अस्पतालले ज्यादती गरेको भन्दै नर्सहरु सडकमा

Loading...
Spread the love

साउन ३२, काठमाण्डौ । श्रमशोषणमा परेको वर्षौंदेखि गुनासो गर्दै आएका नर्सहरू केही नलागेपछि पारि श्रमिकका लागि देशव्यापी रूपमा सडकमा उत्रिने भएका छन् ।

आवश्यक शिक्षा पूरा गरे अनुभव बटुल्दा पनि लामो समय स्वयंसेवक (भोलेन्टियर) का रूपमा काम गर्न बाध्य भएको, पारि श्रमिक पाइहाले पनि कामअनुसार नपाएको र त्यही पारि श्रमिक पनि नियमित नपाउने गरेको भन्दै नर्सहरू पहिलोपटक संगठित रूपमा सडकमा उत्रिन लागेका हुन् ।

उनीहरूको मागलाई समर्थन गर्दै एन्टी करप्सन मुभमेन्ट नामक संस्थाले नर्समाथि भइरहेको श्रमशोषणविरुद्धको अभियान विराटनगरबाट सुरु गरेको छ । उक्त अभियान काठमाडौं, पोखरा, नेपालगन्ज, बुटवललगायत मुलुकका अन्य सहरहरूमा तीव्र पार्ने र त्यतिन्जेल सरकार गम्भीर नभए सडकमा उत्रने तयारी गरिरहेको संस्थाका अध्यक्ष पारुल क्षेत्रीले बताए ।

नर्सलाई भोलेन्टियरका रूपमा काम लागउन नपाइने, मासिक न्यूनतम १८ हजार पारि श्रमिक हुनुपर्ने, नियुक्तिपत्र पाएपछि मात्रै काम लगाउन पाइने, समयअनुसार स्थायी व्यवस्था गर्नुपर्नेलगायत माग अघि सारेर आन्दोलनमा होमिन लागेको उनले बताए ।

विराटनगरका अस्पताल तथा नर्सिङ होमले नर्समाथि श्रम शोषण गरेको भन्दै मुभमेन्टले केही महिनाअघि मुद्दासमेत दायर गरेको थियो । अस्पताल सञ्चालकहरू जतिसक्दो फाइदा मात्र खान खोजिरेहका छन्, उनले भने, ‘तर दिनरात बिरामीको सेवामा खटिने नर्सलाई एक सुको पैसा दिइँदैन अनि कति दिन सहने त यस्तो शोषण? काठमाडौंको बानेश्वरस्थित एक अस्पतालमा कार्यरत एक सिनियर नर्सले वर्षौदेखि काम गर्दै आए पनि आफूहरूलाई अस्पतालले कार्यालय सहयोगीसरह पनि पारि श्रमिक नदिएको बताइन् ।

श्रमशोषणविरुद्धको अभियानमा हामी ज्यान दिएर लाग्नेछौं। यो मेरोमात्र समस्या होइन देशभरका अधिकांश नर्सलाई बिनापैसा काम लगाइएको छ, उनले भनिन्, कामअनुसारको तलब नपाउँदा नर्सहरूमा डिप्रेसनको समस्या देखिन थालेको छ ।

त्यही कारण उनीहरूको बिरामीसँग व्यवहारसमेत रूखो बन्न थालेको छ, यो समस्या तत्काल सम्बोधन हुनुपर्छ । नेपालमा बर्सेनि औसत चार हजार नर्स उत्पादन हुने गरेका छन्, जसमध्ये प्रशिक्षित नर्सको संख्या ४० हजार नाघिसकेको छ ।

तथ्यांकअनुसार नेपाल नर्सिङ काउन्सिलमा ५२ हजार नर्स दर्ता छन् । सरकारी स्वास्थ्य संस्थाको दरबन्दीमा ६ हजार मात्रै कार्यरत छन् । अहिलेसम्म सरकारी अस्पतालमा समेत नर्सले लामो समय भोलेन्टियरको रूपमा काम गर्न बाध्य भएको नर्सिङ एसोसिएसनका पूर्वअध्यक्ष प्रमिला देवानले बताइन् ।

सरकारी अस्पतालले समेत नर्सलाई धमाधम भोलेन्टियरका रूपमा काम लगाइरहेका छन्, देवानले भनिन्, निजी अस्पतालको हालत कस्तो होला भन्ने हामी सहजै अनुमान गर्न सक्छौं। यसको जिम्मेवार निकायबाट अध्ययन अनुगमनसमेत हुन सकेको छैन ।

श्रम ऐनअनुसार भोलेन्टियरका रूपमा नर्सलाई काम लगाउन नपाइने भए पनि अस्पताल सञ्चालकले उनीहरूलाई पारि श्रमिक नै नदिई दैनिक आठदेखि १० घन्टासम्म काम लगाउने गरेका छन्। कामअनुसार तलब नपाएको भन्दै यसअघि एसोसिएसनले पनि आन्दोलन गरेको थियो । अन्नपुर्ण पोष्ट

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...