जीवनभर सुखदु:खमा साथ दिने बाचा गरेर वैवाहिक सम्बन्ध कायम राखेकी एक महिलाले आफ्नै परिवारबाट चरम यातना भोग्नुपरेको छ। आफ्नै पतिबाट यस्तो धोका होला भन्ने कल्पनासमेत नगरेकी ती महिलालाई दाइजो कम भएको भन्दै चरम यातना दिइएको हो।
रमा (परिवर्तित नाम) ले विवाहबन्धनमा बाँधिएको एक महिनामै मरणासन्न हुने गरी यातना भोगेर अस्पताल भर्ना हुनुपर्यो। विवाहको केही दिनदेखि नै दाइजो कम भएको बहानामा घरेलु हिंसा भोगेकी रमा अहिले अस्पतालको शय्यामा छिन् भने उनका पति सन्तोष उपाध्याय प्रहरी हिरासतमा छन्। हेटौंडा ९ की रमा र हेटौंडा ८ का सन्तोषबीच २०७१ साल वैशाख १८ गते सामाजिक परम्पराअनुसार विवाह भएको थियो।
मानसिक तथा शारीरिक यातना दिँदै आएका पति, देवर सुमन र पतिकी काकी भगवती देवीले आफूलाई गत शनिबार राति ९ बजे जबर्जस्ती नाम थाहा नभएको औषधि खुवाएको रमाले बताइन्। ग्यास्टिकको औषधि हो, पेट दुखेको निको हुन्छ भन्दै परिवारका सबै सदस्य मिलेर जबर्जस्ती खुवाएपछि रिँगटा लागेको उनले बताइन्। रमाले आफन्तको सहयोगमा बिहीबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मुद्दा दायर गरेपछि घटना सार्वजनिक भएको हो।
प्रहरीमा दिएको उजुरीमा औषधि खुवाएपछि पतिले यौनसम्पर्क राख्न खोजेको र बिरामी छु भन्दा पनि जबर्जस्ती गरेको पीडितले उल्लेख गरेकी छन्। ग्यास्टिकको औषधि भनेर दिइएको ट्याब्लेटले लठ्ठाएपछि पति र देवरले पालैपालो जबर्जस्ती करणी गरेको रमाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ। बलात्कारपछि अचेत अवस्थामा पतिले माइतीमा लगेर छाडिदिएको उनको निवेदनमा उल्लेख छ। हिमराइट्स, नारी सीप सिर्जना केन्द्र, माइती नेपाललगायत संघसंस्थाले रमाको उद्धार गरेका हुन्।
माइती पक्षले घटनाका बारेमा मानवअधिकार तथा महिलाअधिकारवादीलाई खबर गरेपछि घटना प्रहरीमा पुगेको हो। उजुरीका आधारमा रमाका पति, देवर र काकी तीनैजनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेर हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक गणेशबहादुर एरले बताए। पीडितले सामूहिक बलात्कार गरेको भन्दै कारबाहीको माग गरेर उजुरी दर्ता गराएको जानकारी प्रहरी उपरीक्षक एरले दिए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। भानुभक्त आचार्य
यसमा तपाइको मत
जेन्डर एण्ड ल बाट अन्य

Spread the loveदैलेख: भदौ १ गतेदेखि लागू हुने गरी ‘मुलुकी देवानी (सहिंता) ऐन २०७४’ जारी भएपछि दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता भएको छ । ‘मुलुकी देवानी कार्यविधि (सहिंता) ऐन २०७४’ले पुरुषले पनि...

Spread the loveमहिलाहरु पेशाा ब्यवसायमा हरेक प्रकारका काम गर्ने आत्मविश्वास र सक्रियतामा जुटेका छन । कामको प्रकृति जव मेसिनरी प्रणालीले सहज गरेको छ । सबै पेशामा महिलाको सहभागिता समानान्तर वनाउन सहयनेग गरेको छ । हाल समाजमा...

Spread the loveकाठमाण्डौ: नारी समानता, स्वतन्त्रता र महिला हिंसा विरुद्धका विषयमा विश्वव्यापी रुपमा बहस छलफल भएपनि विद्यमान कानुनमा भएको त्रुटिका कारण महिलाहरु बहुविवाहको पीडा सहन बाध्य छन् । बहुविवाह विरुद्धको विद्यमान कानुन पुरुष प्रधानसोचबाट...

Spread the loveमलाइका अरोडा खानले सोसल मिडियामा एक फोटो सेयर गरेकी छिन् । जसमा उनी श्वेता बच्चनसँग देखिएकी छिन् । फोटोमा मलाइकाले आफ्नो हिप ट्याटु देखाएकी छिन् । यद्यपि, उनको फोटोमाथि थुप्रै सोसल मिडिया प्रयोगकर्ताले...

Spread the loveकाठमाडौं: सामान्यतया नौ महिनामा बच्चा जन्मने चक्र हुन्छ । नौ महिनापछि जन्मेको शिशु विवाह गरेको पुरुष र उसको परिवारले स्वीकार गर्ने नेपाली परम्परा छ । तर मुलुकी ऐन कार्यान्वयन गर्न निर्माण भएको कानूनमा...

Spread the loveकाठमाण्डौ: सरकारले कामकाजमारहेका महिलालाई महिनावारी हुँदा आधिकारिक रुपमा विदा दिने तयारीमा लागेको छ । इटालीको तल्लो सदनमा बिदाको सम्वन्धमा विधेयक दर्ता भएसँगै उक्त विधेयक पास भएमा इटाली सरकार तथा निजी कम्पनीले महिला...

Spread the loveवि.स. २०६८ जेष्ठ १० गते संसद्को वैंठकले “जातीय भेदभाव तथा छुवाछुतको (कसुर तथा सजाय) विधेयक” पारित गरेको थियो । त्यस लगत्तै १८ गते राष्ट्रपति डा। रामवरण यादवद्धारा विधेयकलाइ प्रमाणिकरण गरेपछि सो विधेयक...

Spread the loveमहेन्द्रनगर: आफ्नै बुहारीलाई लगातार तीन बर्षदेखि बलात्कार गर्ने कञ्चनपुरका एक काँग्रेस नेताको कर्तुतको पर्दाफास भएको छ । उनले २० बर्षीया बुहारीलाई ‘घाँटीमा छुरा’ देखाएर यौन शोषण गर्दै आएका थिए । बिवाह भएको एक...

Spread the loveकाठमाण्डौ: धबाङ–८ रोल्पाकी मनसरा डाँगी अहिले १९ वर्षकी भइन्। सत्र वर्षको कलिलो उमेरमा धबाङ–८ रोल्पाका २० वर्षीय सुरेश पुनको मायाजालमा परेपछि उहाँ परिवारको स्वीकृतिमा २०७१ साल मङ्सिर २९ गते वैवाहिक सम्बन्धमा बाँधिएकी...

Spread the loveकाठमाण्डौ: मोडल बन्ने सपना बोकेर गत २३ मंसिरमा एक युवती पुतलीसडकस्थित तिरुपति होटल पुगिन् । अन्तर्वार्ताका लागि भनेर उनलाई होटलमा बोलाइएको थियो । आफूलाई मोडल एजेन्सीको सञ्चालक बताउने एक युवक उनलाई कुरिरहेका थिए...