जातीय र क्षेत्रीय आधारमा सङ्घीयता हुन्न

Loading...
Spread the love

जेठ २२, काठमाडौं । संविधानसभाको बिहीबारको बैठकमा अधिकांश सभासद्ले जातीय र क्षेत्रीय आधारमा भन्दा पनि नेपालको आफ्नै मौलिकताका आधारमा सङ्घीय प्रणालीको विकास गर्नुपर्ने धारणा राखेका छन् ।

राज्यको पुनःसंरचना र राज्यशक्तिको बाँडफाँट समितिको प्रारम्भिक मस्यौदामा भएका सहमति वा असहमतिको निक्र्योलसम्बन्धी प्रतिवेदन एवम् सोसम्बन्धी पूरक प्रतिवेदनमा भएको छलफलमा भाग लिँदै सभासद्हरुले संघीयताका नाममा मुलुकलाई विखण्डन वा विभिन्न जातमा विभाजन गरेर अलगअलग सोचमा लैजान नहुने बताएका थिए ।

Nepal

कांग्रेस वरिष्ठ नेता एवं सभासद् शेरबहादुर देउवाले अघिल्लो पटक संविधान बन्न नसक्नाका कारण सङ्घीयता नै भएको तर्क गर्दैसंविधानसभाको निर्वाचनमा जनताका सामु गरेको कबुलबमोजिम बहुपहिचानमा आधारित प्रदेश निर्माण गर्नुपर्नेमा जोड दिए । आफूले आफैँलाई असफल बनाउने तवरले प्रदेश निर्माण गर्न नहुनेमा भन्दै उहाँले पछाडि परेका आदिवासी जनजाति, कर्णालीका जनतालाई सेवा प्रदान गर्न सङ्घीय प्रणालीको विकास गर्नुपर्छ भन्नुभयो । थोरैभन्दा थोरै प्रदेश बनाउनुपर्नेमा उहाँको जोड थियो ।

एमाले सभासद् युवराज ज्ञवालीले कुनै पनि मुलुकको अन्ध नक्कल गर्नेभन्दा आफ्नै विशिष्टतामा सबैले अपनत्व गर्ने गरी सङ्घीय प्रणाली स्थापना गर्नुपर्नेमा जोड दिए । बहुपहिचानमा आधारित सात प्रदेश नै बढी वैज्ञानिक हुने उनले बताए ।

एमाओवादी सभासद सभासद् हरिबोल गजुरेलले पहिचानका पाँच आधार र सामथ्र्यका चार आधारलाई बेवास्ता गर्न नहुनेमा जोड दिए । राज्य पुनःसंरचाना आयोगको प्रतिवेदनलाई बहिस्कार गर्न नसकिने उनको तर्क छ । सभासद् डा शिवजी यादवले समृद्धिको पाटोमा लैजाने प्रदेशहरु निर्माण गर्नुपर्नेमा जोड दिँदै सङ्घीयताका विषयमा ठूला दलले दम्भ देखाएको आरोप लगाए ।

एमाले सभासद् भीमर रावलले संघीयताको नाममा मुलुकलाई जातजातमा विभक्त गर्न नहुनेमा जोड दिँदै सामाजिक सद्भाव कायम राख्ने सङ्घीय प्रणाली अत्यावश्यक रहेको धारणा राखे ।

प्रमुख दलबीच भएको सहमतिलाई ख्याल गरेर सार्वभौसत्ता र अखण्डतालाई ख्याल गरी सङ्घीय प्रणालीको विकास गर्नुपर्ने भन्दै उनले जातको नाममा राज्य बनाउन नहुने बताए । बहुपहिचानमा आधारित बढीमा सात प्रदेश बनाउनुपर्ने उनको धारणा थियो ।

कांग्रेस सभासद डा शेखर कोइरालाले मुलुकको विशिष्टताको आधारमा सङ्घीयताको ढाँचा खोज्नुपर्नेमा जोड दिँदै प्रदेशको नामाङ्कनको जिम्मा प्रदेशलाई दिनुपर्ने बताए । लोकतन्त्रको आधारभूत मूल्यमा सम्झौता गर्न नहुनेमा जोड दिँदै उनले जातीय र राजनीतिक अग्राधिकार दिन नहुने बताए ।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...