जेठ २७, काठमाडौं । नेपाल प्रहरीका एक हवल्दार १६ वर्ष नपुगेकी प्रेमीकासँग यौनसम्बन्ध राखेको कारण हिरासतमा परेका छन्। युएन मिसन सुडान जान लागेका ३२ वर्षे हवल्दार टीकाराम श्रेष्ठ काभ्रेकी किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार पक्राउ परेका हुन्। उनलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको हिरासतमा राखिएको खबर आजको कान्तिपुरमा प्रतिमा बाँस्कोटाले लेखेकी छन्।
उनले मिसन जाने मौका मात्र गुमाएनन्, फौजदारी अभियोगमा पक्राउ परेकाले १४ वर्षदेखिको जागिर पनि गएको छ। जबरजस्ती करणीमा अदालतले फैसला गरे उनले जेलसमेत जानुपर्नेछ। कानुनअनुसार १६ वर्ष नपुगेकी किशोरीसँग राजीखुसीमा यौनसम्पर्क राखे पनि जबर्जस्ती करणी मानिन्छ। उक्त दिन किशोरी १५ वर्ष १७ दिन मात्र पुगेकी थिइन्।
मुलुकी ऐन जबरजस्ती करणीको महलअनुसार ६ देखि १० वर्षसम्म कैद सजाय हुन्छ। प्रहरी मुख्यालय स्रोतका अनुसार श्रेष्ठको तीन महिनाअघि ती किशोरीसँग चिनजान भएको थियो। काभ्रेबाट काठमाडौं आएकी किशोरी आफन्तको घर जाने बाटो थाहा नपाएर रत्नपार्कमा अलमलिएको बेला मद्दत मागेकी थिइन्। श्रेष्ठले उनलाई रातोपुलस्थित मामाको घरमा छाडिदिएका थिए। त्यहीबेला उनीहरुबीच फोन नम्बर आदानप्रदान भएको थियो।
‘त्यसपछि नियमित फोन सम्पर्क भएको देखिन्छ, एक प्रहरी अधिकृतले भने,’ श्रेष्ठ किशोरीलाई भेट्न पटक-पटक काभ्रे जान्थे।’ श्रेष्ठ युएन मिसनमा सुडान जान लागेका थिए। मुख्यालयमा दरबन्दी भएका श्रेष्ठ मिसन जाने पक्का भएपछि केही साताअघि किशोरीलाई भेटेका थिए। उनी जेठ २२ गते युएन जाने तयारीमा थिए तर, युएनको जहाज ढिलो आउने भएपछि किशोरीलाई भेट्ने योजना बनाए।
‘किशोरी काभ्रेबाट काठमाडौं आएपछि श्रेष्ठको साथीको घरमा दुवै रातभर बसेको पाइयो,’ प्रहरीको भनाइ छ,’ भोलिपल्ट श्रेष्ठले ती किशोरीलाई काभ्रेस्थित उनकै घरमा लगेर छोडेर आए।’
श्रेष्ठ फर्किएपछि किशोरीकी आमाले राती कहाँ गएकी भनेर सोधपुछ गरिन्। किशोरीले सबै कुरा बताइन्। उनले हवल्दार श्रेष्ठसँग प्रेम सम्बन्ध भएको र ऊ मिसनमा जान लागेकाले भेट्न गएको बताएपछि किशोरीकी आमाले युनिसेफमा काम गर्ने भाइलाई यसबारे जानकारी गराइन्। आफ्नी भान्जीलाई प्रहरीले ललाइफकाई यौनसम्पर्क राखेको भन्दै किशोरीका मामाले प्रहरी मुख्यालयमा उजुरी दिए। पक्राउ पछि श्रेष्ठले बिहे गर्ने मनसायले प्रेमसम्बन्ध राखेको बयान दिएका छन्।
यसमा तपाइको मत
main बाट अन्य

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...