कर्मचारीले विदेशको पीआर लिन नपाउने : मन्त्री पण्डित

Loading...
Spread the love

जेठ २२, काठमाडौं ।   निजामती कर्मचारीले विदेशमा स्थायी बसोबासको अनुमति (ग्रिनकार्ड/पीआर) लिन निषेध गर्ने निजामती ऐनको संसोधन प्रस्ताव अन्ततः बुधबार मन्त्रीपरिषदबाट पारित भएको छ।

pandit

संशोधित प्रस्ताव संसदले पारित गरे न्याय सेवाका कर्मचारीले प्रशासनतिर सचिव हुने बाटो बन्द हुनेछ। अरु सेवाकाले परराष्ट्र सचिव हुन पाउने छैनन्। आजको कान्तिपुरमा खबर छ।

संशोधन प्रस्तावमा निजामति कर्मचारीका पत्नी वा पतिलाई ग्रिनकार्ड/पीआर लिन रोक लगाएको छैन। संसोधन प्रस्ताव मन्त्रिपरिषदमै तुहिने भएपछि सम्झौता गर्नुपर्‍यो,’ सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले झन्डै तीन महिनाको प्रयासमा यतिसम्म गर्न सकेको उल्लेख गर्दै भने,  अब सबै कुरा संसदको कोर्टमा पुग्यो। संसदले पत्नी/पतीको हकमा पनि निषेध गर्न वा सर्त राख्न सक्छ।

यसअघि मन्त्रिपरिषदमा लगेको पक्षमा मन्त्री पण्डित एक्लै परेपछि दोहोर्‍याएर विधेयक समितिमा पठाइएको थियो। मन्त्री मिनेन्द्र रिजालले अमेरिकाको नागरिक इजरायलमा प्रधानमन्त्री र लण्डनको मेयर भन्दै निषेध गर्न नमिल्ने जिकिर गरेका थिए। कानुनमन्त्री नरहरी आचार्य बैठक छाडेर हिँडेका थिए। एमालेकै मन्त्रीले पनि पण्डितको प्रस्तावमा समर्थन गरेका थिएनन्।

सामान्य प्रशासन मन्त्री पत्नी वा पतिको हकमा ऐन संशोधन प्रस्ताव मौन रहनेमा सहमति जनाएपछि मात्र विधेयक समितिले मंगलबार संशोधन प्रस्ताव पारित गरेको थियो। समितिमा कोही सरकारी जागिरे छ भन्दैमा उसको परिवारका सदस्यलाई विदेशमा स्थायी बसोबास गर्न निषेध गर्दा मानव अधिकार हनन हुने जिकिर गरेका थिए।

पत्नी वा पती स्थायी बसोबासको इजाजत लिन पाउँदा कर्मचारीलदाई निषेध गर्नुको उद्धेश्य पुरा नहुने सम्भावना छ। परिवारलाई विदेशमै स्थापित गरी भ्रष्टाचार गरेको पैसा ‘साइफन’ गर्ने खतरा नटर्ने मन्त्रीफ पण्डितले पनि स्वीकारे। अवकाश पाउनासाथ परिवार बसेको मुलुकमा गई डिपेन्डेन्ट का रुपमा स्थायी बसोबास सुरु गर्ने सुविधा हुन्छ। मुख्य सचिव लीलामणि पौडेलले मानव अधिकारकै प्रश्न आएने भए पत्नी वा पतिलाई सर्त राख्न जोड दिएका थिए। सगोलका परिवारका सदस्यले ग्रिनकार्ड/पीआर लिएको घोषणा गर्नुपर्ने र तीनले विदेशमा गरेको आय आर्जन बर्षेनी घोषणा गर्नुपर्ने उनको सुझाव थियो।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...