शिक्षकद्वारा विदेशी युवतीको हत्या

Loading...
Spread the love

भाद्र २०, पोखरा । भूकम्पपीडितलाई सहयोग गर्ने भन्दै नेपाल आएर झन्डै महिना दिनदेखि बेपत्ता अमेरिकी युवती पासपोर्ट नम्बर ४५१३८३८४७ की २६ वर्षीया डालीया यहीयाको धिताल ३ घर भई स्थानीय एक प्राथमिक विद्यालयका शिक्षक नारायण पौडेलले हत्या गरेको प्रहरीको दाबी छ।

गत साउन १९ मा पोखरा आएकी यहीया तीन दिनसम्म पौडेलेको पोखरा सिम्पानीस्थित कोठामा बसेकी थिइन्। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार कोच सरफर नामक इन्टरनेट साइटबाट व्यक्तिगत रूपमा म्यासेज आदानप्रदान गरी चिनजान भएपछि पौडेलको आग्रहमा यहीया नेपाल आएको खुलेको छ।

पोखरा आएपछि यहीयाले पौडेललाई फोन गरी आफू न्युरोडमा रहेको बताइन्। पौडेल आएर उनलाई मोटरसाइकलमा राखी कोठामा लगे। चार दिनसम्म सँगै बसे। साउन २२ को मध्यरातमा पौडेलले यहीयाको टाउकोमा हम्मर र काठको आग्लोले हानेर हत्या गरेको र हत्यापछि पोको पारेर पोखरा–बागलुङ राजमार्गको जौबारी नजिकै सेती नदीमा लगेर फालेको बयान पौडेलले दिएका छन् । उक्त दिन दिउँसो पौडेलले यहीयालाई पोखराका विभिन्न स्थान घुमाएका थिए।

अधिकारीका अनुसार पौडेलले यहीयासँग रहेको पैसा र आइफोनको लोभले हत्या गरेको भने पनि कारण यही हो भन्न नसकिने अवस्था छ। हत्यापछि उनले यहीयाको साथमा रहेको ५ हजार रुपैयाँ लिएका थिए भने आइफोन चलाएका थिए। आइफोनमा अमेरिकी दूतावासले सम्पर्क गरेपछि उनले त्यसलाई पनि सेती नदीमा लगेर फालिदिएका थिए। अमेरिकी दूतावासको टोलीले भदौ ११ मा पौडेलको कोठामा फोटोसहित यहीया हराएको सूचनासमेत टाँसेर छाडेको थियो।

अनुसन्धानकै क्रममा भदौ १७ गते पक्राउ परेका पौडेलले १८ गते दिउँसो जिल्ला प्रहरीको छतबाट हाम फालेर आत्महत्याको प्रयास गरे। यसले गर्दा अनुसन्धान प्रभावित भएको छ । उनको एक प्रेमिका पनि रहेको अनुसन्धानमा खुलेको र घटनापछि इज्जत र सजायको डरले आत्महत्याको प्रयास गरेको प्रहरीको अनुमान छ।

उनको दुवै खुट्टा भाँचिएको छ भने टाउकोमा पनि चोट लागेको छ। टाउकोको शुक्रबारै शल्यक्रिया गरिएको र केही दिनमै खुट्टाको पनि शल्यक्रिया गरिने डीएसपी अधिकारीले बताए। मनिपाल शिक्षण अस्पतालमा उपचाररत पौडेलको स्वास्थ्यमा सुधार भइरहेको छ।

पौडेलको कोठाबाट रगत लागेको सिरानी, डसना, केही लेडिज कपडा र सेती किनारबाट तन्ना यहीयाको सुरुवाल र शव मोटरसाइकलमा बाँधेको डोरीसमेत प्रहरीले बरामद गरेको छ। स्थानीय तहबाट सम्भव नभएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीबीआई० ले अनुसन्धानमा सघाइरहेको छ।

प्रहरीले यहीयाको शव खोजिरहेको छ। भासिएको सेती नदीमा समेत खोज्दा केही पत्तो नलागेको प्रहरीले जनाएको छ। पौडेलले यसअघि पनि विदेशी युवतीलाई कोठामा लैजाने गर्थे।

Loading...

यसमा तपाइको मत

अपराध र कानुन बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

उपाहार दिए पनी अपराध

Spread the loveआम जनताको जानकारीको लागि : आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ आमाको दुधको वाध्यात्मक बिकल्पलाई वनाइएका खाध्य बस्तु आमाको दुध आएको अवस्थामा कुनै पनी वाहानामा खुवाउन हुदैन भनी ल्याईको...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

मृत्युदण्डलाई मानव जीवनको अधिकार र पीडितको तर्फबाट हेर्दा अलग अलग चित्र देखिन्छ

Spread the loveडा. मदनकुमार भट्टराईको पुस्तक, हरिप्रसादले भारतीय कानून लगाएका थिएनन् भन्ने आदि र “जव ३० वर्षे व्यवस्थामा दमितहरु २०४६।१२।२७ पछि शक्तिमा पुगे मुख्यतः पात्र परिवर्तनलाई जोड दिंर्दै नयाँ संरचनाहरु खडा गर्न थालिए तर...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...