चेक अनादरको मुद्दालाई आफू अनुकुल प्रयोग गरिँदै

Loading...
Spread the love
जेठ २३, काठमाडौ । कानुनी अस्पष्टताका कारण चेक अनादर समस्या बढेको सम्बन्धित विज्ञले बताएका छन्। चेक अनादर हुँदा विशेषगरी तीनवटा कानुन आकर्षित हुने भए पनि कुनबाट मुद्दा चलाउने भन्ने विषय स्पष्ट नभएको विज्ञले बताएका छन्। सामान्यतया खातामा रकम नभएको अवस्थामा चेक बाउन्स हुनुलाई अनादर भनिन्छ।
Seminar about check bounce
राष्ट्रिय बैंकिङ प्रतिष्ठान र पुनरावेदन अदालत पाटनले संयुक्त रुपमा गरेको कार्यक्रममा चेक अनादरको मुद्दालाई आफूअनुकुल प्रयोग गरिँदै आएको अधिवक्ता विनय रेग्मीले बताए। रेग्मीले ‘चेक अनादरः कानुनी व्यवस्था र व्यवहार’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।
चेक अनादर भएमा विनिमय अधिकारपत्र ऐन २०३४, मुलुकी ऐन ठगी महल र बैंकिङ कसुर तथा सजाय ऐन २०६४ आकर्षित हुने बताउँदै उनले आफू अनुकुल मुद्दा चलाउँदै आएको बताए। यसमध्ये सबैभन्दा धेरै मुलुकी ऐनअन्तर्गत मुद्दा चलेको उनले जानकारी दिए।
कारबाहीको प्रकृति र दण्ड जरिवानाको व्यवस्था हेर्दा पीडकलाई पनि बढीभन्दा बढी कष्ट पुगोस् भन्ने मनसायले ठगी महल र बैंकिङ कसुरसम्बन्धी ऐनलाई समेत टेकेर कारबाही गर्ने देखिएको रेग्मीले बताए। त्यस्तै ठगी महलमा ब्याज भराउने व्यवस्था नहुँदा विनिमय अधिकारपत्र ऐन २०३४ लाई पनि छोड्न नसकेको उनको कार्यपत्रमा उल्लेख छ।
कतिपय अवस्थामा भने दुई–दुई ऐन लगाएर मुद्दा चलाएको पाइएको बताउँदै उनले विनिमय अधिकारपत्र ऐनलाई जोड दिनुपर्ने बताए।
छलफलमा भाग लिँदै केन्द्रीय अनुसन्धान ब्युरोका एसपी पीताम्बर अधिकारीले पछिल्लो समय आर्थिक अपराध धेरै बढेको बताउँदै यसलाई रोक्न कडा कानुन आवश्यक रहेको बताए। ‘बैंकिङ कसुरमा अहिलेसम्म १८ अर्ब बिगो बराबरको मुद्दा चलिसकेको छ,’ उनले भने, ‘यो सम्पूर्ण चेक अनादरको १० प्रतिशतमात्र हो।’ चेक अनादरको समस्या धेरै आएको र ‘जेनुइन’ केसमा मात्र मुद्दा चलाएको उनले बताए।
कार्यक्रममा राष्ट्र बैंकको प्रतिनिधित्व गर्दै तेजप्रसाद शर्माले चेक अनादरको विषयमा विनिमय अधिकारपत्र ऐनबाटै मुद्दा चलाउनुपर्ने बताए। विनिमय अधिकारपत्र ऐनमा पनि केही समस्या देखिएको बताउँदै उनले भने, ‘राष्ट्र बैंकले विनिमय अधिकारपत्र ऐन सुधार गर्न अर्थ मन्त्रालयलाई सुझाव दिएको छ।’
पुनरावेदन अदालत पाटनका न्यायाधीश द्वारिकामान जोशीले विनिमय अधिकारपत्र ऐनमा पर्याप्त निक्षेप नभएको अवस्थामा मात्र चेक अनादर हुन्छ भनेकाले चेक अनादरको सबै विषयलाई समेट्न नसकेको बताए। ‘चेक बन्द भएको, खाता रोक्का भएको अवस्थामा चेक अनादर हुन्छ, यस्ता विषय अदालतमा आयो भने के गर्ने?’ जोशीले भने। कार्यक्रममा सम्बन्धित विज्ञले दस–बाह्र अवस्थामा चेक अनादर हुने बताए।
पुनरावेदन अदालत पाटनका बाबुराम रेग्मीले सहकारीले पनि चेक प्रयोग गर्ने तर यिनीहरूको चेक अनादर हुने–नहुनेबारे कानुनमा स्पष्ट उल्लेख नभएको बताउँदै विनिमय अधिकारपत्र ऐनले समात्छ कि समात्दैन भन्ने स्पष्ट हुनुपर्ने बताए।
कृषि विकास बैंकका थीरबहादुर कार्कीले कृषि विकास बैंक र वाणिज्य बैंकको चेक अनादरमा त्यहाँका कर्मचारी संलग्न रहेको खण्डमा यसलाई भ्रष्टाचार ऐन अन्तर्गत राख्न मिल्ने कि नमिल्ने भन्ने प्रश्न गरे। बैंकिङ कसुर ऐनमा १० हजार जरिवाना तोकिएकाले धेरै ठगी गर्दा पनि त्यतिमात्रै जरिवान हुनसक्ने बताए।
अधिवक्ता भोजराज आचार्यले दुवै ऐन (विनिमय अधिकारपत्र ऐन र बैंकिङ कसुर एने) ले चेकको कुरा गरेकाले दुबैलाई एक अर्कोको सहयोगीका रुपमा सुधार गर्नुपर्ने बताए। उनले भने, ‘चेक कस्तो अवस्थामा काटिएको छ, त्यसको प्रकृति हेरेर मुद्दा चलाउनुपर्छ।’ source nagarik news
Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...