टिकापुर घटनामा मृत्यु भएका प्रहरी परिवारलाई आर्थिक सहयोग

Loading...
Spread the love

भदौ १८, काठमाण्डौ । कैलाली जिल्लाको टिकापुरमा भएको घटनामा मृत्यु भएका दुईजना सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई आर्थिक सहयोग तथा एक-एक सन्ततीलाई छात्रवृत्तिको व्यवस्था गरिएको छ । घटनामा परेका सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रले एक÷एक लाख रुपैयाँ नगद प्रदान गरेको छ ।Tikapur Accidentसो रकम सशस्त्र प्रहरी बल उग्रतारा गण टिकापुर कैलाली मार्फत सशस्त्र प्रहरी बरिष्ठ हवल्दार स्वर्गिय ललितबहादुर साउदको परिवारलाई तथा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बर्दिया मार्फत सशस्त्र प्रहरी हवल्दार स्वर्गिय रामविहारी थारुको परिवारलाई बुझाइएको छ ।

यसैगरी मृतक सशस्त्र प्रहरीका एक÷एक जना सन्ततीलाई सशस्त्र प्रहरी परिवार महिला संघले उनीहरुको अभिभावकको स्वीकृती भएमा काठमाडौं ल्याई आवाशीय सुविधासहित १२ कक्षासम्म अध्ययनको व्यवस्था मिलाउने भएको छ ।

सो घटनामा प्रदर्शनकारीले प्रहार गरेको गोलीबाट सशस्त्र प्रहरी सहायक हवल्दार नेत्रबहादुर साउदको करीव डेढ वर्षिय छोरा टेकबहादुर साउदको समेत मृत्यु भएको थियो । उनलाई समेत सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रले ५० हजार रुपैयाँ प्रदान गरेको छ ।

कल्याणकारी सेवा केन्द्रद्वारा यसअघि मृतक दुवैजना सशस्त्र प्रहरी कर्मचारीको किरीया खर्चवापत तत्कालै उनीहरुका परिवारलाई तीस÷तीस हजार रुपैया प्रदान गरेको छ । किरीया खर्चवापतको रकम सशस्त्र प्रहरी बलको कल्याणकारी योजना अन्तर्गत व्यवस्था रहेको छ । बलको कल्याणकारी योजना अन्तर्गत निर्जिवन दुर्घटना विमावापत चार लाख रुपैयाँ तथा सेवा अवधिभरको प्रत्येक वर्षको लागि वार्षिक दुई हजार रुपैयाँका दरले रकम प्रदान गरिनेछ । यसैगरी मृतक सशस्त्र प्रहरी कर्मचारीको क्लोदिङ वापत जम्मा भएको रकम समेत प्रदान गरिने छ ।

यसैगरी ड्युटीको सिलसिलामा मृत्यु भएका दुवै सशस्त्र प्रहरी कर्मचारीको नजिकको हकदारलाई कर्मचारी संचयकोषबाट नियमानुसार जम्मा भएको संचित रकमको अतिरिक्त कल्याणकारी योजना अन्तर्गतको विमा रकम ५० हजार तथा किरिया खर्चवापतको रकम २५ हजार र दुर्घटना क्षतिपुर्ती वापतको रकम ५० हजार समेत पाउने छन् ।

ड्युटीको सिलसिलामा मृत्युहुने सशस्त्र प्रहरी कर्मचारीको नजिकको हकदारलाई निज सशस्त्र प्रहरीले खाइपाई आएको तलवको आधा पारिवारिक निबृत्तिभरण प्रदान गरिने व्यवस्था सशस्त्र प्रहरी नियमावली २०७२ मा उल्लेख छ । त्यस्तो सशस्त्र प्रहरी दश वर्षसम्मको सेवा अवधि नपुग्दै मृत्यु भएमा ६ महिनाको तलव बराबरको रकम, १० वर्षदेखि २० वर्षसम्मको सेवा अवधि पुरागरी मृत्यु भएमा ९ महिनाको तलव बराबरको रकम तथा २० वर्षभन्दा बढि सेवा अवधि पुरागरी मृत्यु भएमा एक वर्षको तलव बराबरको रकम निजको नजिकको हकदारले प्राप्त गर्नेछ ।

यसैगरी विशेष ड्युटीमा खटिएको वेला मृत्युहुने सशस्त्र प्रहरी कर्मचारीलाई मरणोपरान्त एक तह पदोन्नती गरी सोही पद अनुसारको पुरा तलव निजको परिवारलाई त्यस्तो सशस्त्र प्रहरी कर्मचारीको उमेरको हदले अवकाश प्राप्त गर्ने अवधि ननाघ्ने गरी बढिमा सात वर्षसम्म दिइने व्यवस्था समेत सो नियमावलीले गरेको छ । सात वर्ष अवधि व्यतित भई सकेपछि मृतक सशस्त्र प्रहरीको सेवा अवधि निवृत्तीमरण अवधि पाक्नेभन्दा कम भएमा निवृत्तिभरण पाकेको अवधि सरह र निवृत्तिभरण पाक्ने अवधिभन्दा बढि सेवा अवधि भएमा सोही बमोजिम मृतक सशस्त्र प्रहरीको परिवारले निवृत्तिभरण पाउने छ ।Tikapur 3

Tikapir 2

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...