वेद, पूराण र इतिहासमा पनि थियो प्रत्यक्ष निर्वाचित राष्ट्राध्यक्षको व्यवस्था

Loading...
Spread the love

हामीले हाम्रा पूर्वीय दर्शन, शास्त्र र पौराणिक ग्रन्थहरुमा पनि प्रत्यक्ष निर्वाचित राष्ट्राध्यको व्यवस्था गरिएको तथ्यतर्फ हालसम्म कसैले ध्यान दिन सकेको छैन । तर गहनरुपमा हेर्ने हो भने हाल संविधान निर्माणको विविध पक्षमा शासकीय स्वरुपबारे छलफल, विचार–विमर्श बढिरहेको बेलामा त्यस पक्षको अध्ययनले सबैलाई धारणा बनाउनका लागि सहयोग नै पुग्न सक्ने छ ।

हाम्रा पूर्वीय दर्शनले प्रत्यक्ष निर्वाचित राष्ट्राध्यक्षको बारेमा गरेका व्याख्या र गुणको बारेमा अब चर्चा हुन थाल्नु पनि जरुरी रहेको छ ।

यद्यपि हामीले पुस्तैनी राजा (राष्ट्राध्यक्ष) को शासन अन्तिम अवस्थासम्म पनि भोगेका थियौ तर राजासम्बन्धी पूर्वीय मान्यता त्यस्तो नभएर निर्वाचित स्वरुपमा अभ्यास गर्ने व्याख्या पुर्विय शास्त्रहरुले गरेका छन्, पछि मात्र अपव्याख्या गरिएको हो ।

त्यसैको सबैभन्दा पछिल्लो उदाहरण ऐतिहासिक समयको विभाजन अनुसार हिजोअस्ति मात्र भन्न मिल्ने समयमा लिगलिगमा दौडिएर जित्ने व्यक्ति राजा हुने व्यवस्था थियो जुन एउटा चुनावकै शैली नै हो ।

त्यतिबेला जनतालाई लड्नभिड्न सक्ने र बचाउन सक्ने व्यक्ति नै राजाका लागि योग्य हुनु स्वाभाविक थियो । त्यसैगरी नवयुवाहरु मध्ये नवराजलाई हात्तीले माला लगाइदिएर भाग्य चिठ्ठाका भरमा छानेर राजा बनाएको स्वस्थानीको उदाहरण पनि चयनको अर्को शैली थियो ।

सामवेदको महानाम्न्यमार्मिक भागको ५७ औ ऋचामा भनिएको छ:

उप त्वा कर्मन्नूतय स नो युवोग्रश्चक्राम यो धृषत्
त्वमिध्यविस्तारं ववृमहे सखाया इन्द्र सानसिम् ।

अर्थात्, प्रजाले गद्दीमा त्यस्तो व्यक्तिलाई चुनून् जो जनताको सेवा नम्र भएर लीन सकोस् । तर, जनता र देशका विरोधीहरुले उसको उग्ररुपलाई भने सहन गर्न नसक्ने किसिमको उसको योग्यता होस् ।

यस ऋचाले सोझै शासन गर्ने मुख्य व्यक्तिको चुनाव हुनु पर्ने र त्यो व्यक्ति नै सोझो जिम्मेवारीमा रहनु पर्ने अर्थ दिएको छ । यसले नराम्रो कामको जिम्मेवारी अरुलाई दिएर उम्कन प्रयत्न गर्ने अवस्थाको नहोस् भनेर राष्ट्राध्यक्षले आफैँ जिम्मेवारी लिनु पर्ने आशयले राखेको छ । त्यसरी चुनावबाट आउने राजा भएपछि त्यो राष्ट्राध्यक्ष हो भन्ने पनि स्पष्ट हुन्छ र त्यस्तो पुस्तैनी नभएर गलत काम गर्ने वा तोकिएको योग्यता र क्षमता नभएमा पदच्यूत हुने पनि स्पष्ट वैदिक व्याख्याहरु पनि रहेका छन् ।

हाम्रा दर्शनको जानकारी हुने हो भने सबैमा ज्ञान हुन्छ कि हामीमा जस्तो दार्शनिक, पौराणिक र परापुर्वकाल वाटनै लोकल्याणकारी व्यवस्था संसारमा कतै पनि छैन । अहिले किसानले धानको मूल्य वर्षौँदेखि एउटै भएकोमा विरोध जनाइरहेका छन् । कहिले दूधले भाउ नपाएर बाटोमा पोखिदिएको त कहिले त्यही कारण सब्जी सडकमा ल्याएर नष्ट गर्दै किसानले विरोध गरेका समाचार आइरहन्छन् तर राष्ट्राध्यक्षले कार्यकारी बनेर यस्तो निर्णय लिनुपर्छ भन्छ मनुस्मृति ४० औँ अध्याय २२ औँ भनिएको छ:

पञ्चरात्रे–पञ्चरात्रे पक्षे पक्षेऽथवा गते
कुर्वीत चैषां प्रत्यक्षधर्म संस्थापनं नृपः ।

जसको अर्थ हो, प्रत्येक १५।१५ दिनमा राष्ट्राध्यक्षले किसानहरुको अन्नको र अन्य उत्पादकत्वको मूल्य निर्धारण गरिदिनुपर्छ । हुन पनि हरेक सेकेण्ड सेकेण्डमा सुनको भाउ परिवर्तन हुन्छ तर किसानले फलाउने अन्नको किन हुँदैन समयोचित मूल्य निर्धारण । हाम्रो शास्त्रीय व्याख्या अनुसार पनि राज्य चुकेको र वैज्ञानिक राज्यव्यवस्थाको कुरा गर्ने हो भने अझै जवाफ दिनै नसक्ने अवस्थामा पुगेको छ किसानहरुको हकमा ।

माओवादीले नारामा भन्ने गरेजस्तो अरुका धन श्वेतग्रिवी अपराधका भरमा कानुनी रित पुर्याएर पनि आफ्नो बनाउने र आफू मात्रै धनी भएर अरुलाई क्रमशः टाट पल्टाउने समाजव्यवस्थालाई भत्काएर राष्ट्राध्यक्षले अरुका धन लुटी लिनेहरुका धन नै लुटेर नहुनेलाई बाँढ्नुपर्छ भन्ने सन्देश मनुले राजधर्म संहिता ४० औं श्लोकमा यसरी भनिएको छ

दातव्यं सर्ववर्णेभ्यो राज्ञा चौरैर्हतं धनम्
राजा तदुपयुञ्जानश्चौरस्माप्नोति किल्विषम् ।

अर्थात्, राज्यकोष मास्ने, लुट्ने, झुक्याएर खाने अनि सम्पत्ति थुपार्नेहरुको सबै सम्पत्ति जनतालाई बाँढेर दिने राष्ट्राध्यक्षको कर्तव्य हो । यदि त्यसो नगरेमा राष्ट्राध्यक्ष स्वयम्ले पनि चोर सरहको दोष पाउँछन् ।

यो श्लोकले बर्तमान राज्यव्यवस्था जस्तो होस् भनेर जनताले चाहना गरिरहेका छन् त्यो भन्दा फरक भनेको छ र ? तर हामी हामीभित्रैका पुरातन मान्यतालाई कुरै नबुझी सत्तो सराप मात्र गरेर हिँडिरहेका छौँ । यो हिँडाइले हामीलाई कहीँ पनि पुर्याउँदैन जहाँ हामी जान खोजिरहेको जस्तो ठाउँ हो बरु भडखालामा मात्र हाल्ने छ ।

जताततै अपराध बढिरहेछ, विधि बनाउनुपर्नेहरु कोठीभित्र भेटिन्छन् । बलात्कृतहरु न्याय पाउँदैनन्, सरकार प्रमाण खोज्छ बलात्कारको । अनि पीडकहरु दिन दहाडै मेरो सरकार छ भन्दै गोमन सर्पजस्तो फणा फुलाएर हिँड्छन् । पीडितहरु पीडा नै पीडाको भुँवरीमा छन् । तर राष्ट्राध्यक्षले पीडकलाई माफी नमागीकन माफी दिन्छु भन्छ । पत्रकार पिटेर मरणसन्न बनाउनेहरुले आम माफी नै पाएर फेरि अरु वितण्डा मच्चाइ रहेछन् यतिबेला ।

परदाराभिमर्शेषु प्रवृत्तान् नृप महीपतिः
उद्वेजन करंर्दण्डैश्चिन्तयित्वाप्रवासर्यत ।

अर्थात् अरुका छोरी चेली बलात्कार गर्नेलाई, लिंग छेदन गरेर देश निकाला गर्नुपर्छ भनेर राष्ट्राध्यक्षको कर्तव्य सम्झाएको कुरा गर्नै चाहँदैनौँ । कार्यकारी कोही नभएपछि अवस्था यस्तै हुँदो रहेछ मुलुकको । बरु राष्ट्रपतिलाई कार्यकारी अधिकार प्रयोग गर्न उक्साउनेहरु पनि के के कुरा लगाउँछन् गएर कुन्नी जुनसुकै बेला जेसुकै हुने गाइँगुइँहरु सुनिन्छन् बाहिर । तर, कौटल्य राष्ट्राध्यक्ष हुनेहरुका लागि टिप्स दिँदै भन्छन्:

मौलाञ्छास्त्रविद् शूटाँल्लब्ध लक्षान् कुलेषद्भान्
सचिवान् सप्त चाष्टौ वा प्रकुर्वीत परिक्षीतान् ।

मन्त्री, सचिव, सल्लाहकार कसैले पनि राष्ट्राध्यक्षलाई बाहिरका नराम्रा कुरा सुनाउँछन् भने तिनीहरु राष्ट्राध्यक्षका सत्रु हुन् । तिनलाई उनले पहिल्यै चिनेर तिनका सुझावमा शंका गर्नुपर्छ । त्यस्तै ऋग्वेदको १७३ औँ श्लोकले भनेको छ:

तमु ष्टुहिन्द्र यो ह सत्व
यः शूरो मधवा यो रथेष्ठाः ।
प्रतीचरिश्चद्योधीयान्वृषठान्
ववबुसशितत्तमसो विहन्ता ।।

अर्थात्, प्रशंसा भनेको तीतो भए पनि सत्य कुरा सुनाउनु हो । यो पटक धेरैलाई तीतो लाग्नछ सक्छ मनुस्मृतिको कुरा सुनेर, वेदका ऋचाहरु देखेर । तर, पति अध्ययनहिन बन्ने बानीले, सधैँ नकारात्मक रुपमा मात्र सोच्नै शैलीले हामीले हामीभित्रका धेरै सम्भावनाहरु हराएर जान लागेका छन् । अहिले राज्यको शासकीय स्वरुपको चर्चा भइरहको बेलामा यस्तो लाग्छ । हाम्रा आफ्नै दर्शन हामीले चाहेजस्तो शासन ल्याउनका लागि पर्याप्त मात्र होइन विश्वलाई काम लाग्ने खालको छ । एक पटक त्यसका लागि पनि आँखा खोल्ने हो कि !

Loading...

यसमा तपाइको मत

uncat बाट अन्य

नेपालमा विवाह सम्बन्धि कानून र मान्यता

Spread the loveविवाह मानिस परिवार प्रणालीमा प्रबेश गरे संगै विकाश भएको परिवार प्रणालीको एक महत्वपूर्ण र सुन्दर पक्ष विवाहित जोडीको विचको एक महत्वपूर्ण करार हो । यसको ऐतिहासिकता कानूनको भन्दा पुराना ेछ जसकारण हामी...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

Spread the love  पहिले चिकित्सकहरु पनि कालो कोट लगाँउथे । चिकित्सकहरु हात राम्ररी धुदैनथे । उनीहरु आफ्ना उपकरण (छुरी, कैची आदी) त कार्वोनिक अम्लमा डुवाँउथे तर अपरेशन गर्दा तिनै काला लामा दुर्गन्धीत ह्वार्लाङे कोट लगाँउथे...

कानूनको अनभिज्ञता Sudarsan Joshi

Spread the love यो बिषय देख्दा सामान्य देखिए पनि कानूनको कार्यान्वयन मा न्याय संग जोडेर हेर्दा अत्यन्त महत्वपुर्ण छ । बिश्वमा नै बिकसित हुदै आएका फौजदारी न्याय प्रणाली एबं बिधिशास्त्रका मान्यता वा सिद्दान्तहरुलाइ अध्ययन गर्दा...

टिकापुर घटना मुद्दाको फैसला पूर्ण पाठ

Spread the loveजिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेस्तेदार इन्द्रबहादुर...

बयान परिवर्तन गर्दा उच्च अदालतवाट कैद सजाय

Spread the loveजनकपुरधाम – सर्लाहीको साविक मोतिपुर गाविस–४ का ४५ वर्षीय भूपनारायण महतोले आफैंले दिएको उजुरी विपरीत अदालतमा झूटा बयान दिएको भन्दै उच्च अदालत जनकपुरले कैद र जरिवाना सजाय हुने फैसला गरेको छ । २०७२ भदौ...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the loveपीडा ‘निर्मला’को चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र तस्वीरमा सीमित रहनेछ, र तर्साउन...

Spread the loveकाठमाडौं: डा. गोविन्द केसीको अदालतको अवहेलना मुद्धामा कानून व्यवसायीहरुको छाता संगठन नेपाल वार एशोसिएसनले प्रधानन्यायाधीश गोपाल पराजुलीको बचाउ गर्दै करिव २ दिनपछि शुक्रबार विज्ञप्ती जारी गर्दै अनसन मार्फत न्यायालयमाथि दबाव नदिन डा....

अध्यादेस सन्दर्भमा राष्ट्रपति विरुद्ध रिट दर्ता

Spread the loveकाठमाडौँ — सरकारले पठाएको अध्यादेश राष्ट्रपतिले बिनाकारण रोक्नु गैरकानूनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले अविलम्ब अध्यादेश जारी गर्न आदेशको माग गर्दै सर्वोच्चमा निवेदन दिएका हुन् । उनले...

हैन, बरिष्ठ बाड्ने तरीका चै के र छ ?

Spread the loveसर्बोच्च अदालतले २७२ जना कानून ब्यवसायीलाई बरिष्ठ अधिवक्ताको उपाधी दिने गरि गरेको निर्णयमा एक न्यायधिसको फरक मत जाहेर भएको छ । अदालतले भरखरैमात्र २७२ जाना कानू ब्यवसायीलाई बरिष्ठको उपादी प्रदान गर्ने निर्णय...