भवन निर्माण सम्वन्धि नयाँ मापदण्ड, मापदण्ड मिचेमा कारबाही

Loading...
Spread the love

साउन ३२, काठमाण्डौ । सरकारले भवन निर्माण संहिता र मापदण्ड पालना नगरी र नक्सा पास नगरी सार्वजनिक भवन निर्माण गरेमा त्यस्ता निकायका प्रमुखलाई समेत अब कारबाही गर्ने भएको छ ।

काठमाडौं उपत्यकाभित्रै मापदण्डविपरित र नक्सा पासविनै भवन निर्माण कार्य नरोकिएपछि सरकारले सम्बन्धित निकायका प्रमुखलाई नै कारबाहीको तयारी गरेको हो । वैशाख १२ को महाभूकम्पपछि स्थानीय विकास मन्त्रालयले असार मसान्तसम्म नयाँ भवनका लागि नक्सा पास नगर्न र बनिरहेका भवन पनि दुई तलाभन्दा बढी बनाउन रोक लगाएको थियो ।

मापदण्डविपरित र नक्सा पासविना भवन निर्माण भए प्रमुखलाई कारबाहीमात्र गर्दैनौं, नक्सा पास नभएका, भवन निर्माणसम्बन्धी मापदण्ड पूरा नगरेका र भवन संहिता पूरा नगरेका भवन सार्वजनिक निकायले भाडामा समेत लिन नपाउने व्यवस्था गरेका स्थानीय विकास मन्त्रालयको नगरपालिका व्यवस्था महाशाखाका प्रमुख गोपीकृष्ण खनालले बताए ।

त्यसैगरि अब नक्सा डिजाइन, निर्माण र भवन निर्माण सुपरीवेक्षणको निमित्त भवन ऐन २०५५ ले तोकेबमोजिम योग्यता पुगेको सिभिल इन्जिनियर वा आर्किटेक्ट भवन निर्माणकर्ताले नियुक्ति गर्नैपर्छ ।

निर्देशनमा क र ख वर्गका भवनको निर्माणस्थलमा निर्माण अवधिभर भवन अनुमति पत्र, नक्सा, सेडब्याक, ग्राउन्ड कभरेज रेसियो, फ्लोर एरिया रेसियो आदि विवरणसहितको होर्डिङ बोर्ड अनिवार्य राख्नुपर्ने उल्लेख छ ।

अब नयाँ मापदण्ड बमोजिम सडकको न्यूनतम चौडाई ६ मिटर हुनुपर्ने, सडकको न्यूनतम सेडब्याक सडक किनारबाट १.५ मिटर छाड्‌नुपर्ने, घुम्ती वा मोडको न्यूनतम अर्धब्यास बाटोको चौडाइभन्दा कम्तिमा २० प्रतिशतले बढी हुनुपर्ने, सार्वजनिक जग्गालाई बाटो देखाई नक्सा पास गर्न नपाइने जस्ता नयाँ व्यवस्थाहरु रहेका छन ।

आवासीय भवनमा दुई सय ५० वर्गमिटर सम्मको क्षेत्रमा ३० प्रतिशत र सोभन्दा बढी क्षेत्रफलमा ४० प्रतिशत जमिन खाली राख्नुपर्ने, सरकारी, अर्धसरकारी र सार्वजनिक भवनमा भने ५० प्रतिशत जमिन खाली राख्‍नुपर्नेछ ।

अबदेखि जग्गा प्लटिङ गर्दा स्थानीय निकायबाट प्लानिङ परमिट अनिवार्य रुपमा लिनुपर्ने, प्लटिङमा जाने मूलसडक कम्तिमा आठ मिटरको, भित्र पनि कम्तिमा ६ मिटरको सडक, उपयुक्त खुला क्षेत्र र भवनका लागि स्थानीय निकायले तोकेको न्यूनतम क्षेत्र हुनैपर्ने, सडक सीमाबाट १।५ मिटर सेटब्याक हुनुपर्ने नयाँ प्रावधान राखिएको छ ।

नक्सा पास गर्दा सेफ्टी टंयाकीसहितको नक्सा पास गर्नुपर्ने, भवन निर्माण सम्पन्नको प्रमाणपत्र अनिवार्य, प्रमाणपत्रविना भवनको बैंकिङ र इन्स्योरेन्स कारोबार गर्न नपाउने जस्ता व्यवस्थाहरु गरिएको छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...