जेठ २१, काठमाडौं । बिहेमा दाइजो, जन्ती, भोजभतेर, बाजागाजा लगायत अन्य तडकभडक नियन्त्रण गर्नेगरि सरकारले कानुन तर्जुमा गरेको छ । संसद्मा दर्ता भएको ‘सामाजिक व्यवहार सुधार बिधेयक’ ले विषेश गरि मधेसमा प्रचलनमा रहेको तिलक प्रथालाई रोक लगाएको छ ।
यस्ता मुद्दा सरकार वादी भएर चल्ने र सूचना दिनेलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ । बिधेयकले विहेमा गरगहना र दाइजो लेनदेन नियन्त्रण गरेको छ । दुलाहाले दुलहीलाई पौने ४ तोला भन्दा बढी सुन वा त्यति नै मुल्य पर्ने अन्य गरगहना भन्दा बढि दिन नपाइने गरि हद कायाम गरिएको छ छ ।
दुलहीपक्षले दुलाहा पक्षलाई बढिमा २ तोला सम्म सुन दिन सक्छनेन् । यो व्यवस्थालाई उल्लघंन गरेमा दिएको गहना जफत गरि त्यति नै जरिवाना र साथै तीन महिना सम्म कैद हुने छ। दाईजो नपाएर वा कम भएर विहे नगर्ने र विहे गरिसकेपछि दुलहीलाई यातना दिने घटना व्याप्त भएको बेवात रहेको बेला यस्तो कानून आएको होे । यस्ता कार्यलाई अपराध मानेर दण्डित गर्नुपर्ने प्रस्तावति कानुनमा उल्लेख छ।
तिलक वा दाइजोकै कारणले वेहुली लैजान इन्कार गर्नेलाई १ लाख सम्मको जरिवाना र तीनमहिना सम्म कैदको हुनेछ। विहे खर्च वा पढाई, व्यापार, व्यवसाय र व्यक्तित्व विकासमा लागेको वा लाग्ने खर्च दुलाहा वा दुलही पक्षले अर्को पक्षसँग माग्न पाइने छैन, उक्त बिधेयकमा भनिएको छ । त्यसै गरि विधेयकले निम्तालुले दिन पाउने दाईजो वा उपहारको पनि उचित सीमा पनि तोकेको छ ।
बिधेयकले टिकाटालो ९जनै सुपारी० गर्दा हुने तडकभडक पनि रोकेको छ । दुलाहापक्षका २५ र दुलहीपक्षका ३५ जनाको सीमा तोकिएको छ । टिकाटालो गर्दा एक तोला सुनमात्रै लिन दिन पाइने हद तोकिएको छ। बिहेको जन्ती र भोजको निम्तालुको सीमा पनि बिधेयकले निर्धारण गरेको छ । बाजासहित १५० जना जन्ती र पार्टीमा ३५० जनाको । भोजमा १५० जना भन्दा बढी व्यक्ति बोलाउन नपाइने व्यवस्था गरेको छ।
साथै बिहेमा आर्मी, सशस्त्र वा जनपद प्रहरीको व्याण्ड लान प्रतिवन्ध लगाइएको छ । विशेषगरि सुरक्षा निकायका उच्च अधिकारीहरुको छोराछोरीको बिहे, व्रतवन्ध वा अरु कार्यमा सरकारी व्याण्ड बजाउने चलन भएकोमा अब उक्त चलन माति प्रतिवन्ध लगाएको छ । विहेभोज, भतेर तथा अन्य समाजिक व्यवहार गर्ने व्यक्तिले १५ दिनभित्र गाविस वा नगरपालिकाको वडामा हिसाब बुझाउन पर्नेछ । सम्बन्धीत सिडीयोले खर्चको विवरण माग्न सक्ने छ।
प्रस्तावित कानूनले यस्ता समारोहमा घर सजाउने र निमन्त्रणा खर्चलाई पनि मितव्ययी बनाउन खोजेको छ । सामाजिक सुधार ऐन २०३३ मा पनि यस्तै कडा प्रावधान भएतापनि लामो समयसम्म त्यो ऐन कागजमा मात्र सीमित रह्यो । उक्त तोकिएको परिधि भन्दा बाहिर गएर कार्य गनेका विरुद्द उजुर गर्नेलाई पुरस्कारको व्यवस्था गरिएको छ । उजुरकर्ताले विगोको २५ प्रतिशत पुरस्कार स्वरुप प्राप्त गर्ने प्रावधान छ ।
यसमा तपाइको मत
main बाट अन्य

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...