उत्कृष्ट कार्यलयहरु पुरस्कृत

Loading...
Spread the love

भदौ १, काठमाण्डौ । आन्तरिक राजस्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठी ललितपुर घोषणा पत्र जारी गर्दै सकिएको छ । उक्त अवसरमा अर्थमन्त्री डा. रामशरण महतले पुरस्कृत हुने कार्यालयहरुलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।Seminarउक्त गोष्ठीमा आर्थिक वर्ष २०७१।०७२ मा ४९ वटा कार्यालयमध्ये उत्कृष्ट कार्य सम्पादन गर्ने कार्यालयहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो । जसमा आन्तरिक राजस्व कार्यालय धनगढी प्रथम, आन्तरिक राजस्व कार्याललय महेन्द्रनगर द्वितीय, ठूला करदाता कार्यालय तृतीय पुरस्कृत भएका छन् । आन्तरिक राजस्व कार्यालय बुटवलले चौथो स्थानको पुरस्कार प्राप्त गरेको छ । पुरस्कृत हुने कर्मचारीहरुलाई बधाई दिनु हुंदै माननीय. अर्थमन्त्री महतले काठमाडौंभन्दा बाहिरका कार्यालयहरु पुरस्कृत भएको खुसीको कुरा भएको बताउनुभयो । माननीय मन्त्री महतले देशभरका सवै कार्यालयहरुले उत्प्रेरित भएर कार्य गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा कर्मचारीहरुलाई निर्देशन दिनुहुंदै अर्थमन्त्री डा. रामशरण महतले राजस्व असुलीमा तीव्रता दिनुपर्ने, करको दायरा विस्तार गर्नुपर्ने र कार्यालयको क्षमता विकास गरी राजस्व प्रशासनमा सुधार गर्नुपर्ने र राजस्वमा काम गर्ने कर्मचारीको मनोवलमा वृद्धि गर्नुपर्ने एवं राजस्व असुलीको चुनौतिपूर्ण कार्य पूरा गर्नुपर्ने विषयमा निर्देशन दिनु भएको थियो ।

अर्थमन्त्री डा. रामशरण महतले व्यवस्थापन गोष्ठीमा लामो छलफल गरेर, अन्तक्र्रिया गरेर, त्यसबाट निचोड निकालेर जुन घोषणा पत्र भएको छ त्यसको स्वागत गर्दछु भन्नुहुदै घोषणापत्रलाई व्यवहारमा, कार्यान्वयनमा ल्याउनका लागि कर प्रशासनले काम गर्नुपर्छ भन्नुभयो । आफैले गरेको घोषणा आगामी वर्षको लागि यस आर्थिक वर्षको एजेण्डा रहेको बताउनुहुदै यसलाई पूरा गर्न निर्देशन दिनुभयो । करका जति पनि लक्ष्यहरु छन् त्यसलाई पूरा गर्ने मात्र होइन, कर प्रशासनलाई प्रभावकारी बनाउन पनि निर्देशन दिनुभयो । र आगामी वर्षको लक्ष्य हासिल गर्नको लागि शुभकामना दिनुभयो । कर चुहावटलाई नियन्त्रण गर्र्ने कर प्रशासनको पहिलो काम भएकाले त्यस तर्फ केन्द्रित हुन निर्देशन दिनुभयो ।

कार्यालय प्रमुखले आफ्नो टिमलाई कसरी परिचालन गरेको छ, त्यसै अनुसार परिणाम आउने भएकाले सफलता हासिल गर्नको लागि पुरै टिमको सहयोग आवश्यक पर्ने बताउनुभयो । आफनो टिम भित्रको सीपलाई, क्षमतालाई प्रयोग गर्ने कार्य नेतृत्वको क्षमतामा भर पर्ने उहांले बताउनुभयो । करदाताहरुलाई करको दायरामा ल्याउने, कर तिर्नलाई उत्प्रेरित गर्ने काममा पनि कार्यालय प्रमुखको भूमिका हुने भएका कारण सरकारले घोषणा गरेको नीति अन्तर्गत बसेर कार्य सम्पादन गर्न अर्थमन्त्री डा. महतले निर्देशन दिनुभयो ।

देश भरीका ४९ कार्यालयहरुले आफ्नो कार्यालयको राजस्व लक्ष्य र प्रगति, कार्यात्मक लक्ष्यको अवस्था, वर्ष भरि गरिएका महत्वपूर्ण कार्य र आगामी वर्षमा गरिने कार्यहरुको वारेमा प्रस्तुत भएको थियो । व्यवस्थापन गोष्ठीका विभिन्न कार्यालयले पेश गरेका साझा विषय संष्लेषण र विश्लेषण गरी पेश गर्नको लागि सम्पूर्ण सहभागीहरुलाई विभिन्न ४ समूह विभाजन गरी उक्त समूहको तर्फबाट साझा र समाधानका उपाय र आगामी वर्षको लागि कार्य योजना बुदाहरु समेत पेश भएको थियो ।

Loading...

यसमा तपाइको मत

कानुन र बिजनेश बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...