‘न्यू’ मिडियामा ‘प्रोपोगान्डा’ : प्रेस स्वतन्त्रता कि छाडातन्त्र ?

Loading...
Spread the love

नेपालकानून सम्वाददाता: हाम्रो देशमा सधैं हरेक विषयमा राजनीति हावी भयो । राजनीतिलाई टक्कर दिनसक्ने आजसम्म हाम्रो देशको न त व्यवसायिक क्षेत्र बलियो छ न त अरु कुनै क्षेत्र । चाहेर नचाहेर हामी राजनीतिमा होमिरहेका हुन्छौं, केही थाहा नभए पनि दुई चार शब्द या विचार आफ्ना पोखिरहेका हुन्छौं ।

चिया पसलमा, चौतारा जम्मा भएर हुने यस्ता गफहरु अहिले सामाजिक संजालको माध्यमबाट भइरहेको छ । हिजो समाचारका लागि विगुल फुकेर मान्छे भेला भएका ठाउँमा खबर भनिने देखि कटवाली कराउने हुँदै हामी प्रविधिसँगै इन्टरनेटको समयमा आएका छौं । जहाँ एक भनाई वा विचारलाई एकै पटकमा सयौं, हजारौं भनौं लाखौंले हेर्न देख्न पाउँछन् भने त्यही आफ्नो विचार पनि लेख्न पाएका छन ।

अनलाईन माध्यमबाट आउने समाचारका कारण पटक पटक हामी दिग्भ्रमित भएका छौं भने कतिपयले आफ्नो प्रतिष्ठामा आँच पुगेको महसुस गरिरहेका हुन्छन् । नेपालमा यो क्रम बढ्दो मात्रामा छ । केही समय अघि मात्र नायिका नम्रता श्रेष्ठ र संचार मन्त्री मिनेन्द्र रिजाललाई लिएर एउटा समाचार आयो जसको खण्डन नम्रताले पछि आफ्नो सामाजिक संजाल फेसबुकबाटै दिइन् । त्यस्तै गायिका ज्योति मगरलाई काठमाण्डौंको एक स्थानीय क्षेत्रका महिलाहरुले कुटे भन्ने समाचार भाइरल भएपछि उनले अनलाई बिरुद्ध प्रेस काउन्सिलमा उजुरी नै दिइन् ।

भर्खरै मात्र दुःखद टीकापुर घटना हुन पुग्यो जहाँ प्रहरीका एसएसपी सहित केही प्रहरीहरुको हत्या भयो । सो समयमा अनलाईन समाचारहरुले पत्रकारिताको धर्म र मर्मलाई ख्याल नराखेर अमेरिकामा एक तालिमकर्ताले फायर प्रुफ ज्याकेट लगाएर आगो सल्काएको फोटोलाई टीकापुरको घटना भन्दै गलत प्रचार प्रसार गरिएको थियो ।

त्यस्तै, करिब तीन वर्ष अघिको सुर्खेतमा टुटेको बुद्धको मूर्तिलाई लिएर हिन्दुवादीले हिन्दुराज्य माग गर्दै बुद्ध मूर्ति फोरे भन्ने भ्रामक सूचना भाइरल भइरहेको थियो । सद्भाव, संयमता र आचार संहितालाई ख्यालै नगरी यी र यस्तै अन्य भ्रामक समाचार र सूचनाहरु एक पटक विचार नै नगरी हामी ती समाचार एवं सूचनाहरुलाई शेयर, टुवीट या त समूहमा फरवार्ड गरिरहेका हुन्छौं ।

हालै एक पत्रिकामा सोसियल मिडिया एन्ड क्राइसिस म्यानेजमेन्टमा अमेरिकाबाट विद्यावारिधी गरेका र हाल प्रहरी प्रधान कार्यालय सञ्चार निर्देशनालयमा कार्यरत एसएसपी राजीव सुब्बा ले भनेका छन् कि वास्तविक जीवनमा कसै सामु मुख खोलेर प्रस्तुत गर्न नसकेका कुण्ठाहरु, र कल्पनात्मक कुराहरु कतिपयले सामाजिक सञ्जानमा पोष्ट गर्छन्, यसलाई डिसइन्हिबिशन इफेक्टु भनिन्छ। समाजमा आफ्नो पहिचान स्थापित गर्ने सुसुप्त चाहनाले पनि यस्ता व्यवहारलाई निर्देशित गर्छ  भनेका छन् ।

उनका अनुसार, लाज गालले, डरले र असंभव भएर वास्तविक जीवनमा कसैसँग व्यक्त गर्न नसकेको अभिव्यक्ति कतिपयले सामाजिक सञ्जालमा निर्भयका साथ पोष्ट गर्ने प्रवृत्ति देखिन्छ । अनलार्इनमार्फत् प्रयोग गरिने सामाजिक सञ्जालले विश्वको एउटा कुनामा भइरहेको घटनालाई विश्वभरका मानिसको सामु एकसाथ र तुरुन्तै पुर्याउँछ। तर,  सामाजिक सञ्जाल त हो नी भनेर बेवास्ता गर्ने प्रवृत्तिले धेरै हानी पुर्याउँछ। कुनै पनि विषयप्रति आम मानिसको धारणा सकारात्मक वा नकारात्मक बनाउन सोसियल मिडियाको भूमिका निकै प्रभावकारी हुने भएकोले सामाजिक सञ्जालमा असामाजिक हर्कतहरु कसैले पनि देखाउन नहुने पनि उनको भनाइ छ ।

कसैलाई काटेको, जलाएको, मारेको, बलात्कार गरेको जस्ता विभत्स फोटो, भिडियो र पाठ्य सामग्री राख्नुअघि आफ्नो वा आफ्ना आफन्तको त्यस्तै भिडियो कसैले राखिदियो भने के होला भनेर एक पटक सोच्नु पर्छ, उनी भन्छन्, गोपनियताको मर्यादा हरेक क्षेत्रमा पालना गर्नुपर्छ। सामाजिक सञ्जालमा झनै बढी ख्याल गर्नुपर्छ । आफूले प्रकाशित गर्ने सामग्रीले कसलाई कस्तो असर पार्छ भन्ने विषयमा आलोचनात्मक तरिकाले सोच्नु पर्छ ।

फेसबुक, ट्वीटरलगायत सञ्जालमा आफ्ना साथी वा फलोअर्सले केही सामग्री पाष्ट गर्नासाथ विचारै नपुर्याई तत्कालै शेयर, लाईक, कमेन्ट, रिट्वीट तथा फेबरेट गर्ने बानी त्याग्नु पर्ने उनको सुझाव छ । उनका अनुसार सामाजिक सञ्जालहरुमै बनेका सेलिब्रेटी (फेसबुक सेलिब्रेटी, ट्वीटर सेलिब्रेटी) र मामाजिक जीवनका विभिन्न क्षेत्रका सेलिब्रेटी र आदर्श व्यक्तिहरुले असामाजिक पोष्टहरुका विषयमा खण्डन गरी सही सूचना प्रवाह गर्ने हो भने तथ्यहिन सूचनाहरु सामाजिक सञ्जालबाट हट्दै जाने छ ।

यस्तै विषयमा विशेष निगरानी भइरहेको प्रेस काउन्सिलका सूचना अधिकृत एवं विद्युतीय संचार माध्यम अनुगमन कार्य समूहका संयोजक रामशरण बोहोराले बताउनुहुन्छ । पत्रकार महासंघले बनाएको आचारसंहिता नै अनलाईनका पत्रकारहरुको आचारसंहिता हो जुन थप संशोधनका लागि आइरहेकोछ । साथै कसैको प्रतिष्ठामा आँच आउने गरेर यस्ता सामाग्री अनलाईनमा लेखिएमा प्रहरीले साइबर क्राइम अन्तर्गत मुद्दा चलाएर पनि सजाय गराउन सक्छ ।

Loading...

यसमा तपाइको मत

अभियान सुशासनकाे बाट अन्य

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

Spread the loveकाठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...

मन्त्रालयका काम र प्रगति विवरणको अनुगमन गर्न सफ्टवेयर निर्माण हुदै

Spread the loveकाठमाण्डौ: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरूले हरेक दिन गरेको कामको कार्यप्रगति अनुगमन गर्न विवरण गर्नका लागि सफ्टवेयर निर्माण गर्ने भएको छ । सफ्टवेयरमार्फत राष्ट्रिय गौरवका आयोजना सँगै महत्वपूर्ण कामको अनुगमन प्रधानमन्त्री कार्यलयबाट...

आन्दोलन गर्ने स्थानको निर्धारण, उल्लंघन गरे कडा कारवाही

Spread the loveकाठमाडौं: हरेक काम कागहरु प्रति चिक्त नवुझेको खण्डमा नेपालमा सडक तताँउने अभियान सामान्यत जस्तै रहेको छ । व्यस्थ सडकहरुमा आन्दोलन र गरिएका प्रदर्शनले ट्राफिक आवतजावतमा अस्त व्यस्त वन्दै आएको राजधानी काठमाण्डौ अव...

कैदी बन्दीका गुनासोहरु गोप्य ढंगले अव सिधै मन्त्रालयमा

Spread the loveकाठमाण्डौ: गृहमन्त्री राम बहादुर थापा बादलले कारागार सुधारका लागि काठमाण्डौ स्थित जगन्नाथदेवल, डिल्लीबजार कारागार र ललितपुर भैसेपाटी स्थित नख्खु कारागारको प्रत्यक्ष रुपमा निरीक्षण गरि कार्यलयहरुको भौतिक पुर्वाधार, सुरक्षाको अवस्था र कैदी बन्दीहरुका...

अव चेलीबेटी बेचविखनका अपराधी समाउने नयाँ प्रवीधी

Spread the loveनेपालबाट बर्षेनी ११ हजार भन्दा बढी चेलीबेटी भारतमा बेचिन्छन । दलाल आफन्तबाटै समेत बेचिने ती चेलिको खोजीमा माइती नेपालले अझ सक्रियता साथ काम गर्ने भएको छ । माइती नेपालका स्वयंसेवकहरु नेपालका सीमा...

दुःख दिने नियतले मुद्दा हालेमा झगडियालाई नै कार्यवाही हुने

Spread the loveअनावश्यक रुपमा मुद्दा हालेर कसैले दुःखरहैरानी दिए मुद्दामा लागेको खर्च त्यस्ता झगडियाबाटै भराइने कार्यवाही हुने गरी भएको छ । सर्वोच्च अदालतको फुलकोर्टले सोमबार पारित गरेको नयाँ नियमावलीमा मुद्दा दायर गरेकै कारण पर्न गएको...

सामाजिक कार्यमा अग्रणी भुमिका निभाँउदै प्रभु बैक

Spread the loveकाठमाण्डौ: प्रभु बैंक लिमिटेडले आफ्नो स्थापना कालदेखिनै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समाजउपयोगी क्रियाकलापहरुलाई निरन्तरता दिँदै बॉके जिल्लाको रनियापुर गा.बि.स.का अधिकांश मानिसहरुमा ऑखा सम्बन्धी समस्या रहेको तथ्याङ्क अनुसार उक्त समस्यालाई न्युनिकरण गर्न...

नेपाली कांग्रेस विरुद्ध सर्बोच्चमा अवहेलना मुद्दा दायर

Spread the loveनेपाली कांग्रेसविरुद्ध आज सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा सर्वोच्च अदालतले गरेको फैसला आदेशले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको भन्दै उक्त निर्णय शक्तिपृथकिकरणको मान्यता भन्दा विपरित भएको...

अवैध मदिरा नियन्त्रण गर्न सक्रिय बन्दै विभाग

Spread the loveकाठमाडौं: आन्तरिक राजस्व विभागका उपमहानिर्देशक राजेन्द्रकुमार पौडेलको संयोजकत्वमा २०७३ पुस १९ गते अवैध मदिरा नियन्त्रण समन्वय समितिको वैठक आन्तरिक राजस्व विभागमा सम्पन्न गरिएको छ । अवैध मदिरा र राजस्व छली गरेर बेचिने...