लखुम पनि रोयो !! पुल; जस्ले जोड्न सकेको थिएन मन, आँसुको वन्यो दोभान

Loading...
Spread the love

दुखिनीले नयाँ साडी लगाइ— लखुमले बिहेमा किनिदिएको । बिकवालाई पनि सबैभन्दा राम्रा लुगा लगाएर तयार पारी । लखुमले भने नयाँ लुगा लाइरहनुपर्ने खासै केही देखेन । उही पुराना दौरा–सुरुवाल र टोपी लागाएर जाने निधो ग¥यो । पोका पनि त्यति धेरै कहाँ थिए र ! केही पुराना ओड्ने–ओछ्याने, केही भाँडाकुँडा र अलिकति सुकेका माछा । सुन र पैसाको त कत्रो भारी पो हुन्छ र !

एकाबाहिनै, कोही नउठी हिँड्ने तरखर गरे उनीहरूले । मान्छे उठेपछि हिँड्न गाह्रो । जेले पनि तान्दिन्छ मन । जेले पनि अल्झाउँछ आँखा । जुठेल्नाकै ढुङ्गो पनि कहाँदेखि ल्याएको लखुमले ! बारीको आँप फुल्न थालेको थियो, र फल्ने थियो त्यो साल । छरछिमेकको भने खासै चिन्ता लागेन लखुमलाई ।

सुनकोशी र इन्द्रावती माईले सराप्लान् भन्नेचाहिँ डर थियो उसलाई, भित्र कता कता । त्यसैले उज्यालो नहुँदै भाग्ने तरखर गरेको थियो उसले । माझीबाले पनि भनेका थिए, बिहान, ब्रह्ममुहूर्तको
समय सबैभन्दा पवित्र । बिहान, भालेको पहिलो डाकोमै उसले उठायो दुखिनी र बिकवालाई । पोका पत्यौरा त बेलुकै तयार थिए । आकाशमा अझै देखिन्थे एकदुईवटा तारा, टिमटिम । लखुमले लुगाफाटा, भाँडाकुँडा र सुकेका माछाको पोको बोक्यो । दुखिनीले अझै पनि निद्रामै झुलिरहेको बिकवालाई बोकी र उनीहरु मूल दैलोबाट फुत्त आँगनमा निस्किए ।
लखुमलाई सधैं लाग्थ्यो, छोडेर जाने बेला उसले आफैंले बनाएको घरले छेक्नेछ उसलाई । तर यस्तो केही भएन । घुर्मैलो उज्यालोमा एकछिन हे¥यो उसले आफ्नो घरलाई एकपल्ट । यसै घरमा गएको थियो उसकी आमाको प्राण । “आमा !” उसका ओठबाट निस्कियो । कहाँ थाम्न सक्नु मन् ! भक्कानो छुट्यो उसको । छोड्यो डाको । आँगनको एक किनारमा धरहराजस्तै उभिएको आँपको बोटलाई अङ्कमाल ग¥यो र मायाको चिनोस्वरुप केही थोपा आँसु दियो ।

दुखिनीले पनि सुँक्क सुँक्क गरेको थाहा पायो उसले । तर बाटोमा धरहरा देखिने उत्साहले ऊ पुनः खुसी नै भई र ठमठम हिँडी । कहाँ थियो ऊसँग रुने समय ?
लखुमले आफैंलाई बलियो बनायो र मूलढोकामा ढ्याक्क ताल्चा लायो । उसले यत्रो वर्षदेखि रजाइँ गरेको घरको मालिक भोलिदेखि को हुने हो, त्यसको चिन्ता उसलाई भएन । अनि तीनजनाको परिवार ओरालो लाग्यो, तल दोलालघाटको पुलतिर ।
माझीगाउँमा पर कतै कुकुरहरू भुकिरहेका सुनिन्थे । चन्द्रमा पश्चिमतिर अस्ताउन लागेको, चाँदीको सानो धर्सोजस्तो मात्रै देखिन्थ्यो । दोलालघाट पुलमा पुगेपछि लखुमले पोको बिसायो । दुखिनीले पनि बिकवालाई भुइँमा राखी । लखुम दक्षिणतिर फर्कियो, हात जोड्यो र जोर नदीलाई पुकारा गर्दै भन्यो, “माई, मलाई माफ गर । मैले तिमीहरुलाई धोका दिएँ ।” यसपल्ट भने लखुम रोएको देखी दुखिनीले, जिन्दगीमा पहिलोपल्ट । ऊ पनि रोई, धर्धरी । अवोध बिकवाले भने केही बुझेन ।
हुन पनी सुनकोशी र इन्द्रावतीलाई आमा मानेर उसले यत्तिका वर्ष बिताएको थियो । तिनै नदीले दिएका माछा मारेर बाँचेको थियो; परिवार पालेको थियो । तिनै नदीको छातीमा डुङ्गा चलाएर उसले जीविका चलाएको थियो । कहिल्यै ऐया भनेका थिएनन् ती नदीले । सकेको, भएको दिएकै त थिए !
पुलबाट उत्तरतिर, तल नदीकिनारमा कुबेरका मोटर डुङ्गा लखुमलाई अट्टाहास गरेर उभिएका थिए । चालकहरु डङ्डङ् सुर्ती उडाउँदै एकाबिहानै आइसकेका थिए, बिहनीपखका पहिला यात्रु नगुमाउन । चोकमा भने चियाका दुईचार पसल खुलेका थिए ।
दूधको गाडी घत्र्याङ्–घत्र्याङ् गर्दै पुलबाट उनीहरुका कान खाएर गयो । एकछिन त्यो चिर सन्नाटा खल्बलियो, तर पुनः फर्कियो । पुलमा बिहानको हल्का उज्यालो पोखियो । अब छिटै उज्यालो हुनेछ, र चिनाजानाहरु आउनेछन् । धेरैले सोध्नेछन्, पुछ्नेछन् ।
गाह्रो हुनेछ यात्रा । अरु त केही डर थिएन लखुमलाई । उसले कसैको एक पैसा तिर्न बाँकी थिएन । बरु उसका माछा बाँकी खाएका पैसा उठाउन भने धेरै बाँकी थिए दोलालघाटमा । उसले माया मार्ने नै निधो गरेको थियो, ती सबैलाई ।
ऊ हतारियो र पोको बोक्यो । दुखिनीले पनि बच्चो बोकी, र उनीहरु फटाफट हिँडे । दोलालघाटको पुल तर्न मात्रै के लागेका थिए,कसैले पछाडितिरबाट करायो, “होए, को हो ? पर्खी ।” लखुमले पछाडि हे-यो । दुखिनी पनि फर्किई । कुमार पो रहेछ ! गुण्डाको राजा । लखुमका नौनारी गलेर आए, डरले । खुट्टा थर्थरी कामे ।

काँधको भारीले किच्लाजस्तो भयो उसलाई । उसले भारी बिसायो । दुखिनीका अनुहारभरि डर पोतियो ।
“कहाँ जान ला’को ?
“नुवाकोटतिर हजुर । अलिकति सुकेको माछा छ । म टक्¥याउँछु, हजुर ।”
“कहिले फर्कने ?”
लखुमले उत्तर दिएन । लामो साँस फे-यो, र सुनकोशीतिर हेरिरह्यो ।
“कहिले फर्कन्छस् भनेको, सुनिनस् ?”
“हजुर, सुनें । म फर्कन्नँ हजुर । म सधैंका लागि जान लागेको ।”
कुमारले यस सूचनालाई सहजताका साथ लिएको पाइएन । उज्यालो छ्याङ्ङै भइसकेको थियो । मान्छेको अनुहारको आभा पढ्न सकिन्थ्यो । घाम भने झुल्किसकेका थिएनन् ।
“किन जान लागेको ?” यस पल्ट स्वरमा अलि मलिनता थियो । केही नैराश्य पनि ।

“अब यहाँ बाँच्न गाह्रो भयो, हजुर । हाम्रा डुङ्गा चल्न छोडे । मोटर डुङ्गाले खाइदियो हामीलाई । कहिलेकाहीँ चलिहाले भने पनि कसैले एक पैसा दिँदैन । नदीमा माछा पनि त्यति सारो पाइँदैन आजभोलि । हाम्रो भाग त परै जाओस, तपाइँलाई टक्र्याउन पुग्ने माछा पनि मार्न सक्दैनौं हामी । हामीमात्रै होइन, सबै माझीहरु सर्दैछन् । गावैं उठ्दैछ ।”
कुमारको अनुहारभरि एउटा विषद अँध्यारो पोतियो । जीवनमा पहिलोपल्ट उसका आँखामा ग्लानि देखियो ।

अरु केही नबोली लखुमले आफ्नो कुम्लो खोल्यो र सुकेका माछाको पोको निकाल्यो । त्यो पोको कुमारलाई दिँदै भन्यो, “लिनुस् हजुर । यति नै छ मसँग । अब हाम्रो बाटो नछेकिदिनुस् ।”

कुमारले केही प्रतिक्रिया दिएन । माछा पनि लिएन । ठिङ्ग उभ्भिइमात्र रह्यो । घरी लखुमलाई त घरी दुखिनीलाई, अनि घरी बिकवालाई हेरिरह्यो, पालैपालो । कुमार अझै पनि ऊसँग खुसी छैन जस्तो लागेर लखुमले भन्यो, “मसँग अरु केही छैन हजुर । म के टक्र्याउँ यहाँलाई ? लिनुस् न । मागुर माछा हो ।”

तर अहँ, अझै कुमारका हात अगाडि बढेनन् । लखुमले आफ्नो एउटा हात सुरुवालको खल्तीमा घुसा-यो, एउटा पाँच सय रुपियाको नोट निकाल्यो र कुमारलाई दिँदै भन्यो, “अब त छोडिदिनुस् सरकार । हामी गरिबलाई कति लुट्नुहुन्छ ?”

“लखुम, मलाई यो चाहिँदैन । तिमी साँच्चिकै दोलालघाट छोडेर जान लागेका हौ ?”
“हो हजूर । अब हामी कहिल्यै फर्कन्नौं । लिनुस् न हजूर । यो यहाँकै त हो ।”
“मलाई थाहा छ, तिमीले दोलालघाट छोड्नुको एउटा कारण म पनि हुँ ।”
केही बेर कसैका मुखबाट कुनै शब्द निस्केन । दुखिनी छक्क परेर उभ्भिइरही । बिकवाले कुमारका आँखामा तिखो गरेर हे¥यो, मानौं कुमारको क्रूरतालाई ऊ धिक्कारिरहेको थियो । कुमारलाई भने बिकवाका बाटुला आँखा देख्दा, जिन्दगीमा पहिलोपल्ट कसैमाथि साँच्चिकै माया लागेर आएको अनुभव भयो ।

“लखुम, मिल्छ भने दोलालघाट छोडेर नजाऊ । यति लामो समयदेखि तिमी यहीँ थियौ । हामी सबै तिमीलाई माया गर्छौं । मलाई केही दिनुपर्दैन अबदेखि । तर गाउँ छोडेर नजाऊ ।”
तर लखुमले आफ्नो नियतिको बाटो रोजिसकेको थियो । कुमारलाई विश्वास गर्ने आधार पनि त थिएन ऊसँग ।

“म फर्कन्नँ हजुर । म धेरै थाकिसकेको छु यहाँ ।”
उता दुखिनी भने अधीर हुन लागिसकेकी थिई । केही–कथम लखुमले फर्कने निर्णय ग¥यो भने त धरहरा देखिँदैन । उसले मनमनै पलाञ्चोक भगवतीलाई प्रार्थना गरी, “भगवती, लखुमले फर्कने निर्णय नगरोस् ।”
नभन्दै भगवतीले प्रार्थना सुनिछिन्, लखुमले तत्काल निर्णय सुनायो, “हजुर, म फर्कन्नँ । मेरो बाटो नछेक्नोस् ।”

कुमारसँग केही बाटो रहेन । उसले आफ्नो खल्तीबाट एक हजार रुपियाँको एउटा नोट निकाल्यो र आँसु पुछ्दै बिकवाको हातमा राखिदियो । अनि भन्यो, “लखुम्, म ज्यादै दुःखी छु । तिमीजस्ता माझी एकएक गरेर दोलालघाटबाट जान थालेपछि यो घाट मर्छ ।”

आँखाका डिलमा यतिञ्जेल अल्झेका आँसुका ढिक्का झरे निस्फिक्री र बजार्रिए पुलमा । लखुम पनि रोयो, पीडाको रोदनका आँसु खसे त्यही पुलमा । दोलालघाटको पुल, जसले त्यो दिनसम्म मन जोड्न सकेको थिएन, आँसुको दोभान बन्यो ।

लखुमले कुम्लो बोक्यो, र अगाडि बढ्यो । दुखिनी बिकवालाई बोकेर पछि लागी । दोलालघाट चोकैमा उनीहरु हेलम्बु यातायातको बस चढे । कुमारले बसलाई निकै बेर हे-यो र पुलमै बस्यो, थचक्क ।

भर्खरै प्रकाशित उपन्यास तादी किनारको गीतको अंश

भर्खरै प्रकाशित उपन्यास तादी किनारको गीतको अंश

Loading...

यसमा तपाइको मत

साहित्य बाट अन्य

प्रकृति त आमा हुन, आश्रम किन पठायौ

Spread the loveप्रकृति र विनाश सन्दर्भः  विश्व वातावरण दिवस प्रकृति त वरदान हो, विनाश किन वनायौ । प्रकृति त जीवन हो, मृत्यु किन वोलायौ ।। प्रकृति त स्वर्ग हो, नर्क किन वनायौ ।। प्रकृति त...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो …

Spread the loveसम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका...

संस्कृति बचाँउ भन्दै कानून व्यवसायी शितलले ल्याइन तिज गित “लै वरि लै”

Spread the loveकाठमाण्डौ: शितल पाण्डे कानून ब्यवसाय सगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी पेशामा कानून व्यवसायी भए पनि सांगितिक क्षेत्रमा पनि शशक्त ढंगले उदाएकी आधुनिक गित र गजल गायिका...

सवैले देख्छन खुशीयाली, विछोड भएको देख्ने कसले ?

Spread the loveमेरी छोरी कविता मेरी छोरी आजको दिन हर्षको दिन तिम्रो नयाँ घर अनि संसार बन्ने दिन यो खुसीयालीको दिन आज खुसीको आँशु गहभरी छछल्किएको छ हिक्काहरु मुटु भरी अडकिएको छ शुभकामना मेरी छोरी तिमिलाई बैबाहिक बन्धनको तिमि भन्न सक्दिनौ केही पनि बोल्न सक्दिनौ तिमि...

सम्वन्धको समाप्तीसँगै मुसुक्क मुस्कुराई “ह्याप्पी डिभोर्स” भन्न सकियोस

Spread the loveह्याप्पी डिभोर्स कथा  निकै लामो समय पछी मृजनसंग मेरो भेट बाटोमा अचानक हुन्छ। भेटेर हामी खुशी भयौ। म उसैको घर गए। घर चकमन्न, कोही थिएन। मैले सोधे  मृजन  भाउजु खै ? उसले के भनु ?...

“तिज विकृती होइन संस्कृती हो” भन्दै शितलको गित बजारमा

Spread the loveकाठमाण्डौ: शितल पाण्डे कानून ब्यवसायी सँगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी अदालतदेखि कानूनका धारा उपधाराको संयोजन मिलाउदै वहस मात्र गर्ने होइन संचारमाध्यममा विभिन्न प्रकारका गित संगीतको माध्ययमबाट...

बहुमुखी प्रतिभा सोनीको नयाँ पप गीत

Spread the loveप्रकाश समीर- काठमाडौ: भनिन्छ, कला, साहित्य र संगीतको कुनै जात, धर्म, वर्ण हुदैन । कला सबैमा हुन्छ । कसैसंग हाल्ने कला होला, कसैसंग नाँच्ने, केही संग गाउने, केही संग लेख्ने । प्रकृतिले...

कानूनी क्षेत्र प्यारो लागेकी नानीको अभिनय यात्रा

Spread the loveकाठमाडौं:  बिगत लामो समयदेखी नाट्य क्षेत्रमा काम गर्दै आईरहेकी नानी थापा यतिबेला कलाकारिताको अर्को खुडकिला पार गर्न सफल भएकी छिन । सिन्धुपाल्चोकमा हुर्किएकी नानीको सानै देखी कलाकारितामा रुचि र लगाव थियो । नानीलाई...