आर्थीक बर्ष २०७१/०७२ मा पर्सामा ३३५४ मुद्दा फछ्र्योट

Loading...
Spread the love

 जिल्ला अदालत पर्साले गत आवमा झन्डै ६१ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । आव २०७१ र ०७२ मा पर्सामा कुल पाँच हजार ५०४ वटा मुद्दा दर्ता भएकामा उक्त अवधिमा तीन हजार ३५४ मुद्दा फछ्र्योट भएका छन् ।

यो कुल फछ्र्योट मुद्दाको ६० दशमलव ९३ प्रतिशत रहेका छन् । गत वर्ष दर्ता भएकामध्ये दुई हजार १५० थान मुद्दा फछ्र्योट हुन बाँकी रहेको जिल्ला अदालतका स्रेस्तादार शम्भुकुमार बस्नेतले बताउनुभयो ।
उहा“का अनुसार जिल्ला अदालतको काम कारबाहीलाई सहज र छिटोछरितो बनाउनका लागि आधुनिक डिजिटल सुविधा प्रयोगमा ल्याएको तथा दरबन्दीअनुरुप न्यायाधीशको पदपूर्तिसमेत भएकाले गत वर्ष मुद्दा फछ्र्योटको दरमा वृद्धि भएको हो ।

सबैभन्दा बढी देवानी प्रवृत्तिका मुद्दा दर्ता भएका छन् । गत वर्ष कुुल तीन हजार ७०९ वटा देवानी मुद्दा दर्ता भएकामा सो अवधिमा दुई हजार १६३ वटा मुद्दा फछ्र्योट भएका छन् । यो कुल फछ्र्योट देवानी मुद्दाको ५८ दशमलव ३१ प्रतिशत रहेको छ ।

त्यस्तै गत वर्ष फौजदारीतर्फ एक हजार ५६१ वटा मुद्दा दर्ता भएकामा उक्त अवधिमा एक हजार १९ थान मुद्दा फछ्र्योट भएका छन् । यो कुल फछ्र्योट मुद्दाको ६५ दशमलव २७ प्रतिशत रहेको अदालतले जनाएको छ ।

यसैगरी बन्दी प्रत्यक्षीकरणतर्फ गत वर्ष पाँच वटा मुद्दा दर्ता भएकामा उक्त अवधिमा सतप्रतिशत मुद्दा फछ्र्योट भएको छ । गत वर्ष निषेधाज्ञातर्फ २२९ वटा मुद्दा दर्ता भएकामा उक्त अवधिमा १६७ थान मुद्दा फछ्र्योट भएको छ । यो कुल फछ्र्योट मुद्दाको करिब ७३ प्रतिशत रहेको छ ।

जिल्ला अदालत पर्साका अनुसार आव २०७१ र ०७२ मा दुई वर्ष नाघेको चार वटा, १८ महिनादेखि दुई वर्षभित्रका ६० वटा, एक वर्षदेखि १८ महिनाभित्रका १९८ वटा र एक वर्षभित्रका एक हजार ८८८ वटा मुद्दा फछ्र्योट हुन बाँकी रहेका छन् ।

जिल्ला अदालतले आव २०७० र ०७१ मा पनि ६३ दशमलव ६३ प्रतिशत मुद्दा फछ्र्योट गरेको थियो । सो आवमा पर्सा जिल्ला अदालतमा दर्ता भएका पाँच हजार ४६७ मुद्दामध्ये तीन हजार ४७९ मुद्दा फछ्र्योट भएको थियो । रासस/ भाद्र ८, वीरगन्ज ।

Loading...

यसमा तपाइको मत

फैसला विश्लेशण बाट अन्य

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

सर्बोच्चको सोमवारको आदेशमा लुकेको अर्को आदेश

Spread the loveसर्बोच्चको स्पस्ट भाषा छ संसदमा नै गतल विधेयक आएको भए पनी त्यसलाई पास गर्न नदिने नसक्ने र रोक्ने अवस्था हुन्छ । वर्तमान संविधान संसोधन उपरको विधेयक संसदको कार्य नै हो, सो कार्य...

नछोपिएको दाग, लाज छोप्न हत्या गर्दा आजिवन मानसिक कैद

Spread the loveहो । त्यो बच्चाको जन्म मैले नै दिएकी हुँ । त्यो अबोध नवजात शिशु मेरो कोखबाट नै जन्मेको हो । त्यो जन्माउन पनि मैले अन्य छोराछोरी सरह एउटा आमाले पाउने सबै दुख...

निर्वाचन तयारी बारे जानकारी गराउन सर्बोच्चको आदेश

Spread the loveकाठमाडौं । सर्वोच्च अदालतले केन्द्र, प्रान्त र संघीय तहको निर्वाचनका विषयमा सरकारले गरी रहेको तयारीलगायत अन्य विषयमा जानकारी गराउन आदेश गरेको छ। संविधानले तोकेकै समयमा हुनु पर्ने माग गर्दै दर्ता भएको रिटमा...

महिला शिक्षकहरुमाथि भेदभाव र अन्याय भएको भन्दै पुनराबेदनमा रिट दायर

Spread the loveकाठमाण्डौ : मा. बि. महिला शिक्षकहरुले आफुहरु अन्यायमा परेको भन्दै पुनराबेदन अदालत पाटनमा रिट दर्ता गरेका छन । मा.बि. महिला शिक्षकहरुलाई पनि नि.मा.बि. महिला शिक्षकहरु सरह जिल्ला छान्न पाउने सुबिधा उपलब्ध गराउन सम्बन्धीत...

सबै अदालतमा पुगेर चौधरीले भनेः जाहेरी दिनु मेरो भुल थियो

Spread the loveजव कुनै अपराध हुन्छ वा कसैमाथि अन्याय हुन्छ तव न्याय खोज्न न्यायलय वा प्रहरीकहाँ पुग्नु पर्दछ । अन्याय गर्ने भन्दा सहने ब्यक्ति गलत हुन्छ त्यसैले समयमै उपचार खोज्नु पर्छ साथै हरेक नागरिकले...

उत्तरकोरियामा बैठकमा निदाएको भन्दै शिक्षामन्त्रीलाई फाँसी

Spread the loveकोरियाका शिक्षा मन्त्री किम याङ जिनलाई फाँसी दिइएको छ। दक्षिण कोरियाको एकीकरण मन्त्रालयका प्रवक्ता जेङ जोन हीले बुधबार पत्रकार सम्मेलनमा उत्तरकोरियाले शिक्षा मन्त्रीलाई फाँसी दिएको बताए। शिक्षा मन्त्री ही उत्तर कोरियाका राष्ट्रपति किम...

अवैध नवजात शिशुको हत्या गर्ने प्रेम जोडीलाई जन्मकैद

Spread the loveपर्वत । अवैध गर्भधारणपछि जन्मेको शिशुको हत्या गरेको अभियोगमा पर्वत जिल्ला कारागारमा थुनामा रहेका प्रेम जोडीलाई पर्वत जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ। पर्वतको नाङ्गलिबाङ्ग–४ की १८ वर्षीया सङ्गीता रेग्मीलाई शिशु हत्यामा सर्वस्वसहित...

कानूनतः नमिल्ने मुद्दा फिर्ता गृहकार्यमा प्रचण्ड सरकार

Spread the loveकैलालीको टीकापुर घटना र जलेश्वरको काण्ड भन्ना साथ हामी सबैमा एक विभत्स अपराधको झभल्को आउछ । अपराधी को भन्ने विषय कानून र अदालती प्रकृयाले अन्तिम टुङ्गो नलगाए सम्म वोल्न मिल्दैन, उक्त घटनामा...

गुफलेडीको गोठमा एकाविहानै देखिएको फरक दृश्य

Spread the loveकसैलाई थाहा थिएन, बस्तुभाउ रहने गोठमा एउटी बेहोस महिला पल्टीरहेकी थिईन । सानी एउटा बालिका आमा उठ भन्दै कराई रहेकी थिईन । ति बालिकाले धेरै उठाउने प्रयास गरिन तर महिला उठिनन ।...