रणसंग्राम भित्र जिवन जिउने कल्पना अब नगर्नुस

Loading...
Spread the love

गुरु भट्टराई : बाबुरामजी! सभ्यता र असभ्यता छुट्याउने हुति भएका मान्छे अरु पनि छन्; मिठा, शालिन र सभ्य शब्दले छोड्ने संदेश र तिता, कडा र टर्रा शब्दले छोड्ने छापको ज्ञान अरुलाई पनि छ I अब तपाइहरुकै भाषा सापटी लिएर केहि भन्छु; “रुप पक्षको प्राथमिकतामा ध्यान दिने कि सारमा महत्व दिने??” तपाइले छान्ने पक्कै पनि “सार” हुनेछ किन भने रुप एउटा प्रोसेस हो सार त्यसको परिणाम I

Guru Bhatttrai

गुरु भट्टराई

baburam_Bhattaraiम पनि सारमै महत्व दिन्छु, रुपमा अनेक देखिन सक्छ; भलै येस्ता भाषा तपाइहरु आफ्नो रुपका पछाडि रहेका जनघाती र रास्ट्रघाति कर्म छोप्न दुरुपयोग गर्नु हुन्छ त्यो बेग्लै कुरा  रुप र सारकै कुरा गर्नुस; रुपमा के देखाउनु भो जनतालाई ५२ सालमा?? १ दलीय व्यवस्थाले गरिवको मुक्ति गर्दैन, यसको समुल अन्त्य गरेर जनवादी सत्ता स्थापना गर्नु पर्छ २ बन्दूकको नालबाट सत्ता जन्मन्छ ३ गरिवको सत्ता स्थापित गर्न बन्दूक मात्र एक विकल्प हो. ४ भारतीय बिस्तारबाद र अमेरिकी सामाज्यबादासंग नलडि मुक्ति प्राप्त हुदैन ५ गरिवको वर्गीय सत्ता स्थापित नगरे सम्म युध रोकिदैन आदि इत्यादि I

यस भित्रका अनेकन खुद्रा मसिना झुटा नाराका कुरा नगरौ I सारमा के गर्नु भो र के गर्दै हुनुहुन्छ?? १) हजारौ आमाका गरिव सन्तानको जीवन समाप्त पार्नु भो, आफ्नो सन्तान भारतीय बिद्यालयमा कथित बुर्जुवा शिक्षाले दीक्षित गराउनु भो २) लाखौ घरबार बिहिन भए, हजारौ बेपत्ता र आधा अपुरो अंग बोकेर पीडाको जीवन जिउन बाध्य छन् ३) भ्रस्टाचारको बिचमा भएपनि बिकासको नाममा केहि न केहि घिस्रिने मुलुक १० बर्ष सुन्यमा राखेर थालेको क्रान्तिले आज आधा करोड युवा विदेश चक्कर लाउन बाध्य छन्; मुलुक तिनैको कमाइले चलेको छ, तपाइले लिने राज्यको सुबिधा समेत तिनै गरिव युवाले कमाइदियेको पसिना बनेको छ ४) संसदीय ब्यबस्थाको अन्त्य र गरिवको जनबादी सत्ता स्थापितको कुनै छोडौ, संसदीय व्यवस्थाका सबै कुरुपहरु प्रयोग गर्ने मामलामा तपाइहरु आफै अब्बल दर्जामा आइपुग्नु भएको छ, र आज भन्दै हुनुहुन्छ दुनिया बदलियो, पुंजिबाद र मार्क्सबादको फ्युजन गरेर हाब्रिड सिद्धान्त अनुसार मात्र राजनीति चल्न सक्छ ५ ) भारतीय बिस्तारबाद र अमेरिकी साम्राज्यबाद आज तपाइहरुका गुरु बनेका छन; गुरु सम्मान दिन यहाहरुको तछाड मछाड हिजो बिस्तारबाद साम्राज्यबाद बिरुध्ध भन्दै छाती थापेकाहरु निरिह बनेर हेर्दैछन . ६) बर्गीय मुक्तिका कुरा गरेर गरिव वर्ग सोत्तर पारेपछि जात र धर्मका आधारमा आज तिनै गरिव शासक र शोषक वर्ग करार गरिएका छन् I

अब भन्नुस, तपाइको राता क्रान्तिको उदेश्य दरवारका राजा लखटेर संसदीय ब्यबस्था भित्रकै एउटा प्रयोग नगरेको घोर दक्षिणपन्थी र २१ औ शताब्दीमा कलंकको रुपमा रहेको जातभातका आधारमा तयार गरिने नया रुपको जातिय संघियताको निम्ति थियो? १२५ जात भएको मुलुकमा को हो पहिचानवाला, को हो बिना पहिचान भएपनि हुने?? कसैको त पहिचान समस्या छैन भने कित्ताकाट गरेको दिनबाट त तिनको पहिचान हराउला, तिनले कति बर्ष पछि फेरी अन्यले आज खोजेको पहिचान झैँ खोज्नु पर्ने?? देशको येत्रो समयको बर्बादी, एत्रो सम्पत्तिको नास, येत्तीका मानव जीवनको इहलिला समाप्त, दशकौ दिशा बिहिन मुलुक, अन्धकार भविस्य, हत्या हिम्शाको राजनीतिमा स्थायी प्रवेश; के यिनै उपलब्धिका निमित्त १० बर्षे महान क्रान्ति नामको नरहत्या चलाइएको थियो?? त्यसो हो भने यो मुलुकको निम्ति सार्है महगो भयो, तपाइको सार रुप भन्दा धेरै गुणा कुरुप रह्यो I यत्तिका कर्म गर्न बाबुरामजीले तुच्छ शब्द प्रयोग गर्नु भएन होला, ब्याकरण मिलाएरै बोल्नु भो होला, सभ्य र शालीन शब्द प्रयोग गरेर महान बिद्वान देखिनु भो होला, सभ्य समाजको उच्चतम पात्रझै देखिन खोज्नु भो होला; तर परिणाम??

तपाईका ति हर्कत जो आज पनि जारि छ; ले सिंगो देश तहस नहस बनाएको छ; करोडौ वर्तमान र भविस्यका नागरिकको जिवन भड्खालोमा जाकेको छ, असहमतिको नाममा, बैचारिक मतभिन्नता बिहिन समाजको कल्पनामा मान्छेका जिवन समाप्त पार्ने प्रबृत्तिको मल जल गरेको छ I अब भन्नुस बाबुरामजी! तपाइका शालीन शब्दहरु भित्रका यी कुरुप, अस्लिल, दानवी ब्यबहार तिता छन् वा येस्ता हर्कत बिरुध्ध बिद्रोह ओकल्ने चर्का र टर्रा भाषा अस्लिल छन? तपाइका येस्तै गोयेबल्स प्रबृत्ति बिरुध्ध मैले छोडेको प्रतिक्रिया ५ हजारले लाइक र कमेन्ट गरे, शायद लाखौले पढे होलान, मेरो प्रतिक्रिया डिलिट गरेर समाजको नजरमा तपाइको अनुहारमा पोतिएको कुरुपता डिलिट हुदैन I त्यो पुस्तौ पुस्ता अब रहने वाला छ र यसको बदला समयले लिएर छोड्छ; रणसंग्राम भित्र जिवन जिउने कल्पना अब नगर्नुस I

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...