलाई निरन्तरता दिँदै बॉके जिल्लाको रनियापुर गा.बि.स.का अधिकांश मानिसहरुमा ऑखा सम्बन्धी समस्या रहेको तथ्याङ्क अनुसार उक्त समस्यालाई न्युनिकरण गर्न...

नेपाली कांग्रेस विरुद्ध सर्बोच्चमा अवहेलना मुद्दा दायर

Spread the loveनेपाली कांग्रेसविरुद्ध आज सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा सर्वोच्च अदालतले गरेको फैसला आदेशले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको भन्दै उक्त निर्णय शक्तिपृथकिकरणको मान्यता भन्दा विपरित भएको...

अवैध मदिरा नियन्त्रण गर्न सक्रिय बन्दै विभाग

Spread the loveकाठमाडौं: आन्तरिक राजस्व विभागका उपमहानिर्देशक राजेन्द्रकुमार पौडेलको संयोजकत्वमा २०७३ पुस १९ गते अवैध मदिरा नियन्त्रण समन्वय समितिको वैठक आन्तरिक राजस्व विभागमा सम्पन्न गरिएको छ । अवैध मदिरा र राजस्व छली गरेर बेचिने...