कति राम्रो मान्छे, राजा जस्तो अनुहार तर गाँड नभएर कस्तो कुरुप !!

Loading...
Spread the love

नेकास : नेपालको भौगोलिक अवस्था, विकटता यातायातको कमी सबै कुराले गर्दा अत्यावश्यक वस्तुहरुको आपूर्तिमा जहिले पनि अप्ठ्यारो थियो । पञ्चायतकालमा राजा महेन्द्रको पूर्वाञ्चल भ्रमणको क्रममा केही नागरिकबाट ‘हामीले नून पनि खान पाएका छैनौं सरकार’ भन्ने गुनासो आयो ।

फिर्ति सवारी भइसकेपछि नूनको सहज आपूर्तिका लागि संस्था नै चाहियो भन्ने कुरा राजाले उठाएपछि त्यतिबेला नूनको खुद्रा एवं होलसेल व्यापारी, भारतबाट होस् या तिब्बतबाट जहाँबाट भए पनि नून Salt Trading Addsaltल्याउने व्यक्तिहरुलाई समेटेर र नेपाल सरकारको एवं नेशनल ट्रेडिङको पनि केही लगानी लगाएर तत्कालिन श्री ५ को सरकारको स्वामित्व रहने गरी २०२० साल भदौ २७ गते पहिलो पी.पी.पी. मोडलमा साल्ट ट्रेडिङको स्थापना भएको हो ।

कम्पनी ऐन अन्तर्गत स्थापित संस्था हाल पनि त्यही अन्तर्गत नै यो चलिरहेकोछ । नेपाल सरकारको परिधिमा रहेर खरिद ऐन देखि लिएर सबै त्यसैबाट परिचालन भइरहेकोछ ।

त्यतिबेलाको भौगोलिक विकटताले गर्दा नूनको आपूर्ति साँच्चै नै चुनौतिपूर्ण थियो । नूनको मात्र काम हेर्ने जिम्मा पाएकाले यसको नाम नै साल्ट ट्रेडिङ रहन पुग्यो । यसले हिन्दुस्तानबाट या त तिब्बतबाट नून ल्याउनेहरुलाई अधिराज्यव्यापी रुपमा बजार व्यवस्थापन गरिदिने कामबाट आप्mनो कामको सुरुवात ग-यो । यातायतको असुविधाले गर्दा भरियाबाट पठाउनुपर्ने, ७ देखि १० दिन लगाएर नून पु-याउनुपथ्र्यो, यस्ता अप्ठ्याराहरु यसले पार गर्दै अगाडि बढिरहेको थियो ।

१९६५ मा युनिसेफ, डब्लुएओ र भारत सरकारले संयुक्त रुपमा एउटा सर्वेक्षण गरेका थिए । त्यसमा ५५ प्रतिशत जनतामा आयोडिनको कमीले कुनै न कुनै किसिमले शारीरिक विकृति हुने गरेको पाइयो । यो एकदमै भयावह अवस्था थियो । आयोडिनको कमीले काम गर्न नसक्ने अल्छीपना देखि लिएर निःसन्तान हुनेसम्मको समस्या थियो ।

Gala Gad

आयोडिनको कमिका कारण भएको गलगाँड ।

कतिसम्म भन्दा पहाडतिर कतिपय गाउँहरु गाँडे गाउँ भनेर नै चिनिन्थ्यिो । एकजना स्वास्थ्य मन्त्रालयको व्यक्ति पहाडको एक गाउँमा जाँदा स्थानीयले कति राम्रो मान्छे रहेछ, राजा जस्तो अनुहार तर एउटा गाँड नभएर कस्तो कुरुप देखिएको । यसरी शारीरिक अपांगताको एउटा पाटो गाँडलाई उनीहरुले गहनाका रुपमा अंगीकार गरिसकेका थिए ।

नेपालमा आयोडिनको कमीले हुने भयावह स्थितिलाई हेर्दा आयोडिनको क्याप्सुल, झोल, सुई इत्यादि लगाएर पनि रोकथामको कोसिस गरिएको थियो । त्यही क्रममा विश्वका आयोडिनसँग काम गर्ने संस्थाहरुले आयोडिनको सबैभन्दा उपयुक्त माध्यम भनेको नून नै हो, नूनमा नै आयोडिन मिसाएर अन्तर्राष्ट्रिय रुपमा अभियान चलाउनुपर्ने भन्ने कुरा गरे ।

त्यसपछि नेपालले पनि त्यो कुरालाई पालना ग-यो । नूनमा मात्र आयोडिन मिसाउने र त्यसलाई सर्वसुलभ तरिकाले सबै ठाउँमा पु-याउने भन्ने एजेण्डा आयो । त्यसपछि साल्ट ट्रेडिङले त्यो अभियानमा काम गर्ने संस्थाका रुपमा पनि अघि बढ्यो ।

सन् १९७३ देखि हामीले नूनमा आयोडिन मिसाएर बिक्री वितरण गर्न थाल्यौं जसमा भारत सरकारको सहयोग थियो । पहिला नून मात्र बिक्री हुन्थ्यो भने त्यसपछि आयोडिन पनि मिसाएर वितरण हुन थाल्यो । १९६५ को सर्वेक्षणले ५५ प्रतिशत जनतामा आयोडिनको कमीले विकृति देखिएको थियो त्यो आजको सर्वेक्षणले शुन्यमा झारिदिएको छ । आयोडिनको लागि सरकारले छुट्टै केही काम गर्नु परेको छैन । नूनको मोल तिर्दा व्यक्तिले आयोडिन पनि पाइरहेकोछ ।

केही कुराको मूल्य बृद्धि भयो भने साल्ट ट्रेडिङलाई बजार नियन्त्रणको एजेन्सीको रुपमा पनि नेपाल सरकारले बेला बेलामा प्रयोग गर्ने गरेको छ । जस्तो कि चिनीको अभाव भयो भने हामी भ्यानमा राखेर टोल टोलामा जान्छौं, त्यसले स्वभाविक रुपमा बजार नियन्त्रण हुन्छ । सुलभ रुपमा पाउनु पनि एक प्रकारको सुविधा नै हो ।

आयोडिनको कमी हुँदा के के हुन्छ ?

गर्भ तुहिन सक्छ या त मृत शिशु जन्मिन सक्छ,
लुलो लङ्गगो अपाङ्ग या सुस्तमनस्थितिवाला बच्चा जन्मन सक्छ,
बच्चाको तौल कम हुन सक्छ,
सिक्ने बुझ्ने क्षमतामा कमी आउने हुन्छ,
मान्छेसँग घुलमिल हुन नचाहने स्वभावको हुन्छ,
महिनावारी अनियमित हुने या त लामो समयसम्म हुन सक्छ,
चाँडै थाक्ने, बिहान सद्दे देखिने बेलुका जिउ फुलेर आउने । आदि ।

कसरी बन्छ नून… ?

नून समुद्रबाट पत्थरको रुपमा निस्कन्छ, या त त्यस्तो ठाउँमा पाइन्छ जहाँ कुनै बेला समुद्र थियो । जस्तो कि तिब्बत । आयोडिन युक्त धुलो नून पाउनुभन्दा पहिले ढिक्के नून पाइन्थ्यो जुन प्रशोेधित नगरिएको हुन्थ्यो । ढिक्के नूनको धेरै मुख हुन्थ्यो ।

histry of Salt

नुन वोक्दै गरेका एक भरिया ! फोटो public.fotki.com

त्यसमा आयोडिन छर्किँदा त्यो राखेको भाँडामा चुहिने या त पग्लिएर जाने, अर्को नून किनेर ल्याएपछि पखालेर, सुकाएर अँगेनाको छेउमा राख्ने गाउँघरमा चलन थियो । यसले गर्दा आयोडिन उड्थ्यो । त्यसैले ढिक्के नूनमा आयोडिन मिसाउँदा मानिसको शरीरमा नपुगेर त्यो त्यत्तिकै खेर जान्थ्यो ।

त्यसपछि नूनलाई धुलो बनाएर आयोडिन मिसाइन थालियो । एउटा नूनको प्याकेटमा ५० पीपीएम (पार्ट पर मिलियन) आयोडिन हुन्छ । तर मानिसले दुई देखि तीन सय मात्र लिन्छ । तर हाम्रो खाना पकाउने तरिका भुट्ने, छोप्ने, उमाल्ने, छड्काउने आदि गरिनाले धेरै मिसाइएको हो । त्यसैले आयोडिन मिसाउँदा यी सबै कुरालाई पनि ध्यान दिएर मिसाइएको हुन्छ ।

आयोडिन जीवनकाल भरि नै हामीले लिइरहनु पर्ने तत्व हो । एउटा बालकलाई ५० देखि ६० माइक्रो ग्राम आयोडिन चाहिन्छ । त्यस्तै किशोरावस्थामा सय देखि १२५ सम्म चाहिन्छ, युवावस्थामा १५०, गर्भवती या त दुध चुसाइरहेकी महिलालाई दुई सयदेखि २५० सम्म चाहिन्छ ।

मानिसलाई मात्र नभएर गाईवस्तुलाई पनि आयोडिन भएको नून उत्तिकै महत्वपूर्ण हुन्छ । दूध, अण्डा, मासु, ऊन राम्रो उत्पादन होस् भन्नका लागि पनि त्यत्तिकै अयोडिन चाहिन्छ, यसले २० प्रतिशतसम्म बृद्धि गराउन सक्छ ।

हामीले खाने खानाबाट आयोडिनो मात्रामा प्रशस्त मात्रामा नपुग्ने भएकाले नै हामीलाइै नूनमा आयोडिन मिसाएर यसको अतिरिक्त सेवन गर्नु परेको हो । कतिपय देशमा पाउरोटीमा, चियापत्तीमा मिसाइन्छ । थाइल्याण्डको केही भागमा अण्डामा आयोडिन राखिन्छ । हाम्रो सहित १३० देशमा नूनमा आयोडिन मिसाइएकोछ ।

साल्ट टेडिङको विकल्प हुन सक्दैन :

Salt Trading Corporation 1नून अहिलेको समयमा व्यापारिक वस्तु मात्र नभएर, जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषय हो । भोलि फेरि आयोडिनको कमी भइदिएको खण्डमा नेपालमा गलगाँड भएका मानिसहरु या सुस्तमनस्थितिका बालबालिकाहरु जन्मने सम्भावना उत्तिकै बढ्न जान्छ । नेपाली जनतालाई चाहिने वस्तुहरुको आपूर्ति व्यवस्था मिलाउने जिम्मा सरकारलाई हुन्छ, त्यसमा नून र आयोडिन सरकारले साल्ट ट्रेडिङलाई दिएकोछ ।

चीनमा पनि यस्तो सुविधा ओपन भएको थियो, तर पनि सरकारको मातहतबाट मात्र जाने बनाइदियो किनभने यो सिस्टम खलबलिने बित्तिकै मूल्य बृद्धि लिएर सबै कुरा हुन पुग्छ । प्रतिस्पर्धाबाट गुणस्तरमा आँच आउँथेन भने अरु सामानहरु किन यति महंगो हुन्थ्यो, किन अरु सामान भने जस्तो गुणस्तरीय मिल्दैन ?

यो काम अरुलाई पनि दिने हो भने त्यसको निगरानी गर्ने निकाय ठूलो हुनुप-यो । अहिले त नूनमा केही समस्या देखियो भने आयोडिनको कमी भएको कुनै रोगहरु देखियो भने साल्ट टेडिङलाइ कान निमोठ्न सकिन्छ, कसरि यस्तो भन्न सक्छन् । तर सबैलाई दिँदा कुनै समूहले कुनै गाउँमा आयोडिन नमिसाएको नून पठाइदिएछ भने त्यसवाट आउने स्वास्थ माथिको जोखिमीको जिम्मेवार को त ? त्यो निगरानी कसले गर्ने ?

व्यापारिक प्रतिस्पर्धा बढ्दै गएपछि मूल्य पनि बढ्न जान्छ । महंगाईको माझमा पनि सबैभन्दा स्थिर मूल्य भनेको नूनको नै छ । भारतमै यो २२/२३ आइसी रुपैयाँसम्म छ । त्यसैले नेपालको भौगोलिक अवस्था र नेपाली जनतालाई पहिला आयोडिनको कमीले जुन रोगहरु लागेको भयावह स्थिति थियो त्यो हेर्दा भइरहेको व्यवस्थालाई नै निरन्तरता दिनुपर्छ ।

कुराकानीमा आधारित

Loading...

यसमा तपाइको मत

अभियान सुशासनकाे बाट अन्य

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

Spread the loveकाठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...

मन्त्रालयका काम र प्रगति विवरणको अनुगमन गर्न सफ्टवेयर निर्माण हुदै

Spread the loveकाठमाण्डौ: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरूले हरेक दिन गरेको कामको कार्यप्रगति अनुगमन गर्न विवरण गर्नका लागि सफ्टवेयर निर्माण गर्ने भएको छ । सफ्टवेयरमार्फत राष्ट्रिय गौरवका आयोजना सँगै महत्वपूर्ण कामको अनुगमन प्रधानमन्त्री कार्यलयबाट...

आन्दोलन गर्ने स्थानको निर्धारण, उल्लंघन गरे कडा कारवाही

Spread the loveकाठमाडौं: हरेक काम कागहरु प्रति चिक्त नवुझेको खण्डमा नेपालमा सडक तताँउने अभियान सामान्यत जस्तै रहेको छ । व्यस्थ सडकहरुमा आन्दोलन र गरिएका प्रदर्शनले ट्राफिक आवतजावतमा अस्त व्यस्त वन्दै आएको राजधानी काठमाण्डौ अव...

कैदी बन्दीका गुनासोहरु गोप्य ढंगले अव सिधै मन्त्रालयमा

Spread the loveकाठमाण्डौ: गृहमन्त्री राम बहादुर थापा बादलले कारागार सुधारका लागि काठमाण्डौ स्थित जगन्नाथदेवल, डिल्लीबजार कारागार र ललितपुर भैसेपाटी स्थित नख्खु कारागारको प्रत्यक्ष रुपमा निरीक्षण गरि कार्यलयहरुको भौतिक पुर्वाधार, सुरक्षाको अवस्था र कैदी बन्दीहरुका...

अव चेलीबेटी बेचविखनका अपराधी समाउने नयाँ प्रवीधी

Spread the loveनेपालबाट बर्षेनी ११ हजार भन्दा बढी चेलीबेटी भारतमा बेचिन्छन । दलाल आफन्तबाटै समेत बेचिने ती चेलिको खोजीमा माइती नेपालले अझ सक्रियता साथ काम गर्ने भएको छ । माइती नेपालका स्वयंसेवकहरु नेपालका सीमा...

दुःख दिने नियतले मुद्दा हालेमा झगडियालाई नै कार्यवाही हुने

Spread the loveअनावश्यक रुपमा मुद्दा हालेर कसैले दुःखरहैरानी दिए मुद्दामा लागेको खर्च त्यस्ता झगडियाबाटै भराइने कार्यवाही हुने गरी भएको छ । सर्वोच्च अदालतको फुलकोर्टले सोमबार पारित गरेको नयाँ नियमावलीमा मुद्दा दायर गरेकै कारण पर्न गएको...

सामाजिक कार्यमा अग्रणी भुमिका निभाँउदै प्रभु बैक

Spread the loveकाठमाण्डौ: प्रभु बैंक लिमिटेडले आफ्नो स्थापना कालदेखिनै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समाजउपयोगी क्रियाकलापहरुलाई निरन्तरता दिँदै बॉके जिल्लाको रनियापुर गा.बि.स.का अधिकांश मानिसहरुमा ऑखा सम्बन्धी समस्या रहेको तथ्याङ्क अनुसार उक्त समस्यालाई न्युनिकरण गर्न...

नेपाली कांग्रेस विरुद्ध सर्बोच्चमा अवहेलना मुद्दा दायर

Spread the loveनेपाली कांग्रेसविरुद्ध आज सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा सर्वोच्च अदालतले गरेको फैसला आदेशले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको भन्दै उक्त निर्णय शक्तिपृथकिकरणको मान्यता भन्दा विपरित भएको...

अवैध मदिरा नियन्त्रण गर्न सक्रिय बन्दै विभाग

Spread the loveकाठमाडौं: आन्तरिक राजस्व विभागका उपमहानिर्देशक राजेन्द्रकुमार पौडेलको संयोजकत्वमा २०७३ पुस १९ गते अवैध मदिरा नियन्त्रण समन्वय समितिको वैठक आन्तरिक राजस्व विभागमा सम्पन्न गरिएको छ । अवैध मदिरा र राजस्व छली गरेर बेचिने...