विज्ञापनमा हदबन्दी तत्काल कार्यान्वनय नगर्नु: अदालत

Loading...
Spread the love
जेठ २६, काठमाडौं ।  सरकारले विज्ञापनमाथि लगाएको हदबन्दी विरुद्ध पानट पुनरावेदन अदालतले आइतबार अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश दीपककुमार कार्कीको इजलाशले बाबुराम भट्टराई सरकारले निजी विद्यालयहरुले गर्ने विज्ञापनमा लगाएको हदबन्दी लगाउने गरी जारी गरेको ‘आचार संहिता २०६९’ को दफा ४४ हालका लागि कार्यान्वनय नगर्न भनेको हो ।
‘रिट निवेदनको अन्तिम टुंगो नलागुञ्जेलसम्म,’ आदेशमा भनिएको छ, ‘आचार संहिताको दफा ४४ तत्काल कार्यान्वयन नगर्नु नगराउनु ।’ आजको कान्तिपुरमा खबर छापिएको छ।
अदालतको आदेँसूगै विज्ञापनमाथि सरकारले लगाउँदै आएका हदबन्दी तत्कालका लागि फुकुवा भएको छ ।
सुरुदेखि नै सरकारको उक्त हदबन्दीको विरोध गर्दै आएका विज्ञापन व्यवसायी तथा शिक्षाविदहरुले अदालतको आदेशको स्वागत गर्दै यसलाई सकारात्मक कदम भनेका छन् ।
‘लोकतन्त्र स्थापनापछि नेपालले अख्तियार गरेको उदार अर्थतन्त्रको नीतिको ठीक विपरित बाबुराम सरकारले विज्ञापनमा हदबन्दी लगाएको थियो’ विज्ञापन एजेन्सी संघ (आन) का अध्यक्ष राजकुमार भट्टराईले भने,’यस्तो व्यवस्था त बन्द अर्थतन्त्र भनिएको चीनमा पनि छैन, यो हटाउनै पर्थ्यो, हाम्रो अदालतले अन्तरिम दिएर हालका लागि हटाए सरह गराएकामा त्यसको स्वागत गर्छौं ।’
आचार संहिताको दफा ४४ मा क्षेत्रगत रुपमा उच्च माविको चार तह वर्गिकरण गरी तिनीहरुले विज्ञापनमा वार्षिक रुपमा गर्न पाउने खर्चको हद तोकिएको थियो ।
जसअनुसार काठमाडौं उपत्यकाभित्रका विद्यालयले ५ लाखसम्म, उपमहानगरापलिका भित्रका विद्यालयले ३ लाख सम्म, नगरपालिकाभित्रका विद्यालयले १ लाख ५० हजारसम्म र गाविसभित्रका विद्यालयले ५० हजारसम्म मात्रै विज्ञापनमा खर्च गर्न पाइने उल्लेख थियो ।
यो हदबन्दीलाई अटेर गरेमा जरिवाना समेत हुने व्यवस्था उक्त आचार संहितामा थियो । जसअनुसार सीमा नाघेर १० प्रतिशतसम्म खर्च गर्नेलाई ५० हजार, २० प्रतिशत गर्नेलाई १ लाख, ५० प्रतिशतसम्म गर्नेलाई अढाइ लाख र त्यसभन्दा बढी गर्नेलाई ५ लाखसम्म जरिवाना हुने व्यवस्था छ ।
Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...