एक वर्षको कानूनको अध्ययनमै कानून व्यवसायी ??

Loading...
Spread the love

नेकास: पछिल्लो केहि दशकदेखि बेलायत, युरोप, अस्ट्रेलिया र हंगकंग लगायतका देशका धेरैजसो विश्वविद्यालयले नयाँ किसिमको LL.M. Degree आरम्भ गरि संचालन गरिरहेको छ ।

पछिल्लो केहि दशकदेखि बेलायत, युरोप, अस्ट्रेलिया र हंगकंग लगायतका देशका धेरैजसो विश्वविद्यालयले नयाँ किसिमको LL.M. Degree आरम्भ गरि संचालन गरिरहेको पाइएको छ । । यी विश्वविद्यालयमा पढाई हुने एक बर्षेLL.M. course अध्ययन गर्न कानूनमा स्नातक (under-graduate) degree नै अनिवार्य नभई कुनै पनि अरु संकायको विषयमा स्नातक Degree अध्ययन गरेका विद्यार्थीलाई समेत योग्य मानि भर्ना दिएको पाइन्छ । विश्वका Cambridge University, London School of Economics and Political Science, University College London, University of Leeds, University of Sheffield, Cardiff University, University of Nottingham, University of Liverpool लगायतका विश्व विद्यालयमा यस्तो Degree भएता पनि सम्वन्धित देशहरुले समेत यस्तो एलएल.एमलाई अधिवक्ताको रुपमा उपाधि दिनेगरेको छैन तर नेपलमा नेपाल कानून ब्यवसाई परिषदवाट यस्प्रकारका एक वर्षे एलएल.एम.लाई समेत अधिवत्ताको उपाधि प्रदान गरेको पाईएको हुदा यो त्रुटिपूण भएको भन्दै अधिवक्ताहरुले आफ्नो कार्यक्षेत्र भन्दा वाहिर गई कार्य नगर्न र गरिएका कार्यलाई खारेज गर्न माग गर्दै नेपाल कानून ब्यवसाई परिषदमा निवेदन पेश गरेका छन । त्यस्तै नेपाल वiर एशोसिएसनमा र मान्यायधिवक्ताको कार्यलयमा समेत वोधार्थ दिएका छन ।

 नेपाल कानस्न व्यवसायी परिषद ऐन २०५० ले पषिदलाई प्रदान गरेको काम, कर्तब्य र अधिकार को शूरुवात गरेको र कानून व्यवसायमा प्रवेश गर्नेहरुको परीक्षा लिने , कानून व्यवसायीमा नाम दर्ता गर्ने सम्वन्धी कार्यविधिको व्यवस्था गर्ने , योग्यता पुगेको व्यक्तिलाई कानून व्यवसायीमा दर्ता गर्ने, कानून व्यवसायीको लागि तोकिएको व्यवसायिक आचरण संहिता अनुरुप कानू व्यवसायीले काम गरे नगरेको सम्वन्धमा अनुगमन गर्ने, कानून व्यवसायीले व्यवसायिध आचरण विरुद्ध गरेको कार्य सम्वन्धी उजूरी लिने र कारवाहीका लागि अनुशासन समितिमा पठाउने, अनुशासन समिति र अन्य समितिले अपनाउनु पर्ने कार्यविधि तोक्ने, यस ऐनको व्यवस्था विरुद्धमा काम गर्नेहरु उपर मुद्दा चलाउने, कानून व्यवसायीको इज्जत, प्रतिष्ठा, सुरक्षा, हकहित तथा सुविधाको संरक्षण गर्ने, स्तरीय कानून शिक्षालाई प्रोत्साहन दिन विश्वविद्यालयसँग परामर्श गरी कानून व्यवसायको लागि उपयुक्त शैशिक मापदण्ड सिफारिश गर्ने, परिषद्को लागि आवश्यक कर्मचारीहरु नियुक्त गर्ने र उनीहरुको पारिश्रमिक तथा अन्य सुविधाको व्यवस्था गर्ने, कानून व्यवसायीलाई कानून व्यवसायको व्यवहारिक अनुभव दिनलाई कानून व्यवसायलाई गरिमामय बनाउन आवश्यक प्रशिक्षण तथा तालीमको व्यवस्था गर्ने, कानून व्यवसायीको हित अभिबृद्धि गर्न अध्ययन, छलफल, सभा, गोष्ठी, प्रवचन आदिको व्यवस्था गर्ने र आवश्यक प्रकाशनको व्यवस्था गर्ने, परिषद्को कोषको प्रवन्ध गर्ने, यस ऐन द्वारा निर्धारित अन्य कार्य गर्ने, र नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० को उद्देश्य पूरा गर्न आवश्यक पर्ने अन्य कार्यहरु गर्ने कार्यको जिम्मेवारिका साथ गठन गरिएको नेपाल वार काउन्सिल ले प्रत्येक वर्ष अधिवक्ता र आवाश्यक्ता अनुरुप अभिवक्ताको उपाधिकालागि परिक्षा संचालन गर्ने रहेको छ ।

 अधिवक्ता वा अभिवक्ताको परिक्षामा सिामेल हुन र कानून ब्यवसाईको उपाधि प्रप्त गर्न ऐनले दफा १७ मा देहायको योग्यता पुगेको कानून व्यवसायी परीक्षा उतीर्ण गरेको र नैतिक पतन देखिने फौजदारी अपराधमा सजाय नपाएको नेपाली नागरिकलाई मात्र अधिवक्ताको रुपमा दर्ता गरिनेछ भनि निम्न प्रवधान राखेको पाइन्छ

 (क) कानूनमा स्नातक उपाधि प्राप्त गरी न्यायाधीश, सरकारी वकील वा न्याय सेवाको राजपत्रांकित पदमा रही वा कानूनको शिक्षक भई कम्तीमा पाँचवर्ष काम गरी सकेको, वा
(ख) कम्तीमा सातवर्ष अभिवक्ताको रुपमा कानून व्यवसाय गरेको र कानूनमा स्नातक उपाधि प्राप्त गरेको, वा
(ग) पन्ध्रवर्षसम्म अभिवक्ताको रुपमा कानून व्यवसाय गरेको, वा
(घ) कानूनमा स्नातक उपाधि प्राप्त गरेको ।

 यस्तो योग्यता पुगेको, कानून व्यवसायी परीक्षा उत्तीर्ण गरेको र नैतीक पतन देखिन फौजदारी अपराधमा सजाय नपाएको नेपाली नागरिकलाई यो ऐन प्रारम्भ भएको मितिले नौ वर्षसम्म अभिवक्ताको रुपमा दर्ता गरिनेछ भन्ने ब्यवस्था ऐनमा रहेको छ ।

 कानूनमा प्रवीणता प्रमाणपत्र प्राप्त गरेको, वा  पाँचवर्षसम्म अभिकर्ताको रुपमा कानून व्यवसाय गरेको हुनुपर्ने ब्यवस्था हुदा हहुदै बाउन्सिल वाट यस्तो गरिनु ऐन विपरित भएको निवेदकहरुको दावि रहेको छ ।

 

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...