न्याय किनवेच गर्नु कानून ब्यवसाय जस्तो गरिमामय पेशामा शोभनिय हुन्छ ?

Loading...
Spread the love

अदालत न्याय दिनको लागि सृजना गरिएको संस्था हो । कानून जनताले जनताको हितमा सृजना गर्दछन, त्यसका औपचारिक पक्ष छुट्टै होलान तर न्यायलयले वनेका तिनै जनताको हित र उन्नती चाहाने कानूको ब्याख्या गर्ने हो र जनता र समग्र समाजलाई न्याय, सुख र आनन्दको अनुभूती गराउने हो ।

कानून ब्यवसायीको ठेक्का होइन कुनै मुद्दा जिताउने अनि कानून ब्यवसायीले गैर जिम्मेवार भएका कारण कसैले मुद्दा हार्ने अवस्था समेत बन्न हुदैन ।

कानून ब्यवसायीले गर्ने जिम्मेवारी यो हो अदालत समक्ष आफ्नो पक्षका प्रमाणहरुलाई ब्यवस्थित रुपमा पेश गर्ने, प्रमाण, कानून, र तर्क द्वारा पक्षको हुने सम्मको हितमा न्याय सम्पादन गर्ने । न्यायधिसमा भएका अस्पस्टता र विषयलाई प्रष्ट पर्ने काम नै कानून ब्यवसायीको हो जस्ले प्रमाण, कानून, र उपयुक्त तर्कहरु हुदा हुदै आफ्नो पक्षले अनावाश्यक अन्याय वेहोर्न नपरोस ।

बर्तमान विश्वकानै अदालतलाई हर्ने हो भने धेरै जसो अदालतमानै विभिन्न चलखेलको आधारमा मुद्दा हेरिने गलत कार्यहरु पाइनछ । यस्ता समाचार धेरै नै भेटिन्छन ।

न्यायधिसले आफ्नो सिमामा रहेकर जिम्मेवार भएर कार्य गर्नु र कानून ब्यवसायीको पेशागत सिमामा रहेर कानून ब्यवसायीले कार्य गर्नु नै सही न्याय सम्पादनको पक्ष हो । जहाँकी न्याय प्रदान गर्ने पक्षमा न्यायधिसको ब्याक्तिगत विचार, कानून ब्यवसायीको इच्छा र अन्य पक्ष भन्दा मुद्दाका प्रमाण, कानून, त्यसलाई पुष्टि गर्ने तर्क र सिद्धान्तको समयोजन हुनु पर्दछ ।

एक जना कानून ब्यवसायी दिपक राज जोसी समाजिक संजाल फेसवुकमा लेख्नु हुन्छ :

जो पहुँच वालाको पक्षमा वोल्ने र उनिहरुको पेशा गर्ने उदेश्यले सृजना भएको असल वकिल कानून चिन्छ ठुलो वकिल न्यायाधिस चिन्छ भन्ने सुनेको थिए, हिजो यस्तै काठमाडौँ जिल्ला अदालतमा सरुवा भयर आउनु भयका फलाना माननीय न्यायाधिश ज्युलाइ कसले चिन्छ ? भन्दै सोध्न आउने वकिलसापलाई भेट्दा लाग्यो जुन देशका औपचारिक विद्वान जीहरु कानूनको सहारा नलिई चोरबाटोबाट न्याय सम्पादन गराउने तरखरमा छन् त्यो देशमा न्याय कता होला ….? त्यसो भय ….. न्यायालयमा भ्रस्टाचार गराउने को ? (जस्ताको तस्तै)

यसले पनि के प्रस्ट परेको छ भने कतिपय कानून ब्यवसायीहरु न्याय सम्पादनमा पेसागत पक्षलाई महत्व दिन भन्दा, प्रमाण, कानून र तर्कको भन्दा अनैतिक र पेसागत अचरण भन्दा वाहिर रहेर कार्य गरि रहेका छन ।

संग–संगै अर्को प्रमाणीत भएको पक्ष पनि के हो भने यो कानून ब्यवसायिको मात्र समलग्नतामा सम्भव छैन र प्रष्ट हुन्छ की न्यायधिसहरु पनि यस्ता कार्यमा संलग्न छन ।

के कुनै पेशागत आचरण विपरित चलखेल गरेर न्यायलाई किनवेच गर्नु कानून ब्यवसाय जस्तो गरिमामय पेशामा सोभनिय हुन्छ ? अनि यस्तो गरेमा आफूलाई नै थाहा भएको अन्न्याय भएको पक्षको अन्तर मनवाट नै निस्किएको पिडा र आँसुले पाल्दैन त्यस्ता कानुन ब्यवसायी र न्यायधिसको ? तसर्थ बहसमा र न्याय समपादन गर्दा कानून ब्यवसायी र न्यायधिसले अनावाश्यक चलखेल त प्रश्न नै भएन आफ्नो सत्य मनवाट सोच्नु पर्ने हुन्छ जसले कसैलाई अन्याय गर्दैन । कानूनले अन्याय गर्ने ठाउँ राखेको हुदैन ।

एकातर्फ पेशा, जिम्मेवारीमा गरिएको पाप र अनियमित कार्यको मोक्ष मन्दिर धाएर हुन्न, धर्म त्यहिहो जो आ–आफ्नो जिम्मेवारीलाई सत्य मनको साथमा सम्पन्न गर्दछ ।

Loading...

यसमा तपाइको मत

अभियान सुशासनकाे बाट अन्य

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

Spread the loveकाठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...

मन्त्रालयका काम र प्रगति विवरणको अनुगमन गर्न सफ्टवेयर निर्माण हुदै

Spread the loveकाठमाण्डौ: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरूले हरेक दिन गरेको कामको कार्यप्रगति अनुगमन गर्न विवरण गर्नका लागि सफ्टवेयर निर्माण गर्ने भएको छ । सफ्टवेयरमार्फत राष्ट्रिय गौरवका आयोजना सँगै महत्वपूर्ण कामको अनुगमन प्रधानमन्त्री कार्यलयबाट...

आन्दोलन गर्ने स्थानको निर्धारण, उल्लंघन गरे कडा कारवाही

Spread the loveकाठमाडौं: हरेक काम कागहरु प्रति चिक्त नवुझेको खण्डमा नेपालमा सडक तताँउने अभियान सामान्यत जस्तै रहेको छ । व्यस्थ सडकहरुमा आन्दोलन र गरिएका प्रदर्शनले ट्राफिक आवतजावतमा अस्त व्यस्त वन्दै आएको राजधानी काठमाण्डौ अव...

कैदी बन्दीका गुनासोहरु गोप्य ढंगले अव सिधै मन्त्रालयमा

Spread the loveकाठमाण्डौ: गृहमन्त्री राम बहादुर थापा बादलले कारागार सुधारका लागि काठमाण्डौ स्थित जगन्नाथदेवल, डिल्लीबजार कारागार र ललितपुर भैसेपाटी स्थित नख्खु कारागारको प्रत्यक्ष रुपमा निरीक्षण गरि कार्यलयहरुको भौतिक पुर्वाधार, सुरक्षाको अवस्था र कैदी बन्दीहरुका...

अव चेलीबेटी बेचविखनका अपराधी समाउने नयाँ प्रवीधी

Spread the loveनेपालबाट बर्षेनी ११ हजार भन्दा बढी चेलीबेटी भारतमा बेचिन्छन । दलाल आफन्तबाटै समेत बेचिने ती चेलिको खोजीमा माइती नेपालले अझ सक्रियता साथ काम गर्ने भएको छ । माइती नेपालका स्वयंसेवकहरु नेपालका सीमा...

दुःख दिने नियतले मुद्दा हालेमा झगडियालाई नै कार्यवाही हुने

Spread the loveअनावश्यक रुपमा मुद्दा हालेर कसैले दुःखरहैरानी दिए मुद्दामा लागेको खर्च त्यस्ता झगडियाबाटै भराइने कार्यवाही हुने गरी भएको छ । सर्वोच्च अदालतको फुलकोर्टले सोमबार पारित गरेको नयाँ नियमावलीमा मुद्दा दायर गरेकै कारण पर्न गएको...

सामाजिक कार्यमा अग्रणी भुमिका निभाँउदै प्रभु बैक

Spread the loveकाठमाण्डौ: प्रभु बैंक लिमिटेडले आफ्नो स्थापना कालदेखिनै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समाजउपयोगी क्रियाकलापहरुलाई निरन्तरता दिँदै बॉके जिल्लाको रनियापुर गा.बि.स.का अधिकांश मानिसहरुमा ऑखा सम्बन्धी समस्या रहेको तथ्याङ्क अनुसार उक्त समस्यालाई न्युनिकरण गर्न...

नेपाली कांग्रेस विरुद्ध सर्बोच्चमा अवहेलना मुद्दा दायर

Spread the loveनेपाली कांग्रेसविरुद्ध आज सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा सर्वोच्च अदालतले गरेको फैसला आदेशले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको भन्दै उक्त निर्णय शक्तिपृथकिकरणको मान्यता भन्दा विपरित भएको...

अवैध मदिरा नियन्त्रण गर्न सक्रिय बन्दै विभाग

Spread the loveकाठमाडौं: आन्तरिक राजस्व विभागका उपमहानिर्देशक राजेन्द्रकुमार पौडेलको संयोजकत्वमा २०७३ पुस १९ गते अवैध मदिरा नियन्त्रण समन्वय समितिको वैठक आन्तरिक राजस्व विभागमा सम्पन्न गरिएको छ । अवैध मदिरा र राजस्व छली गरेर बेचिने...