विवाहमा छोरीलाई सर्प दाइजो

Loading...
Spread the love

सर्प आयो भन्नेबित्तिकै हामी सबै बेस्सरी झस्कन्छौं । कतिपय त सर्पको नाम सुन्नेबित्तिकै चिच्याउँदै चार मिटर पर पुग्न पनि बेर लगाउँदैनौं । तर, हाम्रै देशमा यस्ता मानिसहरु पनि छन्, जसले बिहे गर्दा दाइजोको रुपमा सर्प नदिदासम्म चित्त नै बुझाउँदैनन् ।

Marriageसुनसरीको इनरुवा डुम्राहा ७ का मोहमद अजिमले आफ्नी छोरी सबिलाको बिहेमा सकेजति सामान र धनसम्पत्ति दिए तर कसैको पनि चित्त बुझेन । जतिसुकै महँगो र बढी सामान दिए पनि एउटा सर्प नदिँदा दुवै परिवारमात्र होइन उनको समुदायले नै अजिमले छोरीलाई केही नदिएजस्तो लाग्यो । बिहे भएको तीन महिनापछि उनले ज्वाइँलाई दाइजोस्वरुप आफूसित रहेका चारवटामध्ये एउटा सर्प दिए । गाउँकै अफार मोहम्मदलाई छोरी दिएका अजिमले भने, ‘अब चित्त बुझेको छ, छोरी खुसीसाथ ज्वाइँसित छे ।’

उनका ज्वाइँ अफार अहिले सर्प देखाएर परिवार पाल्दै आएका छन् । उनीमात्र होइन, मुस्लिम समुदाय अन्तर्गत नट र बन्जारा समुदायले छोरीको बिहेमा अरु कुरा जति दिए पनि दाइजोमा सर्प दिनु अनिवार्य छ । सर्प देखाएरै गुजारा गर्न यी समुदायकाले छोरीको बिहे गर्दा अन्य सामान जति दिएपनि नपुग्ने तर एउटा सर्प दिए पुग्ने सोचका साथ दाइजोमा सर्प दिने प्रचलन रही आएको छ ।

डुम्राहामा रहेका ३० परिवार नट पनि अचेल छोरीको बिहे गर्दा अन्य सामान भर्दा सर्प लाई प्रमुख ठान्छन् भने केटा पक्षकाले पनि अरु जे जति दिए पनि सर्प नदिई नहुने मानसिकता बोकेकाले दाइजोमा सर्प अनिवार्य भइसकेको डुम्राहाका मोहम्मद नकिर बताउँछन् । उनी भन्छन् ‘सर्प नभए गुजारै चल्दैन,’ विगत २० वर्षयता सर्प देखाएर गुजारा गर्दै आएका अजिमले भने, ‘ज्वाइँलाई सर्प दिएमात्र कमाएर छोरीलाई पाल्ने भएकाले सर्प दिने गरिएको हो ।’

दाइजोमा सर्प अनिवार्य भएपछि सर्प पुर्‍याउन पनि उनीहरुलाई समस्या हुने गरेको छ । डुम्राहास्थित सपेरा बस्तीका सबैका घरमा अहिले दुईदेखि तीनवटासम्म सर्प छन् । घरका सबै पुरुष बिहानैदेखि गाउँ(गाउँ चहारेर सर्प देखाई साँझपखसम्म पाँच सयदेखि हजार रुपैयाँ र केही किलो चामल कमाएर आउने गर्छन् । छोरीको बिहेमा सर्प दिनुपर्दा रोजगारी नै समाप्त हुने भयले बेलाबखत उनीहरु गाउँका खेतमा घुम्दै सर्प पक्रिन पनि गर्दछन् ।

स्थानीय अजिम भन्छन् ‘मैलै अहिलेसम्म १५ देखि २० वटासम्म सर्प पक्रेर ल्याएको छु,’ उनले भने, ‘एउटा छोरीलाई दिएँ, अरु सर्प नभएका आफन्तलाई दिएँ, मसँग तीनवटा मात्र बाँकी छन् ।’ आफूहरुसित रहेको सर्पगन्ध नामक जडी सुँघाउने बित्तिकै सर्पले नटोक्ने र पछि विषालु दाँत निकालेपछि देखाउनका लागि त्यो सर्पलाई लग्ने सपेरा इसराइल बताउँछन् । उनीहरु यही पेशाबाट जिविका चलाउँदै आएका छन् ।

Loading...

यसमा तपाइको मत

रोचक प्रसंग बाट अन्य

प्रेम गरेको अभियोगमा ८१ वर्षीय वृद्धलाई गाउँ निकाला

Spread the loveगुल्मी: गुल्मीको अर्बेनी गाविस ५ का ८१ वर्षीय वृद्ध लालबहादुर सुनारले सोही गाउँकी ४२ वर्षीया सावित्री न्यौपानेसँग प्रेम सम्बन्ध राखेको भन्दै स्थानीयले उनीहरुलाई कुटपिट गरी गाउँ निकाला गरेका छन् । पुस १...

सानै उमेरमा नियुक्ति दिएको भन्दै विवादीत बनिन अधिवक्ता अन्ना

Spread the loveयुक्रेनमा भ्रष्टाचारविरोधी आयोगको नेतृत्व २३ वर्षकी महिला वकिल अन्ना कलिनचुकलाई दिएपछि विरोध सुरु भएको छ । पछिल्ला केही दिनयता युक्रेनको सर्वोच्च पदमा नियुक्त भएकी उनी दोस्री महिला हुन् । यसभन्दा अगाडि युक्रेनको आन्तरिक...

कैदीबिच कुटाकुट हुँदा ८ घाइते

Spread the loveमहोत्तरी: जलेश्वर कारागारमा कुटाकुट हुँदा ८ जना घाइते भएका छन् । टाउकोमा चोट लागेका उनीहरुलाई उपचारको लागि जलेश्वरस्थित कान्ति सामुदायिक अस्पतालमा लगिएको छ । कारी साह भन्ने भाइ नाइकेलाई सन्दोष पण्डित नामको कैदीले...

बाँदरको विषयलाई लिई दुई समुदायबीको झडपमा २० को मृत्यु

Spread the loveएउटा बाँदरका कारण २० जनाले ज्यान गुमाउनु परेको घटना अनौठो लाग्न सक्छ । तर एउटा बाँदरका कारण लिबियामा दुई समुदायबीच हिंस्रक झडप हुँदा २० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । लिबियाको दक्षिणी...

भारु नोटमा प्रतिबन्ध लगाएसँगै कालोधन जम्मा गर्नेको होस गुम्दै

Spread the loveभारतको रायचुरमा भारु पाँच सय र एक हजारका नोट बोकेर गुडिरहेको एक ट्रक बाटोमा पल्टिदा सडकमा पैसाको थुप्रो लागेको छ । घटना सिन्धानर तालुकाको मुन्नातागी क्याम्प नजिकैको हो । सोमबार जब ९ वटा...

प्रेमजोडीको गन्तव्य बन्यो प्रहरी भवन

Spread the loveकाठमाण्डौ: स्थानीयले प्रहरीका लागि बनाइदिएको भवन अहिले प्रेमजोडी बस्ने घर बनेको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान-रुकुम सडक खण्डको हर्नेटीनजिकै डगैरामा स्थानीय समुदायले अस्थायी प्रहरी पोस्ट स्थापनाका लागि निर्माण गरेको भवनमा प्रहरी...

टेनिस महिला खेलाडीको सुन्दरताले फिदा भए ट्रम्प

Spread the loveडोनाल्ड ट्रम्पले पछिल्लो दिनमा सबै पूर्वानुमानलाई चुनौति दिँदै अमेरिकी राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टनलाई हराएका थिए । महिलाहरुसँगको सम्बन्धले विवादमा आइरहने ट्रम्प एक टेनिस खेलाडीको सुन्दरताले फिदा नै भइसकेका छन् । ट्रम्पका अनुसार अहिलेसम्म...

हाडनाताको करणीले अन्तत पायो कानूनी मान्यता

Spread the loveकाठमाडौं: बाबुछोरीको सम्बन्ध पवित्र भनेको हाडनाताको सम्वन्ध सँगै पवित्रध सम्बन्ध मानिन्छ तर यहाँ एक पुरुषले आफ्नै भतिजीसँग अवैध सम्बन्ध राख्ने गरेको थाहा हुन आएके छ । उक्त घटना सँगै रोचक कुरा अदालतको फैसलालाई...

अनुमति विना तस्विर प्रकाशन गरेको भन्दै मुद्धा दर्ता

Spread the loveकसैको सहमति विना तीसवर खिच्नु पनि गैरकानूनी काम हो । यहाँ यस्तै घटना भएको अमेरिकाको लस एन्जलस प्रहरीले लज्जाजनक तस्वीर लिएको अभियोगमा प्लेव्वाई म्यागजिनकी मोडल डेनी म्यादर्सबिरुद्ध मुद्धा दर्ता गरेको छ । डेनीले...

बाँचुन्जेल बाटो खन्ने ७२ वर्षीय साहासी वृद्ध ओली

Spread the loveकाठमाण्डौ: परिवारमा सात सदस्यमध्ये ६ जना दृष्टिविहीन । काम गर्न सक्ने उनी मात्रै एक्लो सदस्य, त्यो पनि सात दशक काटेका वृद्ध । श्रीमतीसहित परिवारका सदस्यको हेरचाह अनि चौपायालाई घाँसपात गर्दैमा उनलाई फुर्सद...