नेपालका कानून तोड्नका लागि बनाइन्छ

Loading...
Spread the love

अन्य मुलुकमा कानून मान्नका लागि बनाइन्छ तर नेपालका कानून तोड्नका लागि बनाइन्छ, कानून तोडने परम्परा नै बनेको छ । नेपाल वार एसोसियनका अध्यक्ष श्री हरि कृष्ण कार्कीले नेसनल ल कलेजले आफ्नो स्थापना कालको दोस्रो वर्षको उपलक्ष्यमा बोल्दै उक्त कुरा वताएका हुन । अहिले सैद्धान्तिक सबै प्रकारका शिक्षाहरुले काम नगर्ने र हामीले शिक्षाको माध्यमबाट हाम्रो बानीव्यवाहार र आचरणलाई परिर्वतन गर्न आवश्यक छ भन्दै हाम्रा शासकवर्गहरुले आफ्नो आचरण परिवर्तन गरे भने मात्र तल्लो तहका वर्गले आफनो आचरण ब्यवाहार परिवर्तन गर्छन अनिमात्र राष्ट्रको विकास सम्भव हुने छ । उहाँले न्यायालयलाई सेतो कपडा संग तुलना गर्दै कालो धब्बा लागेमा टाढैबाट प्रस्ट देखिने हुन्छ यस्तो संवेदनशिल संस्थाको कार्यृ गर्दा यस्ता विषयलाई ख्याल नै नगरिएको वताउनु भयो ।

DSC05019

पूर्व प्रधान न्यायधिस खिलराजराज रेग्मीले लाजमर्दो ढंगबाट कानूनका सर्वमान्य सिद्धान्त विपरित आफुखुसी गर्दै कार्यपालिकाले विछ्याएको रातो कार्पेटमा चडेर कार्यापालिकाका कार्यकारी प्रमुख बन्न पुगे जुन सरासर स्वतन्त्र न्यायपालिकाको अपहरण थियो ।

देशको प्रमुख एवं जिम्मेवार गृहमन्त्री जस्तो मान्छेले ट्राफिक नियमको उल्लंघन गरेको विषय कोट्याउदै अध्यक्ष कार्कीले भन्नुभयो, अरु देशमा कानून मान्नका लागि बनाइन्छ तर नेपालका कानून तोड्न का लागि बनाइन्छ र त्यो तोड्ने मान्छ नै महान हुन्छ । हामीले अवका आउदा वर्षहरुमा न्यायालयमा सक्षम, इमान्दार र मर्यादित व्यक्ति राख्न सक्यौँ भने मात्र आउदा पिढिले न्याय प्रणालीको वास्तविक स्वाद लिने र यदि यस्तै भद«गोल स्थितिले हाम्रो न्यायपालिकाको भविष्य पूर्णत कालो रहेको कुरामा जोड दिनुभयो ।

DSC05044

पूर्व प्रमुख न्यायाधिस तथा नेसनल ल कलेजका अध्यक्ष श्री अनुप राज शर्माको सभापतित्वमा सम्पन्न उक्त वार्षिकीमा कार्की लगायत काठमाण्डौ जिल्ला अदालतका न्यायाधिस श्री अच्युत विष्ट, प्रोफेसर पवन ओझा, शिक्षा मन्त्रालयका सचिव श्री विश्व प्रकाश पण्डित महान्यायाधिवक्ता श्री बाबुराम कुँवर, त्रि.वि. कानून संकायका डिन विद्याकिशोर रोय, डा. सूर्य ढुंगेले शिक्षाध्यक्ष त्रि.वि. गुणनिधि न्यौपाने तथा अन्य विशिष्ट व्यक्तिहरुका उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा नेशनल ल कलेजका प्रिन्सिपल डा.राम कृष्ण तिमल्सिनाले मुस्कान सहितको कानुनी शिक्षा जुन सैद्धान्तिक मात्र नभएर प्रयोगात्मक, आधुनिक एवं प्राविधिक कानूनी शिक्षा उपलब्ध गराउनु यस कलेजको मुख्य उद्देश्य हो भन्दै ब्यवाहारिक शिक्षालाई वढवा दिएर जाने वताउनुभयो । त्यस्तै काठमाण्डौ जिल्ला अदालतका न्यायाधिस श्री अच्युत विष्टले कागजमा लेखिएका लोकतन्त्रका गर्भिला अक्षरहरुले मात्र काम गर्न सक्दैन । सिद्धान्त र व्यवहार सँगै सन्तुलित भएर चल्नु पर्दछ । यदि चलेन भने देश कहाँ सम्म पुग्छ नेपाललाई हेरे पुग्छ भन्ने विचार ब्यक्त गर्नुभयो ।

DSC05047

त्यस्तै डा. सूर्य प्रसाद ढुंगेलले हाम्रा न्यायालयका प्रतिनिधिहरुलाई मात्र नभएर राजनीतिज्ञहरुलाई समेत कानूनी शिक्षा आवश्यक छ यदि यसो भएन भने देश अराजकता तिर धकेलिन्छ भन्दै एउटा प्रधानमन्त्री दिन नसकेर न्यायालयबाट सापट लिने तथा कैयौ वर्ष लगाएर पनि संविधान दिन नसक्ने हाम्रो संसदले कसरी संसदीय सुनुवाइबाट सक्षम र मर्यादावान न्यायाधिस दिन सक्छ ? यसले त केवल गुट र उपगुटको न्यायपालिका सिर्जना गरेको छ भन्ने राय ब्यक्त गर्नुभयो ।

उक्त कर्यक्रमामा वोल्दै त्रि.बि. कानून संकाय डिन विद्याकिशोर रोयले त्रिुभुवन विश्वविद्यालयले ल्याएका कानूनी शैक्षिक कार्यक्रमहरु एकदम फलदायी उपलब्धिमुलक र सक्षम जनशक्ति उत्पादन गर्न सक्ने भन्र्दैै त्रि.वि. को कानुनी शिक्षाको उन्नति तथा विकासमा कुनै शंका नगर्न आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो “हामी पहिले कस्तो थियौँ, अहिले कहाँ थियौँ र यहाँसम्म कसरी आयौँ भन्ने कुराको समिक्षा एवम् अव अघि कहाँ सम्म बढने र कसरी बढने भन्ने कुराको भावी कार्ययोजना तय गर्नुपर्ने वताउनु भएको थियो ।

DSC05061

शिक्षा मन्त्रालयका सचिव श्री विश्व प्रकाश पण्डितले न्यायालयमा मात्र नभएर नेपालका प्रशासनिक कार्यान्वयनका क्षेत्रमा कानून पढेका व्यक्तिले नेतृत्व गर्नुपर्छ । अबका आउदा दिनहरुमा नेशनल ल कलेजबाट उत्पादिन जनशक्ति देशको नेतृत्वलाई स्थानमा पुगेर नेतृत्व गरेको हेर्ने धोको छ भन्नुभयो । विश्वका अग्रज नेताहरुमा अब्राहन लिंकन देखि महात्मा गान्धीसम्म तथा हाम्रा वि.पी. कोइरालादेखि लिएर आजभोलिका बाराक ओबामासम्मका सबै कानून पढैकै व्यक्तिहरु हुन् जसले इतिहास रचेका छन् भन्दै मनूनी शिक्षको महत्व रहेको वताउनु भएको थियो ।

उक्त अवसरमा महान्याधिवक्ता बाबुराम कुँवरले नेपाल, विवेक र वुद्धिहिन वुद्धिजीवको जमातले विग्रेको हो भभन्दै राजा र विद्धान कहिल्यै समान हुन नसक्ने तथा राजा देश भित्रै सिमित हुने तर विद्धान संसारभर कहलिन सक्छ त्यसैले अबका आउँदा दिनहरुमा विवेक र वुद्धिले भरिएका विद्धानहरुको उत्पादनमा जोडदिनु पर्ने उहाँले बताउनुभयो ।

दुई भागमा बाडिएको उक्त पछिल्लो समायमा विभिन्न संस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्दै समाप्त भएको थियो ।

भिमवहादुर फडेरा नेपालकानून.कम

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...