लाखौ मानिसको मृत्युसँग गुलियो पेय पदार्थको सम्बन्ध

Loading...
Spread the love

गुलियो पेय पदार्थलाई दोस्रो प्रकारको मधुमेह लगायत अन्य कयौ विरामीमा दोषी मानिएको छ । त्यस प्रकारका पेय पदार्थ पिएपछि हाम्रो शरिरमा पर्ने पर्ने दुष्प्रभाव एक अनुसन्धानले औल्याउदै कोकाकोला प्रति सचेत पारेको छ ।

एउटा क्यान कोकाकोला पिएको १ घण्टाभित्र शरिरमा पर्ने प्रभाव गम्भीर खालको हुन्छ । मात्र ३५४ मिलिलिटर कोकाकोलामा लगभग १० चियाचम्चा चिनी हालिएको यो स्वास्थ्यको लागि उपयोगी मानिएको छैन । यस हिसाबले कोकाकोलाको एउटा क्यानबाट हामी १० चम्चा चिनी आफ्नो शरिरमा हालिरहेका छौ ।

Cold Drinksजबकि विश्व स्वास्थ्य संगठनले दैनिक छ चम्चा भन्दा बढी चिनी खान नहुने सुझाव दिएको छ । गुलयो पेय पदार्थको उपभोगको सम्बन्धमा विभिन्न रोगसँग रहेको विभिन्न अनुसन्धानबाट स्पष्ट पारिसकेको पनि छ । हार्वर्ड स्कुल अफ पब्लिक हेल्थका अनुसार जसले कोकाकोला जस्तो पेय पदार्थ एउटा वा दुईवटा क्यान दैनिक पिउछ, उसलाई दोस्रो प्रकारको मधुमेह हुने संभावना २६ प्रतिशले बढ्छ ।

विश्वमा प्रतिवर्ष १ लाख ८४ हजार मानिसको मृत्युसँग गुलियो पेय पदार्थको सम्बन्ध रहेको बताइन्छ । ब्रिटेनका फर्मासिस्टनिरज नाइकले तयार पारको इन्फोग्राफिकले ३३० मिलिलिटरको एउटा क्यान कोकाकोला पिएको १ घण्टा भित्र शरिरमा पर्ने दृष्प्रभाव स्पष्ट पार्न खोजेको छ । असिम आनन्द महसुस गराउने मस्तिष्कको भागलाई उत्तेजित पार्ने भएकोले कोकाकोलालाई हिरोइन सँग तुलना गर्दै अत्याधिक गुलियोका कारण हामीलाई त्यो पिएपछि वाकवाकी लाग्नु पर्ने हो तर त्यसमा हुने फस्फोरिक एसिडले गुलियो मत्थर गराई पेय पदार्थ पेटमा पुग्न वातावरण तयार गर्ने जानकारी दिइएको छ ।

यसैगरी, नाइकका अनुसार कोकाकोला पिएको २० मिनेटमै हाम्रो रगतमा चिनीको मात्रा नाटकीय रुपमा वृद्धि हुने भएकोले प्यानक्रियाज माथि एकैपटक धेरै इन्सुलिन बनाउन दबाब पर्ने गर्दछ । यसरी रगतमा बढेको चिनीको मात्रालाई कलेजोले नियन्त्रणमा ल्याउन बोसोमा परिणत गरि संचित गर्न थाल्छ ।

कोकाकोला पिएको ४० मिनेट भित्र शरिरले त्यसमा हुने सबै क्याफिन अवशोषित गरी आखाको नानी फैलाउने र रक्तचाप बढाउने काम गर्दछ । यस अवस्थामा मस्तिष्कमा रकेको एडेनोसिन उत्पादन बढछ । डोपामिन एक न्युरोट्रान्समिटर हो, जसले मस्तिष्कको केन्द्रमा आनन्द महसुुस गराउने भागलाई नियन्त्रण गर्छ । इन्फोग्राफिकका अनुसार कोकाकोलाले मस्तिष्कमा पार्ने यस प्रकारको प्रभावलाई हिराइनको प्रभावसँग दाज्न मिल्छ । जसले हामीलाई पुनः सो पदार्थ पिउन उत्प्ररित गर्दछ । कोकाकोला पिएको एक घण्टापछि शरिरमा चिनीको मात्रा कम हुन सुरु भएर मानिस चिढचिढे हुनुको साथै उसलाई आलस्य लाग्न थाल्छ ।

पिसाव पनि बढी लाग्नाले शरिरमा पानी तथा खनिज र पोषको कमी हुन्छ । नाइकले कोकाकोलामा मात्र इन्फोग्राफिक लागु नभई केफिन र गुलियो हालिएको सबै पेय पदार्थसँग यसलाई जोडेर यसमा प्रशोधितन नुन र केफिन पनि छ , यी तत्वको नियमित उपभोगले उच्च रक्तचाप, मुटुको रोग, मधुमेह र मोटोपना हुन्छ । अर्काे तर्फ यो रिपोर्ट बाहिर आएपछि कोकाकोला कम्पनीका प्रवक्ताले प्रेस विज्ञप्ती मार्फत आफ्नो उत्पादन पिउनका लागि सुरक्षित रहको र सन्तुलित आहारको एक भागको रुपमा यसलाई मज्जाले उपभोग गर्न सकिने कुरा दाबी गरेका छन् । स्रोत:  आमुल परिवर्तन मासिक

Loading...

यसमा तपाइको मत

रोचक प्रसंग बाट अन्य

प्रेम गरेको अभियोगमा ८१ वर्षीय वृद्धलाई गाउँ निकाला

Spread the loveगुल्मी: गुल्मीको अर्बेनी गाविस ५ का ८१ वर्षीय वृद्ध लालबहादुर सुनारले सोही गाउँकी ४२ वर्षीया सावित्री न्यौपानेसँग प्रेम सम्बन्ध राखेको भन्दै स्थानीयले उनीहरुलाई कुटपिट गरी गाउँ निकाला गरेका छन् । पुस १...

सानै उमेरमा नियुक्ति दिएको भन्दै विवादीत बनिन अधिवक्ता अन्ना

Spread the loveयुक्रेनमा भ्रष्टाचारविरोधी आयोगको नेतृत्व २३ वर्षकी महिला वकिल अन्ना कलिनचुकलाई दिएपछि विरोध सुरु भएको छ । पछिल्ला केही दिनयता युक्रेनको सर्वोच्च पदमा नियुक्त भएकी उनी दोस्री महिला हुन् । यसभन्दा अगाडि युक्रेनको आन्तरिक...

कैदीबिच कुटाकुट हुँदा ८ घाइते

Spread the loveमहोत्तरी: जलेश्वर कारागारमा कुटाकुट हुँदा ८ जना घाइते भएका छन् । टाउकोमा चोट लागेका उनीहरुलाई उपचारको लागि जलेश्वरस्थित कान्ति सामुदायिक अस्पतालमा लगिएको छ । कारी साह भन्ने भाइ नाइकेलाई सन्दोष पण्डित नामको कैदीले...

बाँदरको विषयलाई लिई दुई समुदायबीको झडपमा २० को मृत्यु

Spread the loveएउटा बाँदरका कारण २० जनाले ज्यान गुमाउनु परेको घटना अनौठो लाग्न सक्छ । तर एउटा बाँदरका कारण लिबियामा दुई समुदायबीच हिंस्रक झडप हुँदा २० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । लिबियाको दक्षिणी...

भारु नोटमा प्रतिबन्ध लगाएसँगै कालोधन जम्मा गर्नेको होस गुम्दै

Spread the loveभारतको रायचुरमा भारु पाँच सय र एक हजारका नोट बोकेर गुडिरहेको एक ट्रक बाटोमा पल्टिदा सडकमा पैसाको थुप्रो लागेको छ । घटना सिन्धानर तालुकाको मुन्नातागी क्याम्प नजिकैको हो । सोमबार जब ९ वटा...

प्रेमजोडीको गन्तव्य बन्यो प्रहरी भवन

Spread the loveकाठमाण्डौ: स्थानीयले प्रहरीका लागि बनाइदिएको भवन अहिले प्रेमजोडी बस्ने घर बनेको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान-रुकुम सडक खण्डको हर्नेटीनजिकै डगैरामा स्थानीय समुदायले अस्थायी प्रहरी पोस्ट स्थापनाका लागि निर्माण गरेको भवनमा प्रहरी...

टेनिस महिला खेलाडीको सुन्दरताले फिदा भए ट्रम्प

Spread the loveडोनाल्ड ट्रम्पले पछिल्लो दिनमा सबै पूर्वानुमानलाई चुनौति दिँदै अमेरिकी राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टनलाई हराएका थिए । महिलाहरुसँगको सम्बन्धले विवादमा आइरहने ट्रम्प एक टेनिस खेलाडीको सुन्दरताले फिदा नै भइसकेका छन् । ट्रम्पका अनुसार अहिलेसम्म...

हाडनाताको करणीले अन्तत पायो कानूनी मान्यता

Spread the loveकाठमाडौं: बाबुछोरीको सम्बन्ध पवित्र भनेको हाडनाताको सम्वन्ध सँगै पवित्रध सम्बन्ध मानिन्छ तर यहाँ एक पुरुषले आफ्नै भतिजीसँग अवैध सम्बन्ध राख्ने गरेको थाहा हुन आएके छ । उक्त घटना सँगै रोचक कुरा अदालतको फैसलालाई...

अनुमति विना तस्विर प्रकाशन गरेको भन्दै मुद्धा दर्ता

Spread the loveकसैको सहमति विना तीसवर खिच्नु पनि गैरकानूनी काम हो । यहाँ यस्तै घटना भएको अमेरिकाको लस एन्जलस प्रहरीले लज्जाजनक तस्वीर लिएको अभियोगमा प्लेव्वाई म्यागजिनकी मोडल डेनी म्यादर्सबिरुद्ध मुद्धा दर्ता गरेको छ । डेनीले...

बाँचुन्जेल बाटो खन्ने ७२ वर्षीय साहासी वृद्ध ओली

Spread the loveकाठमाण्डौ: परिवारमा सात सदस्यमध्ये ६ जना दृष्टिविहीन । काम गर्न सक्ने उनी मात्रै एक्लो सदस्य, त्यो पनि सात दशक काटेका वृद्ध । श्रीमतीसहित परिवारका सदस्यको हेरचाह अनि चौपायालाई घाँसपात गर्दैमा उनलाई फुर्सद...