गाउँको कानून चल्न नदिएको भन्दै चौकीमा ढुंगामुढा

Loading...
Spread the love

भदौ १७, मुगु । गाउँको चलनचल्ती एवं गाउँको कानून अनुसार नचलेको भन्दै जरिवाना तोकेका व्यक्तिलाई प्रहरीले संरक्षण गरेको आरोप लगाउँदै स्थानीय गाउँलेले सीमा प्रहरी चौकी मुगुमा गएराति ढुङ्गामुढा गरेका छन्।

आफ्नो घरमा गाउँलेले तोडफोड गरेपछि मुगु–८ मुगु गाउँका नुन्डुल लामा र सोही गाविस वडा नं ५ का सोनाम लामा सुरक्षाा माग्दै प्रहरी चौकीमा बसेका थिए। उनीहरु चौकीमा बसेको थाहा पाएपछि राति २००र३०० जना गाउँले आएर चौकीमा ढुङ्गामुढा गरेका हुन्।

नुन्डुल र सोनामले गाउँभन्दा बाहिर जुम्ला र जाजरकोटका सङ्कलक ल्याएर आफ्नो वनमा जथाभावी जडीबुटी सङ्कलन गरेको तथा सङ्कलनको बहानामा घोर चोरी सिकारी गरेको भन्दै गाउँलेको बैठकले जरिवाना गर्ने निर्णय गरेको थियो तर उनीहरुले जरिवाना तिर्न अस्वीकार गरेका थिए।

दुवै जना जुम्ला, विजय नगरटोलका सङ्कलक ठेकेदार केसीबहादुर भण्डारीका स्थानीय सम्पर्कवाला व्यक्ति हुन्।

गाउँले भेलाको निर्णय नमानेको भन्दै मङ्गलबार दिउँसो उनीहरुका घरमा गाउँलले तोडफोड र कुटपिट गरेका थिए।

ढुङ्गामुढाले सीमा प्रहरी चौकीका झ्यालढोका, पर्खाल भत्किएको प्रहरीले जनाएको छ।

ठूलो सङ्ख्यामा आएका गाउँलेको प्रतिकारबाट बच्न प्रहरीले ११ राउन्ड हवाइ फायर गरेको र गाउँलेको प्रहारबाट प्रहरी सहायक निरीक्षक रुद्र रावलसहित पाँचजना प्रहरी सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक श्रीहजुर सिलवालले बताए।

रातभरि तनाव भएपछि गएराति ८ बजे नै प्रहरी निरीक्षक मित्रप्रसाद आचार्यको नेतृत्वमा थप १५ जना प्रहरी पठाइएको छ। टोली घटनास्थलमा पुगेपछि स्थलगत मुचुल्का उठाउने र प्रहरी चौकीमा ढुङ्गामुढा गर्न गाउँलेलाई उक्साउने टासी तामाङ, च्यावा तामाङ, पाल्जिर तामाङ, तेन्जिङ तामाङ र पाल्जोर तामाङलाई नियन्त्रणमा लिने र स्थितिलाई सामान्य बनाउन गाउँमा प्रहरीले सहजीकरणको काम गर्ने पनि प्रनाउ सिलवालले बताए।

ठेकेदार भण्डारीका अनुसार जिल्ला वन कार्यालयबाट राष्ट्रिय वनमा कटुकी सङ्कलनको वैधानिक रुपमा पुर्जी लगेर जडीबुटी सङ्कलन गरेको र राष्ट्रिय वनलाई सामुदायिक वन जस्तो गरेर आफ्ना मान्छेबाट गाउँलेले जरिवाना उठाउन खोजेको र आफूहरुले दोहोरो दस्तुर तिर्न नमानेपछि सुनियोजित रुपमा आक्रमण गर्न थालेपछि स्थिति तनावपूर्ण भएको हो ।

मुगु गाउँस्थित राष्ट्रिय वनमा ८० क्विन्टल कटुकी सङ्कलन गर्न ठेकेदार भण्डारीले सङ्कलन पुर्जी लिएको जिल्ला वन कार्यालयले जनाएको छ । घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट २८ कोस पूर्वमा पर्दछ भने पैदलमा दुई दिन लाग्छ । – रासस

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...