सम्झौता कार्यान्वयन नभए पुन: अनसन बस्ने: डा. केसी

Loading...
Spread the love

भदौ २२, काठमाण्डौ । चिकित्सा शिक्षा क्षेत्रको समग्र सुधारको माग राख्दै आएका डाक्टर गोविन्द के सीले दुईदिन अघिमात्र छैटौ पटकको अनसन टुङयाएका थिए । डा. केसीले आफ्ना माग माथि सम्बोधन नभए पुनस् अनसन बस्ने चेतावनी दिएका छन् ।

Solidarity Dr. Kcसरकारले सम्झौता ग्रहण गरेर सिट, शुल्क र मेरिटमा भर्नासम्बन्धी भएकबुँदाको कार्यान्वयनका लागि सम्बन्धित निकायहरुलाई निर्देशन दिइसक्ने तथा चिकित्सा शिक्षा आयोग गठन गर्ने काम नगरेमा शुक्रबारदेखि पुन अनसन बस्ने डा. केसीले चेतावनी दिएका हुन् । छैटौं पटक १४ दिन लामो अनसन पश्चात सरकारले डा. केसी सँग ११ बुँदे सम्झौता गरेको थियो ।

डा. केसीको विज्ञप्तिको पूर्णपाठ

आदरणीय पत्रकार मित्रहरु स्वास्थ्य र चिकित्सा शिक्षाको क्षेत्रमा सुधारका लागि राज्यलाई दबाब दिने क्रममा विभिन्न समयमा सम्झौताहरु भएर आन्दोलन टुंगिने गरेको विदितै छ । पछिल्लो पटक आमरण अनशन तोड्ने क्रममा ११ बुँदे सहमति भई उक्त सहमतिलाई त्यसपछि बस्ने मन्त्रीमण्डलको पहिलो बैठकबाट पास गराउने सम्झौता भएको थियो ।  त्यसको विपरीत हिजोको मन्त्रीमण्डलको बैठकबाट उक्त सहमति पारित गराउनुको सट्टा त्यसलाई थन्क्याएर अहिलेको भद्रगोल कायम गर्ने नियत प्रष्ट पारिएको छ ।

त्यसले हालसम्म यो क्षेत्र सुधारका लागि जति उपलब्धि हासिल भएका थिए, ती सबै गुम्नेस्थिति देखा परेको छ। खास गरी यो क्षेत्रलाई दीर्घकालसम्म सुधार्ने गरी आएका चिकित्सा शिक्षा आयोग र चिकित्सा शिक्षा नीति निर्माणको प्रक्रियालाई राज्यका जिम्मेवार मानिसहरुले अवरुद्ध पार्न खोजेको देखिन्छ।  यो दुखद परिस्थितिमा राज्य पक्षको बेइमानी र नालायकीको जति निन्दा गरे पनि कम हुन्छ। देशको मुख्य सचिव र योजना आयोगको उपाध्यक्षले हस्ताक्षर गरेको सहमति राज्यले मान्दिन भन्नुजस्तो गैर–जिम्मेवार र लाजमर्दो कुरा अरु हुन सक्दैन ।

भ्रष्ट, अपराधी र माफियाले प्रधानमन्त्रीलगायत मन्त्रीमण्डललाई नै खरीद गरेका हुन् वा तिनको डरले आम मानिसको हितमा एउटा कदम पनि राज्यले उठाउन सक्दैन भने त्यो दुर्भाग्यपूर्ण अवस्था अन्त गर्न हामी सबै आआफ्नो ठाउँबाट लाग्नै पर्ने भएको छ । राज्य विधिले नचलेर माफियाहरुको धम्की, घुर्की र घुसले चल्ने हो भने संविधान नै केका लागि बनाउने भन्ने गम्भीर प्रश्न उठ्न गएको छ । एउटा सामान्य सम्झौता नमान्ने राजनीतिज्ञहरुले संविधानमा लिपिबद्ध हुने हजारौं कुराहरु कसरी मान्लान् भन्ने अर्को प्रश्न पनि यहाँ खडा भएको छ ।  

यो राज्य कसको होरु हाड घोटेर कर तिर्ने अनि भोकै, अशिक्षित र रोगी भएर मर्ने नेपालीहरुको कि अरबौंदेखि खरबौंसम्म भ्रष्टाचार गरेर देशलाई अन्धकारमा धकेल्ने भ्रष्ट नेताहरुकोरु नेतालाई जिताएर पठाउने दुरदराजका समेत जनता थिए कि करोडौं घुस ख्वाउन सक्ने सीमित धनाढ्यहरुरु आफैं जानेर गर्नुपर्ने कामलाई हामीले दबाब दिएर गर्छौं भनेपछि समेत त्यसबाट पछि हट्ने कस्तो नैतिकता हो योरु यो भद्रगोल परिस्थितिमा बेइमान राजनीतिज्ञहरुका आश्वासन सुनेर बस्ने हो भने अहिलेसम्मका सबै उपलब्धि गुम्नेमा शंका छैन ।  

त्यसैले यसै प्रेस विज्ञप्तिमार्फत् आउँदो भाद्र २४ गते बिहीबारसम्म हामीसँग भएको सम्झौता अक्षरशः पालना गर्न नेपाल सरकारलाई अल्टिमेटम दिन चाहन्छु। तबसम्म मन्त्रीमण्डलले सम्झौता ग्रहण गरेर सिट, शुल्क र मेरिटमा भर्नासम्बन्धी बुँदा कार्यान्वयनका लागि सम्बन्धित निकायहरुलाई निर्देशन दिइसक्ने तथा चिकित्सा शिक्षा आयोग गठन गर्ने काम गरेन भने यही भाद्र २५ गते शुक्रबारदेखि पुनः आमरण अनशन बस्ने जानकारी गराउन चाहन्छु ।  

स्मरण रहोस्, भाद्र १९ गतेको सहमतिमा निजी मेडिकल कलेजहरुका सरोकारसमेतलाई ध्यानमा राखेर माथेमा प्रतिवेदनका सुझावमध्ये धेरैमा बीचको बाटो अपनाइएको थियो। निजी मेडिकल कलेजका सञ्चालकहरुसितको अनौपचारिक समझदारीमा नै एमबीबीएसको सिट संख्या एकैचोटि नभई क्रमशः घटाउने, शुल्क दुई दुई वर्षमा समायोजन गर्ने र विदेशी विद्यार्थीहरुका लागि साझा राष्ट्रिय परिक्षाको विकल्पमा स्याट राख्नेजस्ता उपाय अपनाइएका थिए।

अहिले आएर निजी कलेजको हाउगुजी देखाएर माथेमा प्रतिवेदन, हामीसँगको सम्झौता र समग्र सुधारको प्रक्रिया अवरुद्ध पारिन्छ भने त्यो कुनै पनि हालतमा सह्य हुने छैन।  अन्तमा विगतमा झैं अबको आन्दोलनमा पनि सबै पक्षको साथ र सहयोगको अपेक्षा गर्दै,

डा.गोविन्द केसी त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, काठमाण्डौ

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...