स्थिर सरकारले मात्र राज्यमा निकास र विकास गर्न सक्ने

Loading...
Spread the love

जेठ २५, काठमाडौ । संविधान निर्माणको लगभग असी प्रतिशत काम सम्पन्न भईसक्दासमेत संघियता र राज्यपुनर्संरचनाको सवालमा जातियपहिचान वा सामथ्र्यको आधार, एकलपहिचान वा वहुपहिचान तथा शासकीय स्वरुप अन्तर्गत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा संसदबाट निर्वाचित प्रधानमन्त्री वा प्रत्यक्ष निर्वाचित राष्ट्रपति भन्ने मुद्धामै तीनकरोड नेपालीको सुनौलो भविश्य बोकेको संविधानसभा अनपेक्षित रुपमा विघटन भएको तितो यथार्थ हाम्रासामु जगजाहेर छ ।

यहि समसामयीक परिस्थितीलाई मध्यनजर गर्दै स्वतन्त्र विद्याथी युनियन नेपाल ल क्याम्पसले शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कि संसदबाट निर्वाचित प्रधानमन्त्री भन्ने विषयमा मदन स्मृति खेलकुद सप्ताह अन्तर्गत वादविवाद कार्यक्रम संचालन गरेको छ ।

सोहि क्याम्पसका क्याम्पस प्रमुख कर्णबहादुर थापाको प्रमख आथित्य र स्वतन्त्र विद्यार्थी युनियनका उपाध्यक्ष बद्रीनारायण नगरकोटीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अधिवक्ता ओमप्रकाश अर्याल र पत्रकार एवं अधिवक्ता स्वागत नेपालले विशिष्ठ अथितिको आसन ग्रहण गरेका थिए भने नेपाल ल क्याम्पसका सहप्राध्यापक लक्ष्मीप्रसाद मैनालीको उपस्थितिले कार्यक्रमको शोभा र गरिमाको उचाई चुलिएको थियो ।

कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियन सचिव एवं नेपाल कानुन डटकमका सम्पादक हरिप्रसाद मैनालीले स्वागत मन्तव्य राखेका थिए भने स्ववियु सदस्य मुकुन्द अधिकारीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

वादविवाद प्रतियोगितामा नेपाल लक्याम्पसमा अध्ययनरत विए.एलएल.वि., एलएल.वि र एलएल.एम गरि जम्मा १६ जनाले भाग लिएका थिए । प्रतियोगितामा पक्षमा अर्थात अब बन्ने संविधानको शासकिय स्वरुपमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ भन्नेमा १२ जनाले आफ्ना गहकिला तर्क पेस गरेका थिए भने विपक्षमा अर्थात शासकिय स्वरुपमा संसदबाट निर्वाचित प्रधानमन्त्री हुनुपर्छ भन्नेमा ४ जनाले सैद्धान्तिक असहमती सहित आफ्नो ससक्त दलिल पेस गरेका थिए ।

संसदिय प्रणाली र जो नेपालले पहिलेवाटनै अभ्यस गर्दै आएको र सरकारको स्थिरता प्रदान गर्न नसक्नु नेपालको मुल समश्या रहेको तसर्थ स्थिर सरकारले मात्र राज्यमा निकाश र विकश गर्न सक्ने समग्र सहभगिहरुको मत र प्रस्तुति रहेको थियो ।

प्रतियोगिताको निष्पक्ष अंकन गर्नको लागी सहप्राध्यापक लक्ष्मीप्रसाद मैनालीको संयोजकत्वमा अधिवक्ता ओमप्रकाश अर्याल र स्वागत नेपालसहितको ३ सदस्यीय निर्यायक मण्डल गठन गरिएको थियो ।

तीब्र प्रतिस्पर्धा र दर्विलो दृष्टान्तका बीच सबैले आ–आफ्नो तर्क पेस गरे । प्रतियोगितामा हंसिना लामीछानेले ९२ अंकसहित प्रथम स्थान, शेर बहादुर खत्रीले ८४.३३ अंकसहित द्धितीय, क्षितिज सुब्बाले ८३ अंकसहित तृतीय र क्रमशः संयोग बस्नेत र गोविन्द खनालले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए ।

निर्यायक मण्डलको तर्फबाट निर्णय सुनाउने क्रममा विशिष्ठ अथिति एवं अधिवक्ता ओमप्रकाश अर्यालले सबै प्रतियोगीहरुले सोचेभन्दा बढी वजनदार तर्क पेस गरेको र सबै तर्क आ–आफ्नो ठाउँमा उत्तिकै सारगर्भित भएको तर निर्णायक मण्डलमा बसिसकेपछि मेरिट बेस (मेरिटमा आधारित) अंकनको आधारमा उत्कृष्ट पाँच जनाको नाम सार्वजनिक गर्नु परेको बताउनुभएको थियो ।

त्यसैगरी, कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुदै निर्यायक मण्डलका संयोजक एवं सहप्राध्यापक लक्ष्मीप्रसाद मैनालीले भोलीको सरकार, संसद र न्यायक्षेत्र आजका कानुनका विद्यार्थीहरुको क्षेत्रभएको आज यहाँ उठाईएका विद्धताले भरिपुर्ण विचारहरु स्ववियुले संविधानसभामा पु¥याईनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

प्रतियोगिताको पक्षमा अर्थात शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ भन्नेमा आफ्नो तर्क पेस गर्ने प्रतियोगीहरु :
१. प्रकृति मल्ल
२. रोशन भट्टराई
३. भुपेन्द्र आङदावे
४. कृष्ण अधिकारी
५. हसिँना लामिछाने
६. संयोग बस्नेत
७. क्षितिज सुब्बा
८. चन्द्राकुमारी चौलागाई(सारदां)
९. विनीता जैन
१०. विशाल भट्टराई
११. सरोज दाहाल
१२. विक्रम शाह
त्यसैगरि विपक्षमा अर्थात शासकीय स्वरुपमा संसदबाट निर्वाचित प्रधानमन्त्री हुनुपर्छ भन्नेमा आफ्नो तर्क पेस गर्ने प्रतियोगीहरु : 
१. श्रीराम खनाल
२. शेर बहादुर खत्री
३. गोविन्द खनाल
४. महेश कुमार पुरी

                                                                                                     कृष्ण महरा / नेपालकानून.कम

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...