फुच्चेको सानो कविता जस्ले विश्वका विज्ञहरूको दिमाग खलबलाएको थियो

Loading...
Spread the love

हामी नबुझिने कविता लेखेर विद्वान् बन्ने होडमा छौं । न त व्यवहार पढ्छौं न त अरूका किताब नै । आफौले नबुझ्ने कुरा बर्बराउछौं र त्यसैलाई कविता भन्छौं । तर, केही दशक अघिसम्म काला जातिका व्यक्ति वा समुदायलाई विभिन्न दस्तावेजमा हप्सी, निग्रो, काला जाति भनेर सोझै भनिन्थ्यो । तर, वर्णविरोधी मानवाधिकारवादीले ती शब्दमा विरोध जनाएपछि उनीहरूलाई अश्वेत जाति भनिन थालियो ।

black-and-white-babyफेरि अश्वेतभन्दा पनि हुनुपर्ने चाहिँ श्वेत थियो तर दुर्भाग्यवश अश्वेत भयो । मूलधार चाहिँ श्वेत नै हो भन्ने अर्थ लाग्छ भनेर उनीहरूलाई औपचारिक रूपमै मानव अधिकारको मान्यताअनुसार अपमान नहोस् भनेर ‘कलर्ड’ भन्न थालियो । ‘कलर्ड पिपुल’ अर्थात् रंगिन मान्छेहरू भनेपछि सम्मान गरिएको ठानिन्थ्यो । तर, जब एउटा सानो अफ्रिकन फुच्चेले आफ्नो भावना कवितामा लेख्यो तब ‘कलर्ड पिपुल’ भन्ने पदावलीलाई अब कुन शब्दमा परिवर्तन गर्ने भनेर संयुक्त राष्ट्रसंघीय दस्तावेजमा पनि शब्द खोजी हुन थालेको छ ।

एउटा फुच्चेको सानो कविताले विश्वको अभिभावक संस्थाका पनि विज्ञहरूको दिमाग यतिबेला खलबल्याइदिएको छ । उनले कवितामा आफूहरूलाई ‘कलर्ड पिपुल’ भन्ने गरिएकामा अति नराम्रोसँग तर भद्र ढंगमा बालसुलभ पाराले रिस पनि देखाएका छन् । त्यो कविता पूर्व यो तस्वीर एक पटक हेरौँ । कति निर्दोष देखिन्छन् यी दुई फरक वर्णका बालबालिका नितान्त मानवताबाहेक केही छैन यिनीहरूबीच ।

कालो वर्णको बालकले सोच्छ कवितामा, किन मलाई सेता मान्छेहरू ‘कलर्ड पिपुल’ भन्छन् जबकि– म, जन्मँदै कालो म, हुर्कंदा कालो म, घाममा निस्कँदा कालो म, डराउँदा कालो म, विरामी हुँदा कालो र, म मर्दासम्म पनि कालो तर तिमी गोरा साथीहरू तिमी जन्मँदा गुलाबी तिमी हुर्कंदा गोरो’ तिमी घाममा निस्कँदा रातो तिमी चिसोमा नीलो तिमी डराउँदा पहेँलो तिमी विरामी हुँदा हरियो जब तिमी मर्छौ, तिमी खरानी रंगको अनि तिमी नै मलाई कलर्ड रंगीन भन्छौ र ओहो † कति सानो तथ्यले संसारको सोच, विज्ञहरूको धारणा र दर्शनलाई पनि पूरै फन्को मार्ने गरी उल्टो घुमाइदिन सक्ने रहेछ एउटै बालकको सानो आकारको कवितामार्फत ।

हामीले कहिल्यै सोच्यौँ त्यसरी र म जो जन्मेदेखि मरिसक्दा पनि कालो तर तिमी जो मौसमअनुसार पटकपटक रंग बदल्छौ अनि तिमी नै कलर्ड वा रंगिन मान्छे भनेर मलाई अपमान नगरेको ठान्छौ र बालकको यो कविताले गरेको प्रश्नले विकासवादी जति सबैका दिमाग रन्थन्याइदिएको छ । संयुक्त राष्ट्रसंघले सन् २००६ मा संसारको उत्कृष्ट कविता भनेर घोषणा गर्‍यो तर बालकको सुरक्षाका लागि भनेर नाम सार्वजनिक गरेन ती बालकको ।

पछि मिडियाबाट बाहिर आयो उनको नाम डेबिड सेज हो भनेर । हामी नबुझिने कविता लेखेर विद्वान् बन्ने होडमा छौँ । न त व्यवहार पढ्छौँ न त अरूका किताब नै । आफैँले नबुझ्ने कुरा बर्बराउँछौँ र त्यसैलाई कविता भन्छौँ । हाम्रो कविताको प्रवृत्ति अझै त्योभन्दा माथि पुग्न सकेको छैन । कि चैँ बुझिने नाममा विनातुकको राजनीतिक गाली मात्र पस्कन्छौँ । गाली जसलाई गरेको हो उसले राम्रो भन्ने कुरै भएन अनि कविता बुझ्नेले त त्यो कवितै भएन भनिदिन्छ ।

When I born, I Black, When I grow up, I Black, When I go in Sun, I Black, When I scared, I Black, When I sick, I Black, And when I die, I still black..

And you White fella,

When you born, you Pink, When you grow up, you White, When you go in Sun, you Red, When you cold, you Blue, When you scared, you Yellow, When you sick, you Green, And when you die, you Gray..

And you calling me Colored?

हामी जहाँको त्यहीँ रहन्छौँ । बरु, झन् तल गिर्छौँ । रोमानिया कवि मिहाई एमिनेस्कुको कविता संसारको लामो कविता भनेर घोषित भयो । सन् १८५० मा जन्मिएर ३९ वर्षको उमेरमा इहलीला पूरा गरेका उनको संसारकै लामो घोषित इभिनिङ स्टार शीर्षकको कविता जम्मा ९८ पद्यको मात्र छ । उनीभन्दा लामा कविता त हाम्रा रामायण महाभारतलाई नगन्ने हो भने पनि टंक उप्रेतीले दुई दुईपटक पुस्तकाकारमै ल्याइसकेका छन् । हामी काम गर्छौं तर नाम अरूले नै लिइरहेको पनि ख्याल गर्दैनौँ ।

रोमानी भाषामा तिम्पुल भनिने समय नामको पत्रिकामा सम्पादकसमेत रहेका उनको त्यो कवितामा हरेक साँझ एउटा ताराको प्रार्थना गर्ने राजकुमारीसँग तारा आफैँ प्रेममा परेपछि अमत्र्य वरदान प्राप्त भएको कथा छ । विश्वको सबैभन्दा बढी मूल्यको पुस्तक आयो ०१० मा डेविड जोन मार्टिनको २४ हजार नौ सय ५० डलरको । किताब केवल ११६ पृष्ठको छ । कविको दाबी छ कि मेरो लेखन त्यति मूल्यको छ । मेरो मेहनत, त्यसबाट पाठकले पाउने गुणवत्ता त्यति रकम तिरेर मात्र पढ्न पाइने खालको छ । त्यो कागजको मात्र दाममा भर पर्ने होइन ।

कहिले आउँछ होला हाम्रो हकमा त्यस्तो दिन र हामी त पानाको एक रुपियाँको दरले पुस्तकको मूल्य निर्धारण गरिरहेका छौँ अझै पनि । विश्वकै नोबेल पुरस्कारपछिको बढी चर्चित पुरस्कार पुलिट्जर प्राइज पाउने र अमेरिकाको सबैभन्दा बढी पुरस्कार पाउने जोन लरेन्स बेरीको कविता विश्वमै बढी विवादित कविता बन्यो ।

उनको नोबेल प्राइज प्राप्त कविता कृति सेल्फ पोट्रेट इन अ कन्भेक्स मिरर पुस्तकमा मैले आफैँले आफैँलाई भनेको हो अरूलाई होइन भन्दा पनि धर नपाउने अवस्था उनले व्यहोर्नु पर्‍यो । तर, हामीकहाँ कविले आफ्नै कुरा मात्र लेख्छन् । आफ्नै गनगन मात्र पोख्छन् भन्ने पाठकलाई लागिरहन्छ । उनीहरू भने मैले मेरो निजी कुरा लेखेको हो भन्दा पनि पाठकले पत्याउँदैनन् । त्यही कारण हो हाम्रा कविता आम पाठकको रुचिका विषय बन्न नसक्नु पनि । सबै नीतिहरूको माऊ नीति नै राजनीति भएकाले सबैथोक त्यसैबाट प्रभावित हुन्छ नै ।

राजनीतिबाट हाम्रा कविताको गुणात्मकता पनि प्रभावित नहुने कुरै भएन । हामीले सिको गर्ने इन्डिया, अमेरिकातिरै हेरौं एकपटक । त्यहाँ राष्ट्रपतिले केही लेखक–कविलाई भेट्छन् । आफ्नै कक्षमा बोलाएर मलाई तपार्इंको यो किताब वा लेखन मन पर्‍यो, फलानोको फलानो मन परेन भन्छन् । अन्तर्विधागत छलफल पनि चलाउँछन् । अनि पो लेखक, कवि पनि फुरुंग हुन्छन् र चित्त पनि औपचारिक रूपमै दुखाउँछन् ।

खेलाडीहरूलाई पनि यो इभेन्टको त्यो बलिंग वा पासिङ राम्रो थियो भन्छन् । अनि हौसिन्छन् उनीहरू पनि । त्यसैले खेल पनि राम्रो हुन्छ, कविता पनि । कविता अब केवल लेख्नेको भावना मात्र होइन पाठकका दिमागको खुराक पनि हो । यो एउटा वस्तु हो । नितान्त कमोडिटी । त्यसैले यसको ब्रान्डिंगदेखि प्याकेजिंगसम्म अनि प्रयोजनदेखि प्रभावसम्म विश्लेषण नगरी लेखेर मात्र हुन्न । अब आफ्नो कविताको आफैँ व्याख्या र विश्लेषण नगर्ने लेखेर मात्र, बुझे बुझून् नबुझे नबुझून् भनेर छोडिदिँदा कविको कर्तव्य पूरा हुँदैन । हामी त्यो प्रवृत्ति समाउन सकिरहेका छैनौँ ।

त्यसैले हाम्रा कविता दह्रा खुट्टा टेकेर हिँड्न सकिरहेका छैनन् । जति सकेका छन् त्यस्तै कविका कविता मात्र सफल छन् । केही सोर्सफोर्सका भरमा पाठ्यक्रममा राखिएका कवितालाई सफल भन्न मिल्दैन । ती सबै जनताका दिलदिमागमा छैनन् । अर्को कुरा, सधैँ तेस्रो श्रेणी मात्र ल्याउने महात्मा गान्धी र सधैँ प्रथम श्रेणी मात्र हुने हाम्रा प्रधानमन्त्रीको तुलना कसरी गर्ने होला रु कहिल्यै नोबेल नपाउने आमा उपन्यास र लोलिताको कसरी मूल्यांकन गर्ने होला र हालसम्म राष्ट्रिय कविता महोत्सवमै पुरस्कृत भएका र नभएकामध्ये कुन कुन कवि जनताको मनमा कति बसेका होलान् राम्रोसँग हेरौँ कि एकपटक ।

जम्मामा कविता प्रथम्, दोस्रो, तेस्रो दर्जा हुँदैन । भावनाको प्रतिस्पर्धा हुन सम्भव नै छैन । संसारका सबै कविताको स्थान सान्त्वना मात्र हो । कविले आफ्नो मनलाई, सान्त्वना दिन, समाजलाई पनि सान्त्वना दिन मात्र कविता लेख्छ । त्यो स्थान प्राप्त भयो भने मात्र कवि सन्तुष्ट हुन्छ । त्यसैले कविताको स्थान त्यही मात्र हो । हामी आफैँले नबुझ्ने, प्रयोजनहीन कविताबाट त लेख्ने स्वयंले पनि सान्त्वना प्राप्त गर्न सक्तैन, ऊ ढोंग मात्र रचिरहेको हुन्छ । धेरै कविको हालत नेपालमा त्यस्तै छ । यसबाट हामी मुक्त हुनैपर्छ । 

 

Loading...

यसमा तपाइको मत

साहित्य बाट अन्य

नेपालमा विवाह सम्बन्धि कानून र मान्यता

Spread the loveविवाह मानिस परिवार प्रणालीमा प्रबेश गरे संगै विकाश भएको परिवार प्रणालीको एक महत्वपूर्ण र सुन्दर पक्ष विवाहित जोडीको विचको एक महत्वपूर्ण करार हो । यसको ऐतिहासिकता कानूनको भन्दा पुराना ेछ जसकारण हामी...

अवहेलना मुद्दामा न्यायलयलाई स्वच्छन्द अधिकार

Spread the loveभारतको वर्तमान प्रधान न्यायाधिशले चढेको मोटरसाईकलको फोटो, मुल्य र त्यस्को मालिकको सम्वन्धमा आम संचार माध्यममा आफ्नो टिप्पनी लेखेका थिए । सोही लेख लेखेको भनेर भारतको जानेमाने वकिल प्रशान्त भुषण विरुद्द भारतको सर्वोच...

वकिल देखि न्यायाधिश सम्मै बिचौलियाको चंगुल

Spread the loveप्रकरण १ नेपाल बार एशोशिएसनका पुर्व अध्यक्ष बरिष्ठ अधिवक्ता शम्भु थापाले एक अन्र्ताबार्तामा वकिल नै न्यायधिश कहाँ घुुस पुर्याउछन् भनि भन्नु भएकोछ ।  वकिल र न्यायधिशको नाम भन्नको लागि अन्तर्वाता लिने व्यक्तिले अनुरोध...

प्रकृति त आमा हुन, आश्रम किन पठायौ

Spread the loveप्रकृति र विनाश सन्दर्भः  विश्व वातावरण दिवस प्रकृति त वरदान हो, विनाश किन वनायौ । प्रकृति त जीवन हो, मृत्यु किन वोलायौ ।। प्रकृति त स्वर्ग हो, नर्क किन वनायौ ।। प्रकृति त...

मृत्युदण्डलाई मानव जीवनको अधिकार र पीडितको तर्फबाट हेर्दा अलग अलग चित्र देखिन्छ

Spread the loveडा. मदनकुमार भट्टराईको पुस्तक, हरिप्रसादले भारतीय कानून लगाएका थिएनन् भन्ने आदि र “जव ३० वर्षे व्यवस्थामा दमितहरु २०४६।१२।२७ पछि शक्तिमा पुगे मुख्यतः पात्र परिवर्तनलाई जोड दिंर्दै नयाँ संरचनाहरु खडा गर्न थालिए तर...

अदालतमा गरिने बहस थरिथरिका

Spread the loveमैले बुझेअनुसार बहस थरिथरिका हुन्छन् । पक्षले वकीललाई नियुक्त गर्दा गरिने वहस, बैतनिक वकील वा सरकारी वकीलले गर्ने वहस, कानूनी सहायता वा प्रो बोनोको स्वरुपमा वा एमिकस क्यूरीको रुपमा गरिने वहस, कुनै...

लगानी बिनाको व्यापार भएको छ. . . —रामकृष्ण काफ्ले

Spread the loveशहरका हुने खाने सम्भ्रान्तहरुः आफ्ना शरीरमा हात्ति पाली अरुका शरीरको जुम्रा देख्ने स्वनामधन्य सर्वज्ञहरुको स्थायी जागिर भएको छ आजको मानवअधिकार । नवधनाड्य हुन शहर पसेकाहरुको माछो नखाने प्रायश्चित्त सहित बकुल्लाव्रत बसेकाहरुको बेलाबखत जप्ने मन्त्र भएको छ आजको मानव अधिकार । लम्बेचौडे कागजी नाटक...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

आधुनिक जिवनशैलीले फेरिएको दशै

Spread the loveविजयादशमी पारिवारीक र मान्यजनसँगको जमघट, सामिप्यता, आदर÷सत्कार र सुख दुःख साटासाट गर्दै सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्द धर्मावलम्वीहरुको राष्ट्रिय चाडको रुपमा रहेको महत्वपूर्ण पर्व हो । दशैं घटस्थापना अर्थात...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...