नेपाल ल क्याम्पसद्वारा पहिलो पटक ‘रिक्रुटमेण्ट फेयर’ 

Loading...
Spread the love

भदौ १८, काठमाण्डौं । नेपाल ल क्याम्पसले आफ्नो कलेजले उत्पादन गरेका विद्यार्थीहरुलाई क्षमता र शैक्षिक गुणस्तरलाई विभिन्न संस्थाहरु माझ चिनाउने उद्देश्यले आयोजित  ‘रिक्रुटमेण्ट फेयर’ (Recruitment Fair) आयोजना गरेको छ ।

बि.ए.एलएल.बी.को अन्तिम परीक्षाको नतिजा पर्खिएर बसेका विद्यार्थीहरुको लागि क्याम्पसले उक्त मेलाको आयोजना गरेको हो । जहाँ ल फर्म, आइएनजिओ, एनजिओका प्रतिनिधिहरु आएर विद्यार्थीहरुसँग अन्तरवार्ता गरेका थिए । विद्यार्थीहरुले आफ्नो रोजाई अनुसारको क्षेत्रमा उपस्थित भएर अन्तरवार्ता दिएका थिए ।

Nepal law Campus

फेयरमा सहभागि हुदै एक विद्यार्थी

कार्यक्रमका संयोजक प्राध्यापक एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले कार्यक्रमले विभिन्न संस्थालाई हाम्रो उत्पादन एवं हाम्रा ल ग्र्याजुयट्सहरुको क्षमतालाई मूल्यांकन गरिदिनका लागि बोलाएको र त्यस्तै यो कार्यक्रमले विद्यार्थीहरुलाई पनि हिम्मत बढाउँने र आफू भविष्यमा जान सक्ने ठाउँहरुको पहिचान गराउन मद्दत गर्नेमा पनि विश्वस्त भएको वताए ।

‘भर्खरै कलेजबाट उत्तीर्ण भएका विद्यार्थीहरु कोरा हुन्छन्, उनीहरु काम लाग्दैनन्, उनीहरुसँग अनुभव हुँदैन भन्ने मान्यतालाई चिर्नका लागि हामीले यो कार्यक्रम आयोजना गरेका हौं । यो हाम्रो विद्यार्थीहरुको ‘क्वालिटी टेष्ट’ पनि हो’ कलेजका सहायक क्याम्पस प्रमुख बिबेक कुमार पौडेलले नेपाल कानूनलाई बताए । अब आँउदा बर्षहरुमा पनि उक्त कार्यक्रमलाई निरन्तरता दिदै जाने कुरा आयोजकले वताएको छ ।

Nepal law Campus
कार्यक्रममा सहभागी विद्यार्थी सबाना पौडेलले कार्यक्रमले त्यस्ता विद्यार्थीहरु जसको कानूनी पृष्ठभूमि छैन उनीहरुलाई मद्दत गरेको र कानून पढेपछि जान सक्ने क्षेत्रहरुको बारेमा जानकारी दिएको बताइन् । अर्की सहभागी रोशना प्रधानले कार्यक्रमले करियर काउन्सिलिङको भूमिका पनि निर्वाह गरेको भन्दै भविष्यमा जागिर खोज्ने क्रममा कुनै पनि संस्थाको तर्फबाट कस्तो प्रश्न आउँछ र आफूले कसरी त्यसलाई प्रतिक्रिया दिने भन्ने बारेमा पनि अनुभव भएको बताइन् ।

त्यस्तै कार्यक्रमका सहभागी कुञ्जन साह र दिलन श्रेष्ठले कार्यक्रमले विद्यार्थीहरुको द्विविधा हटाएको, अवसर देखाएको र विद्यार्थीलाई आफ्नो क्षमता देखाउने अवसर दिएको बताए, साथै कार्यक्रम एकदमै उपलब्धी मूलक रहेको पनि बताए । अर्की सहभागी सुब्रता लम्सालले कार्यक्रमले गर्दा आफूलाई कानून अध्ययन गर्नेको पनि अवसर धेरै छ भन्ने थाहा भएको र नेपालमा जागिर खान नातावाद कृपावादको सहारा लिनुपर्ने अवस्थामा कलेजले गरेको यो कामले सृजना गरेके भन्दै सराहनीय भएको बताइन् ।

कार्यक्रममा, अभिनव ल च्याम्बर, गान्धी एण्ड एसोसिएट्स, पायोनियर ल एसोसिएट्स, रिलायन्स ल फर्म, आईएलएफ नेपाल, ल्याक, समृद्धि फाउण्डेशन लगायतले विद्यार्थीहरुसँग अन्तरवार्ता लिएका थिए ।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विलम्ब र हदम्यादको सिद्धान्त फरक फरक हुन सर्बोच्च अदालतले आफ्नो फैसलामा लेखेको छ :

Spread the loveसबोच्च अदालतको माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत र माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारीको संयुक्त इजलासले मिति २०७५।१०।१४ मा उत्प्रेषणको मुद्दामा गरेको फैसलामा विलम्वको सिद्धन्त र हद्म्याद एकै नभएको भन्दै दुबैको सैदद्धान्तीक...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

घरमुलीकोे आफूखुसी बिक्री व्यवहारले मान्यता नपाउने

Spread the loveसर्वोच्च अदालत, संयुक्त इजलासवाट भएको फैसलामा घरमुली भई ब्यवाहर संचालनमा मुलिले सिमित संपती बेचविखन गर्न पाउने कानूनी ब्यवस्थामा पनी सर्त र अवस्था हेरिनु पर्ने भन्दै निम्न सिद्धान्त प्रतिपादन गरेको छ । मुद्दा :...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...