प्रमुख कर अधिकृतहरुसँग सुझाव लिदै विभाग

Loading...
Spread the love

भदौ १, काठमाण्डौ ।  आन्तरिक राजस्व विभागले आफ्ना मातहतका सवै कार्यालयका प्रमुख कर अधिकृतहरुसFग साउन ३१ गते छलफल गरेको छ । साउन २८ र २९ गते ललितपुरमा आयोजित व्यवस्थापन गोष्ठीमा समूहगत रुपमा आएका सुझावहरुका सन्दर्भमा कार्यक्रम केन्द्रित रहेको थियो ।

Tax officerमहानिर्देशक श्री चुडामणि शर्माले दर्ता प्रकृया नै कमजोर भएका कारण कर प्रशासनमा समस्याहरु सिर्जना भएको बताउनुभयो । त्रिपाल वितरणको सन्दर्भमा अनुगमनमा जांदा दर्ता दमकमा भएको तर कारोवार राजधानीमा गरेको समेत भेटिएको बताउनुहु“दै कारोवार एक ठाउ“मा, गोदाम अर्को ठाउ“मा भेटिएकोले दर्ता प्रकृयामा नै तीन पुस्ते लिएर राख्नु पर्ने देखिएको बताउनुभयो । करदाता नभेटिने, करदाताले कारोवार छल्ने समस्या, बक्यौता असुल गर्नका लागि करदाताको पहिचान गर्न नसकिने, एउटा छोडेर अर्को फर्म दर्ता गर्ने, यसले करदाताको पहिचान गर्न नसकिएको, परिवारका विभिन्न सदस्यका नाममा छद्मभेषी स्थायी लेखा नम्बर राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी रहेको बताउनुभयो ।

आर्थिक अध्यादेश २०७२ दफा २० सवैलाई लागू हुने जानकारी दिनुहुदै आर्थिक अध्यादेशको सुविधा दर्ता भएका र नभएका दुवैलाई भएको जानकारी दिनुभयो । छलफलमा अत्यन्त सटिक रुपमा जे कुरा आएका छन्, तिनै कुराहरुलाई लिएर कार्यान्वयनमा जानका साथै विभागको शाखाबाट जहां जहां जे कार्य गर्नु पर्ने हो सो को लागि कोर ग्रुपहरुको गठन गर्ने र आवश्यकता अनुसार कार्यालयहरुलाई जानकारी पठाउन पनि महानिर्देशक शर्माले निर्देशन दिनुभयो ।

सूचना प्रविधि विज्ञ श्री लक्ष्मीप्रसाद यादवले करदाताको पहिचान गर्न जरुरी रहेको बताउनुहुदै दर्ता प्रकृयामा नागरिकतालाई आधार मानेर दर्ता गर्दा ह्रस्सो र दीर्घ लगायत अक्षरहरुलाई ध्यान दिनुपर्ने बताउनुहुंदै निर्वाचन आयोगले औंठा छाप लिए जस्तो प्रविधिको विकास गर्नुपर्ने उहा“को भनाइ थियो ।

उपमहानिर्देशक श्री अर्जुनप्रसाद पोख्रेलले प्रमुख कर अधिकृतहरुलाई ITS संचालन गर्न अझै धेरै सिक्नुपर्ने बताउनुहुदै त्यसका लागि विभाग कार्यालयहरुमा पुगेर तालिम दिन तयार रहेको जानकारी दिनुहुंदै तालिममा जोड दिने बताउनुभयो । उपमहानिर्देशक श्री राममणि दुवाडीले अन्तशुल्क सफ्टवेयरको वारेमा प्रयोग गर्ने विषयका साथै राजमार्ग, नगरपालिका, उपमहानगर पालिकामा मदिरा बेच्ने करदाताहरुका सम्बन्धमा प्रष्ट निर्देशन दिनु भएको थियो ।

उपमहानिर्देशक श्री चन्द्रकला पौडेलले गत वर्ष राजस्व संकलन लक्ष्य पूरा गरेकोमा बधाई दिनुहुंदै प्रमुख कर अधिकृतहरुबाट अत्यन्त राम्रा सुझावहरु आएको बताउनुभयो । कार्य सम्पादनका क्रममा आइ परेका समस्याहरु र त्यसलाई कसरी समाधान गर्ने भन्ने विषयमा सुझाव तथा समाधानको लागि कार्य योजना बनाई पेश गर्नको लागि ६ वटा समूह बनाइएको र सो समूहबाट विभिन्न सुझाव तथा समाधानका उपाय सहितको विवरण प्रस्तुत गरिएको थियो ।

कार्यपत्रमा आन्तरिक राजस्व विभाग र अन्तर्गतका कार्यलयको सूचना प्रविधिको माध्यमबाट हुने कामलाई अझै सहज, सरल र छिटो बनाउन जरुरी रहेको, करदातामैत्री कर प्रशासनका लागि अनुगमन क्षमता हुन जरुरी रहेको सुझाव प्राप्त भएको थियो । कर चुक्ता प्रमाणपत्र अनलाइनबाटै दिने व्यवस्था र करदातालाई आफ्नो विवरण एसएमएसबाट दिने व्यवस्था गर्न तथा कर्मचारीलाई अझै सक्षम बनाउनका लागि सूचना प्रविधिको तालिम सवैलाई दिन जरुरी रहेको सुझाव समेत प्राप्त भएको थियो ।
कर परिक्षणका सम्बन्धमा अनुसन्धानलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा तथ्यांकलाई आधार बनाउने, वैंकसंग गरेको कारोवालाई आधार बनाउन सकिने, कार्यालय परिसरमा वैंक नभएका क्षेत्रमा वैंक खोल्न समूहगत सुझाव आएको थियो ।

अनिवार्य रुपमा कर परीक्षण गर्नुपर्ने करदाता तथा कार्यालयको हकमा गत आ.व.को भन्दा अघिल्ला आवको कार्यालय स्वयंले छनौट गरी विभागलाई जानकारी गराउने, पुराना बांकी करदाताको दर्ता खारेजी गर्न प्रकृया तयार गर्ने, विभागले कारोवारको सीमाको आधारमा फायल सार्ने काम गर्दा भदौ मसान्तभित्र गरिसक्ने, सो अनुसार संकलनको लक्ष्य, वेरुजु, बक्यौता सार्ने, देश छोडी गएका करदाताको वक्यौता संकलनमा कठिनाइ भएको, एउटा कार्यालयमा दाखिला गर्नुपर्ने रकम अन्य कार्यालयमा समेत दाखिला हुने अवस्थाले राजस्व संकलनमा समस्या रहेको, ATR मा आयकर बक्यौता शुन्य हुंदा पनि बक्यौता लिष्टमा करदाताको नाम रहिरहेको तथा बेरुजुको अभिलेख अद्यावधिक नभएको विषय सुझावमा आएका थिए ।

करदाताहरु पहिचान गर्न सहज हुने गरी स्थायी लेखा नंबर प्राप्तिको लागि पेश गर्नुपर्ने दरखास्त फारममा पर्याप्त विवरण उल्लेख गर्नुपर्ने गरी दरखास्त फारम परिमार्जन गरिनु पर्ने, मातहत कार्यालयहरुबाट प्राप्त विवरण विगत्मा सम्पादित कार्य, कार्यालयको कार्यक्षेत्र तथा दायरा विस्तारको सम्भाव्यता, कर कानुनमा भएको परिवर्तन र कार्यालयको जनशक्तिलाई विश्लेषण गर्ने लगायतका विषयमा सुझाव प्राप्त भएको थियो । Tax officer1

Loading...

यसमा तपाइको मत

कानुन र बिजनेश बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...