नेपाली कागज पनि नक्कली

Loading...
Spread the love

जेठ २३, काठमाडौ । वनस्पतिको रेशाबाट बनाइने नेपाली कागज बलियो र टिकाउ हुने भएकाले धेरै सरकारी कामकाजमा यसको प्रयोग हुँदै आएको छ ।

अदालतहरुमा टिप्पणी उठाउन, जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता जस्ता पञ्जीकरणका काम, बैङ्कको तमसुक बनाउन यसकै प्रयोग हुन्छ । विवाह ब्रतबन्ध जस्ता सामाजिक कार्यको निम्तो कार्ड, शुभकामना र भिजिटिङ कार्डहरुमा पनि नेपाली कागज नै रोजाइ बन्ने गरेको छ ।

उच्च पहाडी र हिमाली क्षेत्रमा पाइने वनस्पति लोक्ता (चाल्ने सिस्नो) को बोक्रालाई प्रशोधन गरेर बनाइने नेपाली कागज सबैभन्दा राम्रो र टिकाउ मानिन्छ । त्यसैले लामो समयसम्म सुरक्षित राख्नुपर्ने कागजातहरु यसमा नै लेख्ने प्रचलन रहेको धादिङ सल्यानटारका नेपाली कागज उत्पादक सानुकाजी श्रेष्ठ बताउनुहुन्छ । नेपालमा खपत हुने नेपाली कागज कुल उत्पादनको २० प्रतिशत मात्र हो, बाँकी ८० प्रतिशत त विदेश निर्यात हुन्छ  ।

तर हिजोआज धेरै नाफा कमाउने लोभमा कमसल खालको नेपाली कागज उत्पादन गर्ने क्रम बढेको छ । कच्चा पदार्थ लोक्ता खोज्न धेरै टाढा जानुपर्ने, त्यसबाट बनाउँदा महङ्गो पर्ने र थोरै नाफा हुने भएकाले बाबियो, भाँगोको बोक्रा र अर्गेली मिसाएर सस्तोमा कागज बनाउने क्रम बढेको कागज उत्पादकहरु बताउँछन् ।

यसरी बन्ने कमसल नेपाली कागजले सक्कली नेपाली कागजको स्वदेशी र विदेशी बजार बिगारेको मनासलु नेपाली कागज उद्योगका सञ्चालक श्रेष्ठ बताउनुहुन्छ । ‘सस्तो मुल्यमा पाइने यस्ता कागजले गर्दा हामीले उत्पादन गर्ने नेपाली कागज महङ्गो भन्दै बिक्न छोडेको छ’ उहाँ भन्नुहुन्छ ‘त्यसैले हाम्रा कागजहरु स्टक बस्न थालेको छ ।’

सानुकाजीले धादिङको उत्तरी गुम्दी, रि, लापा, तिप्लिङ, झार्लाङ, सेर्तुङ र दार्खा गाविसको लेकबाट धार्नीको ३ सय ५० रुपैयाँ तरेर लोक्ता किन्नुहुन्छ । त्यसको ढुवानी, सामुदायिक वन समूह र गाविसलाई रोयल्टी तिरेर उद्योगसम्म ल्याउँदा धार्नीको पाँच सय रुपैयाँ पर्न आउँछ । ‘यसरी ल्याएको लोक्ताबाट कागज बनाउँदा १ कोरी (२०० थान) बनाउँदा १ हजार ५ सय रुपैयाँ पर्छ, तर अहिले बजारमा ११ सय रुपैयाँमा कागज बिक्री भइरहेका छन्’ श्रेष्ठ भन्नुहुन्छ ।

लोक्ताबाट बनेको नेपाली कागजमा प्रशस्त भुवा हुने भएकाले वर्षौसम्म किराले काट्न सक्दैन । तर बाबियो मिसाएर बनाएको कागजमा भुवा कम हुने भएकाले २/३ वर्षमा नै किराले प्वाल पार्न थाल्ने म्याग्दी पाखापानीको धौलागिरी हर्बस् प्रशोधन लघु उद्योगका सञ्चालक खम्बिर पाइजा बताउनुहुन्छ । बजारमा कमसल खालको कागज आउन थालेको ५ वर्ष जति भयो । यसले कागज बेच्न निकै समस्या पारेको उहाँको भनाई छ ।

‘कागज चिनेर सक्कली किन्नेहरु पनि छन्, तर सबैलाई बुझाउन सकिदैन’ पाइजा भन्नुहुन्छ । हिजोआज ५० ग्रामको नेपाली कागज १ कोरीको ५ हजार र २० ग्रामको नेपाली कागज कोरीको ३ हजार रुपैयाँ पर्छ । तर कमसल खालको कागज बनाएर आधा मुल्यसम्म बिक्री भएको पाइएको जाजरकोटका नेपाली कागज उत्पादक चन्द्रबहादुर घर्ती बताउनुहुन्छ ।

सरकारी कार्यालयहरुले नै कमिसनको लोभमा कमसल खालको कागज किन्न थालेको कागज उत्पादकहरुको गुनासो छ । ‘सरकारले नेपाली कागज खरिदका लागि छुट्याएको बजेट सस्तो नेपाली कागज किनेर कमिसन खानेहरु बढेका छन्’ सानुकाजी भन्नुहुन्छ ।

लोक्ता पूर्वी र मध्यपश्चिम पहाडी जिल्लाहरुमा प्रशस्त पाइन्छ । पश्चिमाञ्चलका पनि केही जिल्लाका वनहरुमा प्रशस्त लोक्ता छ । तर संरक्षणको अभावमा लोक्ताको जंगल घट्दै गइरहेको छ । यसले गर्दा लोक्ताको मूल्य वर्षेनी बढ्दै गइरहेको छ । लोक्ता महङ्गो पर्न थालेपछि बाबियो र अरु झारपातहरु मिसाएर कमसल कागज बनाउने क्रम बढेको हो । ‘पहिले बलियो कागज बनाउनेहरु नै अहिले धेरै कमाउने आशमा कमसलतिर आकर्षित भएका छन्’ म्याग्दीका खम्बिर भन्नुहुन्छ । लोक्ताको संरक्षण नगर्ने र गुणस्तरिय नेपाली कागजलाई प्रोत्साहन नगर्ने हो भने बलियो र टिकाउका लागि प्रयोग गरिने नेपाली कागज हराउन पनि सक्ने उहाँको भनाई छ ।

विनोद ढकाल/उज्यालोवाट

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...