पत्नी र दुर्इ छोरा गुमाएका अब्दुल्लाहले भने आफ्ना सबै सपना हेर्दा हेर्दै सकिए

Loading...
Spread the love

टर्कीको समुद्री किनारमा एक तीन वर्षीय नाबालकको शव भेटिएपछि त्यसले विश्व जगतलार्इ नै स्तब्ध बनाएको छ ।

सिरियाबाट शरणार्थीकारुपमा युरोप पस्ने क्रममा बाबुआमाको हातबाट खस्न पुगेका ती नाबालकको शव समुद्री किनारमा घोप्टो परेको अवस्थामा भेटिएपछि युरोपमा शरणार्थी संकट भयावह देखिएको छ ।

ती शिशुको शव टर्कीको पर्यटकीय क्षेत्र नजिकैको समुद्री तटमा बालुवामा भेटिएको थियो । सिरियाली शिशु आफ्ना आमाबाबुका साथ डुंगा चढेर युरोप जाँदै गर्दा डुंगा डुबेको थियो । सिरियालीहरू आफ्नो ज्यानको जोखिम मोल्दै युरोपमा शरण लिन जाँदै थिए ।

Aylan Kurdi

समुद्री किनारमा तीन वर्षीय नाबालकको शव समुद्री किनारमा घोप्टो परेको अवस्थामा

तीन वर्षका ती नाबालकको नाम अयलान कुर्दी भएको थाहा भएको छ । अयलानले रातो रंगको टिसर्ट र नीलो कमिज पहिरेका थिए । सिरियाबाट डुंगा चढेर ग्रिस गइरहेका १२ जना सिरियाली नागरिकको समूहमा अयलानका आमाबाबु पनि थिए ।

CODEnfUWcAAKvJJ

समुद्री किनारमा मृत भेटिएका अयलानको तस्बिर अहिले विश्वभरका सञ्चारमाध्यममा छापिएको छ । विश्वभर यो तस्बिर सामाजिक सञ्जालमा लाखौंपटक सेयर भएको छ ।

विश्लेषकहरूले मध्यपूर्व र अफ्रिकी महादेशमा चर्कँदो युद्धकाकारण देश छाडेर लाखौं मानिस पलायन भएका छन् ।

abdullha kurdi

अयलानका पिताले भने-छोरो मेरो हातबाट झर्‍यो

बेलायती अनलाइन ‘डेली मेल’ यो तस्बिर छाप्दै मानवतामाथि आक्रमण भएको उल्लेख गरेको छ । इटालीलीको पत्रिका ‘ला रिपब्लिका’ ले संसारलाई उदास बनाउने तस्बिर उल्लेख गरेको छ ।

बेलायती पत्रिका इन्डिपेन्डेन्टले ‘यस्ता भयावह अवस्था देख्दादेख्दै पनि बेलायत शरणार्थीप्रति बदलिन सक्दैन भने कसरी अवस्था बदलिन्छ’ भनेर लेखेको छ ।
यो वर्ष मात्र साढे तीन लाखभन्दा बढी मानिसले उत्तर अफ्रिकादेखि युरोपको खतरनाक यात्रा गरिसकेका छन् । कतिपयलाई मानव तस्करले पनि गैरकानुनी रूपमा युरोप छिराउने गरेका छन् । बुधबारमात्रै करिब तीन हजार यस्ता व्यक्तिलाई समुद्री तटबाट उद्धार गरिएको छ ।

अयलानका पिताले भने-छोरो मेरो हातबाट झर्‍यो
समुद्री तटमार ज्यान गुमाएका बालक अयलानका पिताले छोरो समुद्र तर्ने क्रममा आफ्नो हातबाट फुस्किन पुगेको बताएका छन् । पत्नी र दुर्इ छोरा गुमाएका उनले आफ्ना सबै सपना हेर्दा हेर्दै सकिएका बताए ।

aylan kurdi- father and his brother

दुर्इ छोरा संग अब्दुल्लाह

विश्वलार्इ नै स्तब्ध बनाउने गरी छोराको तस्बिर बाहिर आएपछि पिता अब्दुल्लाले तीन वर्षीय छोरो आयलान, चार वर्षीय अर्को छोरो घालेब र पत्नी रिहानालार्इ आफूले गुमाउन पुगेको बताएका छन् ।
अब्दुल्ला कुर्दीले टर्किस डोगान समाचार एजेन्सीलार्इ बिहीबार आफूहरु चढेको डुंगा डुब्दाको क्षणबारे बताएका थिए ।

‘मैले आफ्नी पत्नीको हात पक्डेको थिएँ, त्यही बेला मेरो छोरो हातबाट खस्न पुग्यो’, उनले भनेका छन्, ‘त्यो बेला अँधेरी रात थियो । हरेकतर्फ गुहार लगाएको मानिसको पुकार र चिच्याहटमात्र सुनिन्थ्यो । हामी सानो डुंगामा अडिरहने कोशिसमा थियौं तर डुंगा भने समुद्रमा डुबिरहेको थियो ।’  (एजेन्सी)

Loading...

यसमा तपाइको मत

uncat बाट अन्य

नेपालमा विवाह सम्बन्धि कानून र मान्यता

Spread the loveविवाह मानिस परिवार प्रणालीमा प्रबेश गरे संगै विकाश भएको परिवार प्रणालीको एक महत्वपूर्ण र सुन्दर पक्ष विवाहित जोडीको विचको एक महत्वपूर्ण करार हो । यसको ऐतिहासिकता कानूनको भन्दा पुराना ेछ जसकारण हामी...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

Spread the love  पहिले चिकित्सकहरु पनि कालो कोट लगाँउथे । चिकित्सकहरु हात राम्ररी धुदैनथे । उनीहरु आफ्ना उपकरण (छुरी, कैची आदी) त कार्वोनिक अम्लमा डुवाँउथे तर अपरेशन गर्दा तिनै काला लामा दुर्गन्धीत ह्वार्लाङे कोट लगाँउथे...

कानूनको अनभिज्ञता Sudarsan Joshi

Spread the love यो बिषय देख्दा सामान्य देखिए पनि कानूनको कार्यान्वयन मा न्याय संग जोडेर हेर्दा अत्यन्त महत्वपुर्ण छ । बिश्वमा नै बिकसित हुदै आएका फौजदारी न्याय प्रणाली एबं बिधिशास्त्रका मान्यता वा सिद्दान्तहरुलाइ अध्ययन गर्दा...

टिकापुर घटना मुद्दाको फैसला पूर्ण पाठ

Spread the loveजिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेस्तेदार इन्द्रबहादुर...

बयान परिवर्तन गर्दा उच्च अदालतवाट कैद सजाय

Spread the loveजनकपुरधाम – सर्लाहीको साविक मोतिपुर गाविस–४ का ४५ वर्षीय भूपनारायण महतोले आफैंले दिएको उजुरी विपरीत अदालतमा झूटा बयान दिएको भन्दै उच्च अदालत जनकपुरले कैद र जरिवाना सजाय हुने फैसला गरेको छ । २०७२ भदौ...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the loveपीडा ‘निर्मला’को चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र तस्वीरमा सीमित रहनेछ, र तर्साउन...

Spread the loveकाठमाडौं: डा. गोविन्द केसीको अदालतको अवहेलना मुद्धामा कानून व्यवसायीहरुको छाता संगठन नेपाल वार एशोसिएसनले प्रधानन्यायाधीश गोपाल पराजुलीको बचाउ गर्दै करिव २ दिनपछि शुक्रबार विज्ञप्ती जारी गर्दै अनसन मार्फत न्यायालयमाथि दबाव नदिन डा....

अध्यादेस सन्दर्भमा राष्ट्रपति विरुद्ध रिट दर्ता

Spread the loveकाठमाडौँ — सरकारले पठाएको अध्यादेश राष्ट्रपतिले बिनाकारण रोक्नु गैरकानूनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले अविलम्ब अध्यादेश जारी गर्न आदेशको माग गर्दै सर्वोच्चमा निवेदन दिएका हुन् । उनले...

हैन, बरिष्ठ बाड्ने तरीका चै के र छ ?

Spread the loveसर्बोच्च अदालतले २७२ जना कानून ब्यवसायीलाई बरिष्ठ अधिवक्ताको उपाधी दिने गरि गरेको निर्णयमा एक न्यायधिसको फरक मत जाहेर भएको छ । अदालतले भरखरैमात्र २७२ जाना कानू ब्यवसायीलाई बरिष्ठको उपादी प्रदान गर्ने निर्णय...