जेठ २५, काठमाडौ । नेपाल आयल निगमले डिजेल र ग्यासको बढ्दो घाटा न्यूनीकरण गर्न नयाँ व्यवस्था ल्याउने तयारी गरेको छ। सार्वजनिक यातायात, पानी, एम्बुलेन्स, दूधका गाडीलाई सहुलियत दरमा र निजी गाडीलाई परल मूल्यमा पाँच प्रतिशत थप गरी डिजेल बेच्ने प्रावधान ल्याउन पहल भइरहेको छ, उनले भने, यसो गर्दा निगमलाई घाटा पनि हुन्न र ग्राहकले इन्धन पनि पाउने छन्।
नयाँ व्यवस्था ल्याउन निगममा गृहकार्य समेत सुरु भइसकेको छ। अहिले देशभर कति निजी र कति सार्वजनिक गाडी छन्, त्यसको सहि पहिचान गर्ने काम भइरहेको छ, अहिले निगमलाई डिजेलमा प्रतिलिटर एक रुपैयाँ ५५ पैसा र एलपी ग्यासमा पाँच सय ५९ रुपैयाँ घाटा छ। पेट्रोल र मट्टितेलमा भने नाफा छ।
निगमले ग्यास बिक्री पनि नयाँ व्यवस्था अनुसार गर्ने जनाएको छ। घरासयी र व्यावसायिक प्रयोजनका लागि दुईथरी मूल्य राख्ने योजना छ। बरु निगमले बढी मूल्य तिर्ने व्यवसायीलाई कहिल्यै ग्यास अभाव गराउँदैन, कार्यकारी निर्देशक भट्टले भने, तर, निगमको ग्यासमा भएको घाटा कम गर्न दुईथरी मूल्य ल्याउनु जरुरी छ।
नयाँ व्यवस्था ल्याउन निगमले सबै क्षेत्रबाट गाडी संख्या संकलन गरिरहेको छ। निजी र सार्वजनिक गाडी कति छन्, त्यसको यकिन तथ्यांक आएपछि काम गर्न सजिलो हुन्छ, निगमका अनुसार अहिले पनि निजी गाडी धनीले तेल नपाएको बेला बढी पैसा तिरेर तेल हाल्ने गरेका छन् ।
निगमले ल्याउन लागेको व्यवस्थामा बजारमा तेल अभाव भएको बेला निगमबाट तोकिएको मूल्यमा बिक्री हुने छ। अहिले त्यस्तो काम गैरकानुनी रुपमा भएको छ। निगमले यसलाई कानुनी बाटोमा ल्याउन लागेको स्रोतको भनाई छ। सरकारले सहुलियतमा ग्यास र डिजेल उपलब्ध गराउने भए अहिले भएको घाटालाई घाटा नभनी सहुलियतका रुपमा लिनुपर्ने छ। सहुलियत दिन पनि खोज्ने अनि घाटा भयो भन्ने श्र यिनै यावत कुराहरुलाई व्यवस्थीत गर्न यस्तो नियम बनाउन लागेको हो भट्टले भने ।
निगमले पाँचै विकास क्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायातका साधन, एम्बुलेन्स, दूधका गाडीलाई भौगोलिक अवस्था हेरेर डिजेल र खाना पकाउने ग्यासमा छुट दिने, त्यसमध्ये पनि सुदूरपश्चिमका जिल्लामा सञ्चालन हुने सार्वजनिक यातायातका साधनलाई विशेष सुविधा दिने गरी छलफल भइरहेको छ। त्यसैगरी, सुगम जिल्लालाई भने केही कम सहुलियत दिने गरी छलफल भइरहेको बताइएको छ।
यसमा तपाइको मत
कानुन र बिजनेश बाट अन्य

Spread the loveकाठमाडौ: देशैभरि अहिले करको चर्चा र परिचर्चा तिव्र भईरहेको वेलामा काठमाडौँ महानगरपालिकाले सेवा प्रवाह गर्दा लाग्ने सेवा शुल्कको विवरण सार्वजनिक गरेको छ । उक्त विवरण २०७५ श्रावण १ गतेदेखि लागू भएको दस्तुर...

Spread the loveकाठमाण्डौ: वल्डलिंक कम्युनिकेसनले आफ्ना ग्राहकहरुका लागि लक्षित गर्दै नयाँ नयाँ अफरहरु प्रदान गर्ने कार्यलाई निरन्तरता दिदै अफर जम्बो खर्च कम भो नामक अफरको सुरुवात गरेको छ । जस अन्र्तगत ग्राहकहरुले ६ महिनाको...

Spread the loveकाठमाडौं: मेगा बैंक नेपाल आठौं बर्ष पूरा गरी आजबाट नवौं बर्षमा प्रवेश गरेको छ । सोही अवसरमा सोमबार काठमाडौंको दरवार मार्ग स्थित अन्नपुर्ण होटलमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले चुक्तापुँजीका रुपमा...

Spread the loveकाठमाडौं: विश्वकप फुटबल २०१८ नजिकिएका बेला वल्डलिक कम्युनिकेसन्स प्रा.लि.ले इन्टरनेट किन्दा निशुल्क नेट टिभी पाउने “बिस तिस पच्चास वल्र्डकप झक्कास्” नामक प्याकेज योजना ल्याएको छ । यस्तो प्याकेज किन्ने फुटवल प्रेमीले १२...

Spread the loveकाठमाण्डौ: साथीलाई वल्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिनुहोस् र स्मार्ट फोन पाउनुहोस् । लामो समयदेखी इन्टरनेट पारखीहरुको मन जित्न सफल वल्डलिंकले आफ्ना ग्राहकहरुकालागि थप आकर्षक अफरका साथ एककान दुई कान आफरको सुरुवात गरेको...

Spread the loveकाठमाण्डौ: इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले तीनको तड्का नामक अफरमा भारी छुट, डबल ब्यान्डविड्थ र फ्रि नेटटिभी प्रदान गर्ने ग्राहकयोजना सुरुवात गरेको छ । तीनको तड्का अन्तरगत नयाँ इन्टरनेट जडान गर्ने तथा पुराना...

Spread the loveकाठमाण्डौ: इन्टरनेट सेवा प्रदायकको क्षेत्रमा वल्र्डलिंकले पहिलो पटक “ए हजुर कता ! इस्क्राच गरौँ यता” भन्ने अफरको सुरुवात गरेको छ । यो अफर अन्र्तगत भाग्यशाली ग्राहकहरुले लक्की ड्र मा हरेक हप्ता १२...

Spread the loveकाठमाण्डौ: यस इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानको विगत केही हप्ता देखि नेपालमा गुगल को यूट्युब, जिमेल लगायतका एप्लिकेसन्स हरु ढिलो खुल्ने गरेको बारेमा धेरैको संख्यामा प्रयोगकर्ताहरुबाट गुनासाहरु प्राप्त भएको घटना प्रति...

Spread the loveनयाँ संविधान बमोजिम देश संघीयतामा गई सकेको र कार्यन्वयनको पाटो पनि सँगसँगै अघि वढिरहेको अवस्थामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले गत भदौ ५ गते देखि सवारीसाधनमा इम्बोस्ड प्लेट...

Spread the loveकाठमाण्डौ: विगत लामो समयदेखि नेपाली जनमानसमा इन्टरनेट सेवा तथा सुविधा पुर्याउदैँ आएको वल्र्डलिंकले बालबालिकाको इन्टरनेट उपयोग र यसले पार्ने नकारात्मक प्रभावलाई ख्याल राख्दै सेफनेट नामक सुरक्षित इन्टरनेट सेवाको सुरुवात गरेको छ । सेफनेटले...