उनले पेस्तोल तेर्छ्याउदै भने, ‘तेरो अन्तिम इच्छा के छ भन ?’

Loading...
Spread the love
Balaram Samal

बलराम समाल !! फोटो टंक र्कीको फेसबुक वालवाट

प्रकृतिले वनाएको सुन्दर कोपिलामा अप्रकृतिक तत्वले विषदी हालेत फूल कसरि फक्रियोस कसरि फुलोस । कोपिलामै झल्किएको सुन्दरता कोपिलामा नै निमोठियो त के थाहा सुगन्ध फूल को कति हुने थियो कस्तो हुने थियो ।

कोपिलामै चुडिएका फूलको इतिहाँस भन्दा पनि उपन्यास नै हुन्छ रे इतिहाँस त जित्नेको न हो जिन्दगिको उचाई नलिदै हारेको जिन्दगी कतावाट सकोस समाजलाई योगदान दिन कतावाट वनोस इतिहाँस, केवल उपन्यास वन्ने लगभग अवस्था ।

इतिहाँसका योद्धा धेरैले सम्झिएका विश्वास गरेका निडर, शाहासि र विद्धान नेता बलराम समाल राम्रो इतिहाँस लेख्ने हैसियतमा देखिएका नेताको क्रुर दमन र यातनाको कारण वन्नलागेको उपन्यासको विलौना हुन माथिका हरफ ।

देखेर उसको चित्र मन् सारै अमिलो भयो ।
बिर्सिएउं इतिहास आज धुलोमा पुरियो गयो ।।
सम्झन्छु छत्तिस सालमा यो मान्छे जोशिलो कति ।
उचाल्थ्यो हज्जारौं मान्छे मोहनी लाउथ्यो अति ।।
सम्झन्छु एक दिन उसले सम्बोधन गरदै थियो ।
एक्कासि काठ मांडूमा दर्के झरी सुरु भयो ।।
के जादु लगायो कुन्नि मान्छे सब जहाँ को तहीं ।
लछप्पै भिजेर तालि मान्छेले ठोके को ठोकेइ।।
दरबार तिर तेर्स्याई चोरी औंला उ गर्जियो ।
तन्काइ निर्धक्क छाती मान्छे हाम्रो उ गर्जियो ।।

मदनको बाजे थ्यो बाबै दृष्टिकोण थियो सफा ।
पदको गरेन माग दृष्टिकोण अति सफा ।।
पिटाइ चुटाइ खायो विद्युतीय करेन्ट पनि ।
बि यल पढेको मान्छे आज यो हालत छ नि ।।
मगर जातिको सन्तान चुचेको हेलामा पर्यो ?
भो तेसो नभनम क्यारे गरिबको छोरो जो पर्यो।।

मानसिक रोग त्यो जाबो केइ होइन उपचार गरे ।
ओझेलमा परेर मान्छे हेर त जिउंदै मरे ।।
दौंतरी बलराम तिम्रा दश नंग्री खियाउँदै ।
हेर्लान कि यो तिम्रो चित्र आफ्नो आत्मा चियाउँदै ।।
तिमि जस्तै असरल्ल तपस्या हाम्रो नि भयो ।
रगत र पसिना हाम्रो खै कसको सम्पति भयो ?

सम्झदै सुर्यप्रसाद शर्मा

‘०३७ सालको कुरो हो जस्तो लाग्छ । उ बेला पोखरामा नमिता र सुमिताको बलात्कार पछि हत्या भएको थियो । दरबारका नातेदारहरु आरोपित थिए । हामीले बिरोधको कार्यक्रम गर्यौं । त्रिचन्द्रमा आम सभा भयो । त्यस आमसभामा बलराम समाल र अच्युत गौतमले पनि बोलेका थिए । लगत्तै उनीहरुहरुलाई प्रहरीले गिरफ्तार गर्यो । अच्युतालाई चौकी सार गर्दै हिडाएर पोखरा लग्यो । समालालाई महेन्द्र पुलिस क्लबमा हिरासतमा राख्यो । रत्न शमशेर राणा (कुनै माथिल्लो) पुलिस अफिसर थिए । समालालाई क्लबको छतमा लगेर उनले पेस्तोल तेर्छ्याउदै भने, ‘तेरो अन्तिम इच्छा के छ भन ?’  समालले हास्दै भने, ‘मलाई गोली ठोके पछि मेरा साथीहरुलाई भने खबर गरिदिनु होला ।’ उनले आफ्नो पेस्तोल होलेस्टरमा राखे र सलाम ठोके । यस्तो थियो मेरो साथि । टंक कार्की

समाल नेपाल ल क्याम्पसका पहिलो स्ववियु सभापति  हुन । २०३६ सालको विद्यार्थी आन्दोलनका बहुचर्चित नेता उनी हाल मानसिक रोगले ग्रस्त भएरआफ्नो गृह जिल्ला महोत्तरीको रामनगरस्थित आफ्नै निवासमा लामो समयदेखि विक्षप्त पिडामा छन् ।

उनको यो फोटो देखेपछि उनको उपचार गराउनका लागि उनका सकमकालीनदेखि हालका युवापुस्तासम्म जुर्मुराएका छन् । २०६२ सालका ल कलेजका उपभासपति टीकाध्वज खड्काले उहाँ गाउमानै रहेको वताउदै, २०३६ सालमा उहाँलाई इलेक्ट्रिक शक दिइएका कारण उहाँअहिले मानिसक रुपमा बिरामी हुनुहुन्छ । यही भदौ २५ गते समालको गाउँमा युवराज संग्रौला, टंक कार्की लगायत एक चिकित्सकलाई लिएर त्यसतर्फ जान लागेको पनि उनले बताए ।

नेपाल ल क्याम्पसमा आज समालले भाषण गर्दै रे भनेपछि काठमाण्डौका अधिकंस क्याम्पस पुरै रित्तै हुन्थे, पाँचायती निरंकुसताको र मण्डले भनाउदाहरुको जगजगीको विचमा स्वतन्त्रतार र न्यायकोलागि कुनै परिस्थितीमा पछि नहट्ने उनको शाहासको कुनै संग तुलना हुदैन । उनि मगरका छोरा हुन तर अंग्रेजी, संस्कृति लगायतका धेरै भाषाहरुमा पोख्त थिउ’ आफूले सुनेको कुरा खड्काले नेपालकानूनलाई बताए ।

अहिले उनका सहकर्मी एवं ल कलेजका पूर्व सभापतिहरुको पहलमा उनलाई काठमाण्डौं ल्याउने तयारी भइरहेकोछ । उनको बारेमा थाहा पाएपछि :

समालको वारेमा युवराज संग्रौला भन्छन : समाल र म त्यतिबेला सँगै पढ्थ्यौं । विद्यार्थी आन्दोलनमा हामी सँगै जेल पनि गएका थियौं । ऊ मभन्दा एक ब्याच अगाडि थिए । त्यतिबेला पहिलो पटक नेपाल ल क्याम्पसको स्ववियू सभापति पनि भएका थिए र उनले अत्यधिक भोट पाएका थिए ।

सायद उसले जति धेरै भोट पहिला कसैले पाएको थिएन । असल साथी, राम्रो नेता थियो ऊ । २०३६ सालमा पटक पटक जेल पर्दा पाएको यातनाहरुले गर्दा उसको त्यतिबेला नै मानसिक असर परेको लक्षणहरु बेला बेलामा देखिन्थ्यो । त्यही कारणले होला उसले पढाईलाई पनि निरन्तरता दिएन, अहिलेको जस्तो हात हातमा फोन या सामाजिक संजालको सुविधा थिएन त्यतिबेला र मेरो पनि उसँग सम्पर्क टुट्यो ।

समालकै सम्झनामा हिक्मत कार्की :  उहाँ हाम्रो अग्रज वकिल एवम् नेता हुनुहुन्छ । २०३६ सालमा नेपाल ल क्याम्पसमा अनेरास्ववियूका तर्फबाट सभापतिमा चुनाव जित्नुभएको थियो । पछि २०३७ सालमा नमिता सुनिता हत्याकाण्डको बिरोधमा अनेरास्ववियूले गरेको कार्यक्रममा उहाँ गिरफ्तार हुनुभयो । त्यो समयमा उहाँलाई दिएको यातनाले गर्दा उहाँको मानसिक अवस्थामा खलल पुग्न गयो । त्यतिबेला देखि नै उहाँ उपचार गर्दै हुनुहुन्थ्यो । त्यसपछि उहाँको ल फर्म चलेन ।

पछि महोत्तरीमा नै गएर उहाँले पार्टीकै काम गर्न थाल्नुभयो । उहाँ अहिले मानसिक रुपमा बिरामी हुुनुहुन्छ, किनभने उहाँको आर्थिक अवस्था पनि कमजोर र परिवारले पनि उपचार गर्न सकिरहेको छैन ।

त्यसैले उहाँलाई हामीले उहाँको उपचार होस् र बाँकी जीवन सहज तरिकाले बितोस् भनेर तीन चार वटा समूह लागि परेको छ जसमा नेपाल ल क्याम्पसका स्ववियूका पूर्व सभापतिहरु, उहाँलाई चिन्ने एमालेका नेता कार्यकर्ताहरु, महोत्तरी/जनकपुर लगायतका क्षेत्रका नेता कार्यकर्ताहरु र उहाँका समकालीनहरु मिलेर कोष जम्मा गर्ने र औपचारिक रुपमा नै दुई÷तीन दिनभित्र काम गर्ने तयारी भइरहेकोछ ।

समालको वारेमा नेपाल ल क्याम्पसका पुर्व स्ववियु सभापति चन्द्र शाही भन्नुहुन्छः म २०६० सालको नेपाल ल क्याम्पसको सभापति हुँ । मैले उहाँको बारेमा सुनेको थिएँ उहाँका समकालीनहरुबाट । कसैको बारेमा बोल्न नडराउने एकदमै निर्भिक वक्ता हुुनुहुन्थ्यो रे उहाँ । २०३६ को सेरोफेरोमा कतै भाषण या आन्दोलन गर्नुप¥यो भने वक्ता नै बलराम समाल हुनुहुन्थ्यो रे ।

मानिसहरु पनि बलराम समालले भाषण गर्दैछ भनेपछि आउने नत्र नआउने त्यस्तो माहोल उहाँले बनाउनुभएको थियो भन्ने मैले सुनेकोछु । उहाँ अहिले बिरामी हुनुहुन्छ । उहाँलाई हामीले २०५८ सालतिर नै उहाँको विषयमा कुरा उठेको थियो र २०६२/६३ देखि नै उहाँलाई केही न केही रुपमा सहयोग गरिरहेका छौं ।

उहाँका छोराछोरीलाई पनि त्यही सहयोग अनुरुप राजधानीमा अध्ययनको वातावरण बनाइएकोछ । उहाँको उपचारको लागि भने पूर्व सभापतिहरुको समूह मिलेर यही २५ गतेदेखि सक्रिय रुपमा सहयोग गर्ने कुरा भएको यभियानता मद्धेका एकले नेपाल कानूनलाइै वताए ।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...