बुबा सधै विमललाई फुटबल खेलाडी बनाउने भन्नुहुन्थ्यो…

Loading...
Spread the love

जेठ २८, काठमाडौं । विमल घर्तिमगर बेल्जियम फुटबल क्लब एन्डरलेकको एकेडेमीमा एक वर्षलाई अनुबन्धित भएको खबर सुनेदेखि उनकी आमा धनमायाँको खुसीको सिमा थिएन। त्यसमाथि मंगलबार छोरा घर आउन लागेपछि त बिहानैदेखि उनलाई एक-एक सेकेन्ड एक-एक महिना बराबर लागिरहेको थियो। आजको नागरिक दैनिकमा खबर छापिएको छ।

Bimal Ghartimagar

दिउँसो विमल नवलपरासीको बर्दघाट नगरपालिका, भानुगाउँस्थित घर पुगे। आमालाई देख्नासाथ सोझै गएर ढोग गरे। धनमायाँको बोली फुटेन। छोराको सफलताले खुसी र ममता उर्लिएर उनको आँखाबाट आँशु बहन थाल्यो। उनले विमलको कपाल मुसार्दै भनिन्, ‘बुबाको सपना साकार पारिस्, अझै प्रगति गरेस्।’

विमल पनि भावुक भए आमालाई केही भन्नै सकेनन्। टिनले छाएको एकतले कच्ची घरको भित्तामा टाँसिएको बुबाको फोटो हेर्दै निकैबेर टोलाए। त्यतीबेला आमाले गलाअवरुद्ध पार्दै भनिन्, ‘ उसको बुबा सधै छोरालाई फुटबल खेलाडी बनाउने भन्नुहुन्थ्यो। छोराले बुबाको सपना पुरा गरेको छ। आमाले यसो भन्दा छेउमा उभिएकी बहिनी मनिषाको आँखा दाजुबाट हट्न सकेको थिएन। बिमलले पनि सफलताको श्रेय आठ वर्षअघि मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका बाबु होमबहादुरलाई नै दिँदै आएका छन्। बाबुकै प्रेरणाबाट विमल फूटबलर बनेको आमाले सम्झिइन्।

नेपाली राष्ट्रिय टोलीका लागि कुनै पनि युरोपेली टोलीमा अनुबन्धन पाउने युवा स्ट्राइकर विमल पहिलो नेपाली हुन्। यती मात्र हैन च्याम्पियनसिप लिग खेल्ने क्लबमा मौका पाउने सम्भवतः दक्षिण एसियाकै पहिलो फुटबलर हुन्।

‘बाबुछोरा दुवैको इच्छा एउटै भएपछि मैले केही भनिनँ, यसलाई (विमल) पनि कहिल्यै निराश पारिनँ। बरु खेल्न सधैं हौस्याइरहेँ,’ धनमायाले भनिन्।
छोराको सफलता आफ्नै आँखाले देख्न पति जीवित नभएकोमा भने उनलाई भाग्यसँग ठूलो गुनासो छ। ‘पढाइ बिगारेर काम नलाग्ने होला भन्ने चिन्ता थियो। तर राम्रो गर्‍यो, बुबाको सपना पूरा गर्‍यो,’ उनले भाग्यलाई धिक्कारिन्, ‘आज यो दिन देख्न उहाँ हुनुभएको भए …’
विमल पनि आफ्नो सफलताको श्रेय बुबालाई नै दिन्छन्। उनलाई अहिले बुबाको निधन भइसकेको अनुभूति पनि हुँदैन। प्रत्येकचोटि सफलताको खुड्किलो उक्लँदा बुबा वरिपरि नै उभिएर थपडी बजाइरहेको आभाष गर्छन्। गोल गरिसकेपछि बुबाको हात आशीर्वादका निम्ति उठेको र आफ्नो पिठ्युँमा धाप परेको उनलाई लाग्छ।
‘बुबाको कमी साह्रै महसुस हुन्छ,’ उनले भने, ‘आजको यो दिन उहाँ हुनुभएको भए मभन्दा कति खुसी हुनुहुन्थ्यो होला भन्ने लाग्छ।’
त्यही भएर युरोपेली क्लब एन्डरलेकमा अनुबन्धित भएको खबर पाएको भोलिपल्टै उनी आफ्नो व्यस्त कार्यतालिकाबीच हान्निएर गृहजिल्ला नवलपरासी पुगे।
एएफसी यु–१७ च्याम्पियनसिपको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका उनी युरोप जानुअघि परिवारलाई भेट्न तीन दिनलाई मात्र गाउँ आएका हुन्। साउन ४ गते बेल्जियम जान लागेका उनीसँग समय धेरै छैन। यही मौकामा नागरिकता बनाउने काम भ्याउने योजना छ।
यसअघि उनी नाबालिग परिचयपत्रका आधारमा बनाएको पासपोर्टबाट विदेश गइरहेका थिए। यसपालि भने १६ वर्ष उमेर पुगिसकेकाले बेल्जिमय जानुअघि नागरिकता बनाउँदैछन्।
गृहजिल्ला यात्रा क्रममा पहिलो दिन सोमबार उनी आफूलाई सुरुआती दिनमा फुटबल सिकाएर करिअर अघि बढाउन महत्त्वपूर्ण योगदान गरेको बुटवलस्थित एन्फा एकेडेमीमै बसे। मंगलबार नवलपरासी पुगे।
‘अब दुई दिनमा नागरिकता बनाउन भ्याइसक्नुपर्छ। काठमाडौंमा टिमको अभ्यास चलिरहेको छ। समयमै पुग्नुपर्छ,’ उनले भने, ‘आमा र बहिनीको पनि नियास्रो लागिसकेको थियो। उहाँहरूसँग समय बिताउने इच्छा छ। अरू साथीभाइ, छिमेकी र नातेदार पनि भेट्नुपर्‍यो।’
गाउँमा बधाई दिनेको ओइरो छ उनलाई। सोमबार भैरहवा विमानस्थलमा ओर्लनेबित्तिकै विमलको भव्य स्वागत गरिएको थियो। त्यहाँबाट सोझै उनी आफूले फुटबल कला तिखारेको बुटवलस्थित एन्फा एकेडेमी पुगेका थिए। रुपन्देही जिल्ला फुटबल संघले गरेको स्वागत कार्यक्रममा एकेडेमी सञ्चालन समिति र खेलाडीको सहभागिता थियो।
Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...