बेइजिङ्गमा देवकोटा सम्बन्धी प्रदर्शनी हुने

Loading...
Spread the love

Laxmi Prasad Devoktaचीनको राजधानी बेइजिङ्गमा्मा भाद्र २२ र २३ का दिन नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवन र लेखनबारे दुई दिने बृहत् प्रदर्शनीको आयोजना हुने भएको छ ।

प्रदर्शनीमा देवकोटाको जीवन र लेखनलाई उजागर गर्ने करिब ४० वटा फ्लेक्स ब्यानर, देवकोटाद्वारा रचित ३ दर्जन पुस्तक, देवकोटामाथि लेखिएका समालोचना ग्रन्थ र पत्रपत्रिकाका विशेषाङ्क करिब ५० थान, देवकोटाको जीवनका विविध आयाम झल्कने २३ वटा चित्र कलाकृति तथा देवकोटाको जीवनीमा आधारित वृत्तचित्र प्रदर्शन गरिने छ ।

प्रदर्शनीका लागि, बेइजिङ्स्थित बेइजिङ् लुसुन सङ्ग्राहालयको निमन्त्रणमा नेपाली संस्था देवकोटा लुसुन प्रज्ञाप्रतिष्ठानको प्रतिनिधिमण्डल २० भाद्रका दिन बेइजिङ्तर्फ प्रस्थान गर्दैछ । प्रतिष्ठानका अध्यक्ष समालोचक निनु चापागाइँले नेतृत्व गर्ने प्रतिनिधिमण्डलमा साहित्यकारहरू रामबाबु सुवेदी, रणेन्द्र बराली, हरिगोविन्द लुइँटेल, कृष्ण प्रसाई, मातृका पोखरे र महेश पौड्याल र गायक जीवन शर्मा रहनेछन् । प्रदर्शनीमा नेपाल–चीन कुटनीतिक सम्बन्ध स्थापनाको साठी वर्ष पुरा भएको उपलक्ष्यमा दुई देशका आपसी सम्बन्धबारे पनि छलफल कार्यक्रम राखिएको छ ।

प्रदर्शनीको दोस्रो दिन देवकोटा तथा प्रसिद्ध चिनिया लेखक लुसुनबारे अन्तर्राष्ट्रिय विचार गोष्ठी पनि हुने भएको छ, जसमा चिनिया विद्वानहरूका साथै नेपालको तर्फबाट समालोचक निनु चापागाइँ र कवि रामबाबु सुवेदीले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

भाद्र २४ का दिन बेइजिङकै रेन्मिन विश्वविद्यालयमा हुने एक कार्यक्रममा समालोचकहरू निनु चापागाइँ र महेश पौड्यालले विश्वविद्यालयका विद्यार्थीहरूलाई सम्बोधन गर्दै नेपाली साहित्यका विविध पक्षहरू बारे धारणा राख्ने कार्यक्रम छ । प्रतिनिधिमण्डल भाद्र २७ का दिन काठमाडौँ फर्कने देवकोटा लुसुन प्रज्ञाप्रतिष्ठानले जनाएको छ ।

Loading...

यसमा तपाइको मत

साहित्य बाट अन्य

प्रकृति त आमा हुन, आश्रम किन पठायौ

Spread the loveप्रकृति र विनाश सन्दर्भः  विश्व वातावरण दिवस प्रकृति त वरदान हो, विनाश किन वनायौ । प्रकृति त जीवन हो, मृत्यु किन वोलायौ ।। प्रकृति त स्वर्ग हो, नर्क किन वनायौ ।। प्रकृति त...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो …

Spread the loveसम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका...

संस्कृति बचाँउ भन्दै कानून व्यवसायी शितलले ल्याइन तिज गित “लै वरि लै”

Spread the loveकाठमाण्डौ: शितल पाण्डे कानून ब्यवसाय सगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी पेशामा कानून व्यवसायी भए पनि सांगितिक क्षेत्रमा पनि शशक्त ढंगले उदाएकी आधुनिक गित र गजल गायिका...

सवैले देख्छन खुशीयाली, विछोड भएको देख्ने कसले ?

Spread the loveमेरी छोरी कविता मेरी छोरी आजको दिन हर्षको दिन तिम्रो नयाँ घर अनि संसार बन्ने दिन यो खुसीयालीको दिन आज खुसीको आँशु गहभरी छछल्किएको छ हिक्काहरु मुटु भरी अडकिएको छ शुभकामना मेरी छोरी तिमिलाई बैबाहिक बन्धनको तिमि भन्न सक्दिनौ केही पनि बोल्न सक्दिनौ तिमि...

सम्वन्धको समाप्तीसँगै मुसुक्क मुस्कुराई “ह्याप्पी डिभोर्स” भन्न सकियोस

Spread the loveह्याप्पी डिभोर्स कथा  निकै लामो समय पछी मृजनसंग मेरो भेट बाटोमा अचानक हुन्छ। भेटेर हामी खुशी भयौ। म उसैको घर गए। घर चकमन्न, कोही थिएन। मैले सोधे  मृजन  भाउजु खै ? उसले के भनु ?...

“तिज विकृती होइन संस्कृती हो” भन्दै शितलको गित बजारमा

Spread the loveकाठमाण्डौ: शितल पाण्डे कानून ब्यवसायी सँगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी अदालतदेखि कानूनका धारा उपधाराको संयोजन मिलाउदै वहस मात्र गर्ने होइन संचारमाध्यममा विभिन्न प्रकारका गित संगीतको माध्ययमबाट...

बहुमुखी प्रतिभा सोनीको नयाँ पप गीत

Spread the loveप्रकाश समीर- काठमाडौ: भनिन्छ, कला, साहित्य र संगीतको कुनै जात, धर्म, वर्ण हुदैन । कला सबैमा हुन्छ । कसैसंग हाल्ने कला होला, कसैसंग नाँच्ने, केही संग गाउने, केही संग लेख्ने । प्रकृतिले...

कानूनी क्षेत्र प्यारो लागेकी नानीको अभिनय यात्रा

Spread the loveकाठमाडौं:  बिगत लामो समयदेखी नाट्य क्षेत्रमा काम गर्दै आईरहेकी नानी थापा यतिबेला कलाकारिताको अर्को खुडकिला पार गर्न सफल भएकी छिन । सिन्धुपाल्चोकमा हुर्किएकी नानीको सानै देखी कलाकारितामा रुचि र लगाव थियो । नानीलाई...